Search This Blog

Saturday, July 18, 2015

रिक्सा चालक

उ एउटा मान्छे हो । नाम खै के पो होला तर, उसको नामको कसैलाई पनि प्रबाह छैन । उसले काम बाटै आफ्नो नाम पएको छ । रिक्सा चलाउने भएकाले, रिक्सा चालक । तर पनि उसले कामबाट पाएको नामको प्रयोग भएको पाउदैन । पाउछ त, मात्र रिक्सा । कि उ एउटा निर्जीव बस्तु हो ।
एउटा झुत्रे कपडा भित्रको मरन्च्यासे शरीर । च्यात्तिएको कपडाले छोप्प्न नभ्याएको ठाउमा देखिने, घामले डडेको कालो छाला । जतिबेलै बगिरहने पसिनामा, धुलो आएर टासिंएको छ । छाला भन्दा बाक्लो बनिसक्यो होला त्यो टासिंएको मैलो । तर कुनै प्रबाह छैन उसलाई । जति चर्को घाम भए पनि, अझै जोस्सिदै चालिरहेको छ खुट्टा । आदेश बमोजिमको गन्तव्य पछ्याउँदै । गलिसक्यो खुट्टा, तर पनि चलिरहेको छ । किनकी उसलाई थाहा छ । त्यो गन्तव्य पुगेपछि उसलाई २० रुपैया मिल्नेछ । जुन जम्मा गरे पछि, आज बेलुका उसको घरमा खुशी छाउनेछ । चुलो बल्ने छ । आजको छाक टर्ने छ । त्यही आश नै उसको पसिना बगेको शरीरमा, हावा हम्किने पंखा बनेको छ । गलेर दुखेको गोडामा, सन्चो पर्ने मलम बनेको छ । डडेको छाला हेरि चित्त बुजाउने बाटो बनेको छ ।
सायद उस्ले आफ्नो नामनै भुलिसक्यो होला । मात्र उसलाई थाहा छ कि उसको बास्तबिक नाम अब काममा, अझ भनौं एउटा निर्जिब बस्तु, रिक्सामा बदलिएको छ । कसैले रिक्सा भनी बोलायो भने उ आफैलाइ बोलाएको हो भन्ने बुझ्छ र प्रतिक्रिया दिन्छ । हातको इसारा वा एक/दुई शब्दको बोलिले नै उस्को पाहिला चल्छन् , आदेश अनुसारको गन्तव्य तर्फ । बाटोमा हिडिरहदा, रिक्सा यात्री आफ्नै गफमा मस्त हुन्छन् । उसको कुनै प्रबाह हुदैन उनिहरु लाई, कि त्यहाँ एउटा मन्छे पनि छ । सोच्छन, उ नामको मात्र रिक्सा नभएर, व्यबहार को पनि रिक्सा हो । रिक्सा, एउटा निर्जीव बस्तु ।
प्रयोगमा नआएको नाम बाट समाजले बदलिदिएको नाम रिक्सा चलक । समाजको व्यबहार बाट, महशुस गरेको नाम रिक्सा ।
कदर गरौ मानबताको । उसको नामको । उसको मेहनतको । उसको पसिनाको । उसको आशको । उसको सपनाको । उसको पेशाको ।
#से_नो_बार्गेनिङ_टु_रिक्सा_भाडा

Friday, July 3, 2015

history taken with नेपाल आमा २०७१-१०-०८

हजुरको नाम ?
नेपाल आमा ।

अनि काहा बस्नु हुन्छ ?
दक्षिण एसियाको स्वोतन्त्र राष्ट्र नेपालमा ।

हजुरको बिबाह भयो ?
अ भयो।

अनि श्रीमानको नाम ?
लोकतान्त्रिक गणतन्त्र।

पेशा.. काम चाहिँ के गर्नु हुन्छ ?
राष्ट्र बिकास अनि शान्ति स्थापना ।

कुन धर्म मान्नु हुन्छ ?
मान्न त हिन्दु मान्छु, तर भगवान एउटाै हुन् , त्य्सैले सबै उत्तिकै प्यरो लाग्छ ।

अनि आज यहाँ hospital मा के भएर आउनु भएको ?
आज report आउछ अरे, त्येसैले लिन आएको।

के को report को लागी बोलाएको थियो ?
खै, के जाति हो, तर त्यो report आए पछि मेरा सबै छोरा हरुको अधिकार सुनिस्चित हुन्छ अरे ।

नाम चाइ के आमा report को ?
के हो कुन्नि बुझ्दिन के बाबु म, खोइ संविधान कि constitution के पो भन्छन् कुन्नी ?

कहिले आउनु भनेको थियो ?
माघ ८ गते ।

काहा लिन आउनु भनेको थीयो र आमा ?
थाहा छैन बाबु कता आउछ, सार्‍है चिन्ता लाग्यो , अब बाचुला जस्तो लगेन अनि हतार हतार येहि आइपुगे ।

अनि यहाँ काहां आउने हो त, काठमाडौं को संविधान सभा भवनमा पो आउँछ तनि, त्यहाँ लिन जानुस् न त्यो report त ।
खोइ ति ६०१ ले त मलाई रुहाउनु रुहाए बाबु, म सक्दिन तिनीहरु सगं , कस्ता कपुत छोरा जन्मेका रहेछन् , आफ्नै आमा को रगत चुसी , दांही हाली रहेका छन् । मैले समान ब्यबहार गरेपनि उनिहरु भित्र भित्र party बनाउदै, फुटाउदै झगडा मात्र गरेर बस्छन् । सबै आफ्नै छोरा हुन् , तर आफ्नो एउटाि आमालाई खुशी रख्न सक्दैनन् । मलाई टुक्राटुक्रा बनाउन खोजी रखेका छन् । नचाहने नचाहिने माग रखेर सहमति भएन भन्दै छन् । रमिता देखाइ रखेका छन् बिश्व भरी, सबै दुश्मन् लाई ३२वटा दांत देखाइ हास्ने अबसर दीदै । अझ अस्ति त मेरै मुटु मथी कुर्सी थेचार्न पुगे । रक्सी धोकेर आउछन् अनि आफू आफू लडाइँ झगडा गरेर, मलाई रुहाउछ्न् बाबु । आज त्यो रिपोर्ट जसै लिनु पर्ने रे, खोइ त्यो आएन भने आजै म खरानी हुन सक्छु । पहिला पनि येस्तो भएको थीयो, तर जसो तसो बचाए । आहिले पनि येस्तै हुँदै छ, तर आज आन्तिम म्याद हो बाबु । यो चोटि आएन भने मलाई कसैले बचाउन सक्दैन, आत्यन्त जरुरि report हो बाबु त्यो । मलाई त ती ६०१ कुपुत्र ले बचाउलन् जस्तो लग्दैन , आश मारी सके बाबु मैले । अब सबै मिलेर मलाइ सक्नेछन्, अनि बिश्व लाई नेपाल भन्ने शब्द हास्न को लागी एउटा बलियो शीर्षक बन्नेछ । अनि दुई चार दिन, मेरो नाममा श्रद्धाञ्जली का औपचारिकता ले ढकढक्याउलान । त्यस्पछि भावी पुस्ताले इतिहासमा नेपाल भन्ने देश थीयो, अनि नेपाल आमा का आफ्नै छोराले, आफ्नो आमा को हत्या गरेर पूरा सखाप परे भन्ने सुन्न पाउने छन् । बचाउ बाबु मलाई बचाउ । तिमि पनि मेरै छोरा हौ । मलाई सबै छोराको उत्तिकै माया लाग्छ । जसो तसो बचाउ बाबु मलाई ।

ल आमा, न आत्तिनु सबै ठिक हुन्छ, आउदै छ त्यो report । बन्दै छ संविधान, आज बेलुकी सम्म आइपुग्छ । त्य्हि आश गरुम आमा अब । बांकी कुरा भगवानको हात मा छ ।

प्रसङ्ग : संविधान बन्न नसक्दा नेपाल आमा रुदै होलिन्, तेसैले य्सो कोर्न मन लग्यो । आशा गरम् नेपाल आमा को यो सपना पुरा हुनेछ ।।

Monday, June 29, 2015

गर्मी

weather app खोले, upgrade गर्नु पर्ने भएको रहेछ । auto update मा राख्दा पनि update भएको रहेनछ । Google play store मा गएर update गरे । location माग्यो, Nepalgunj टाइप गरिदिए । temperature देखायो 44°C ।

चल्न नसकेको तातो हावा, अझै तातो बनेर भित्र सम्म पोल्यो । चर्किरहेको घाम अझै चर्किरहेझै लाग्यो । बगिरहेको पसिना अझै बगेको झै लाग्यो । घुमिरहेका fan अझै सुस्त सुस्त घुमेझै लाग्यो । गर्मी अझै बडि गर्मी भएको झै लाग्यो ।

मरेको मुर्दा बरु चल्छ होला, तर एउटा पात हल्लिएन । उम्लिएको पानीको बाफ बरु चिसो हुन्छ होला, यहाँको हावा भन्दा । Venus मा बरु मलिन घाम लाग्छ होला, यहाँको चर्को घाम भन्दा । अन्नपूर्णबाट बरु थोरै हिउँ पग्लन्छ होला, शरीर बाट निस्किएको पसिना भन्दा । कछुवा चांडो हिड्छ होला, यहाको fan घुमेको भन्दा । मरभुमिमा बरु सितल हुन्छ होला, यहाको गर्मी भन्दा ।
चिट चिट पसिना आउँछ, बाहिर निस्किन नपाउदौ ओभाएर जन्छ । भतभत पोल्छ , छाम्छु आफैलाइ बलिरहेको आगो छोएझै लाग्छ । ऎनामा हेर्छु, बाफिएको तातो भाडो झै पसिनाले भरिएको पाउछु आफै लाई । cooler खोल्छु, झन् झन् तातो हावा फाल्छ, बरु cooler को नाम बद्लिएर hotter राख्नु पर्ने ।
एकबिहनै उठेर, आफ्नो आङ तन्काउदै मलाइ चिहाउने आजकाल कता गयो भन्दै गुनसो गरिराखेको होला अन्नपूर्ण । आफ्नै काखमा हुने त्यो कता गयो भन्दै, सतर्क भएर खोज्दै होला माछापुच्छ्रे । सेती नदि, सुसाउदै कतै बोलाइरहेको होला । मौन बसिरख्ने मलाई, घरी घरी ढुङ्गा हानी छचल्काइरहने कहिले आउँछ भनी पर्खिरहेको होला फेवा । यहाबाटै बहेको तातो हावा पनि आफै छेकेर, हिउँ सङ्ग मिसाएर, चिसो बनाएर मै तिर फ्यक्थ्यो होला अन्नपूर्ण । तर आज म यहाँ येस्तो गर्मी खप्दै, बाफिदै, नेपालगन्ज जस्तो हाडीमा, पड्किन नसकेको मकैको दाना झै भुट्भुटी रहेको छु ।।

Tuesday, February 17, 2015

मृत्यु को कुनै चासो थिएन।। [ शिवरात्री विशेष ]

भौतारिदै थियो उ, दुखित देखिन्थ्यो सायद।
त्यहि भएर त मुहारमा केही हासो थिएन।।

निसब्द थियो उ, बोलाउदा नै टोलाउने।
आत्महत्या गर्न चाहान्थ्यो तर पासो थिएन।।

आफ्नै पिडा भुल्न तान्यो उ, शिवरात्रीकै दिन।
शिवकै नाममा, तर त्यो त उनको नासो थिएन ।।

पौडीयो रक्सिमा उ, उड्न थाल्यो धुवामा।
तानिरह्यो, कि आज उसलाई मृत्यु कै कुनै चासो थिएन।

Friday, January 23, 2015

त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

जमात यता पनि थियो, भिड उता पनि ।
तर यता नेपालको झणडा उठ्यो ।
उता भने कुर्सी , टेबल र माएक उठे ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

नारा यता पनि लागिराथ्यो, हल्ला उता पनि ।
तर यता संविधान देउ को लयमा घन्किराथ्यो ।
उता संविधान नबनाउने भनेर चय्ठ्ठिरथ्यो ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

शहनै नसक्ने त यता पाए , केहि उता पनि ।
तर यता पाउनु सम्म दुःख र धोका पाए ।
उता भने युवराज ले नपाउने सुख पाए ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

केहि त यता पनि भरियो, केही उता पनि ।
तर यता अँखा भरी आसु भरियो ।
उता भने, सुकेको ज्यानमा पनि मासु भरियो ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

भुडी यता पनि फुटे , पेट उता पनि ।
तर यता बम, बारुद पड्केर फुटे ।
उता buffet, dinner नअटेर फुटे ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

Wednesday, December 10, 2014

सडक बालक ।।

घरको छतमा एक्लै बसेको छु ।
भित्र सुत्न मन लगेन ।
बाहिर शीत लहर परि रहेको छ ।
तर कुनै प्रबाह छैन ।
केहि न-ओढ्ने संकल्प छ ।
तर जाडो महसुस भएको छैन ।
कसैले ओढाइदिने आश छैन ।
तर पनि आज कत्ति जाडो भछैन ।
मोदि आएर नेपाल तताए अरे ।
तेसैले जाडो नभएको नि होइन ।
उनीले नै नेपाल तताएको भए,
शीतलहर नी पर्थेन होला ।
के आज साच्चै जाडो नभएको होला ?
होइन, जाडो भएको छ मलाई ।
तर वास्ता गरेको छैन मैले ।
किनकि मलाई बिश्वास छ ।
भोलि बिहनै घाम लग्नेछ ।
मज्जाले लग्ने छ घाम ।
शीत सुकाएर ओभनो पार्ने गरि ।
आजको जाडो बिर्साउने गरि ।
घामको रापले पोल्ने गरि ।
चिट चिट पसिना आउने गरि ।
ते्हि आशले सुतेको छु ।
कुनै जाडोको आनुभव नगरी ।

प्रसङ्ग : घर तल एउटा सडक बालक सुतिरहेको छ । तर फरक, मलाई यो फेस्बुकमा हल्न कथा जस्तो बन्यो, यो लेखेपछी त म भित्र गएर सुत्छु । तर उ भने तेहि भोलि बिहानको घामको पर्खैइमा छ । तेहि सुतेको उ, वस्ता नगरिएको मानिस, आधिकार खोसिएको राष्ट्रप्रेमी, नागरिकता नभएको रास्ट्रबासी, आस्तित्व हरयएको नागरिक, तिरस्कृत भएको आस्तित्व, समाजले दीएको तिरसकर । एउटा चिनिन नसकेको मान्छे । एउटा सडक बालक ।।

Friday, November 28, 2014

उठ न हो उठ ।।

हेर त, सबैले टोपी खोले तेरो अगाडी, मक्ख नपर, त्यो तलाइ दिएको सम्मान होइन । हेर त डाक्टर भनौदा पनि तलाइ छडी हिड्यो । तलाइ तेहि छाडी हिंड्यो । ए उठ न त, हेर त हुँदा हुदै तेरो खुट्टामा ट्याग लाग्यो। अब त तैले हेर्छस भनेर तेरो अँखा पनि बन्द गर्दिए । ए, खोल न तेरो अँखा । किन खोल्दैनस ? तलाइ हेर्न तेरा इस्ट्रमित्र आएका छन् । ए, उठ न हो, खोल अँखा । हेर न अब त तलाइ अरुले नै उठाए । बरु त आफै उठ न, अरु लाई किन उठाउन लागाउ्छस्, त आफै उठ, अरु लाई दुख नदे । हेर त, हुँदा हुँदा तलाइ कात्रो ओढाइदिए , यस्तो जाडोमा नाय्नो ब्लान्केटं ओढ्नु पर्ने तर त जाबो एउटा पतलो सेतो कपडा ओढाइदिए । उठ न, जा न्यानो कपडा ल्याएर ओढ् । अनि सुन त, तेरो बारिको बाँस काट्दै छन् तेरो छिमेकी ले, उठ न, गएर किन हप्काउदैनस् ?? सबै सक्काइसके तेरो बारीको बाँस । जा काट्न नदे आफ्नो बारी को हरियो बाँस । हेर त आब त तलाई हरियो बाँस मा बधे । तेरो अगाडि तेरो तेत्रा इस्ट्रमित्र रोई राखेको छन्, तर त किन मौन बनी, निर्दयी भै हेरिरहेको छस् ? उठ, नरुन भन, सम्झा सबैलाई । हेर अब हिजो सम्म तेरैअगाडि आदर्श को कुरा गर्दै हिड्ने पन्डित, आज तलाइ नै घाटमा पुर्याउनु पर्यो भन्दै सन्ख फुकिरको छ । हिजो सम्म आफ्नो नजिक्को झै गर्ने छिमेकी, अज तलाई चडाएकेा हरियो बाँस बोक्न तछड मछाड गर्दै छन् । येस्तो हुँदा हुँदै पनि त किन उठ्दैनस् ?? हेर त तेरो पछाडी सबै दाउरा बोक्दै छन्, तलाइ पोल्न आइरहेका छन् । उठ न हो, उठ । त आझै उठेनस् भने जलाउछन् तलाइ, उठ के उठ । उता तेरो आर्धाङगिनी लाई अरुले के के कुरा सुनाइ रोहाइ रखेका छन् । तैले ल्येइदेको चुरा फुटाउने काम गरेको छन्, तैले लगाइदिएको सिन्धुर पुछिदिदै छन् । तलाइ रीस उठेछैन ? जा न सबैलाई गाली गर । बिचरा तेरि स्वस्निलाइ रुहाइ रुहाइ तेस्तो गर्दै छन् । येस्तो हुदा पनि तलाइ रिश उठेछैन? के रमिता हेर्दै बसेको छस्? उठ न उठ, अब त तलाइ चितामा रखिसके, चाढै उठ। हेर त तेरो छोराहरु पनि यी समाजका मन्छे ले भाड्काएर तै माथी जाइलागेका छन् । कति निर्दयी छोरा जन्मएको रहेछस्, तलाइ नै खरानी बनाउन तेरै मुखमा आगो झोस्न पछि परेनन् । जबो समाजल्रे भनेको कुराको लहैलहैमा लगेर तलाइ नै जलए । तेरि स्व्स्नीलाई यहां आउन दिएको भए पनि, गहबाट बगिरह्र्को आसु ले पनि चितामा जलेको आगो निभ्थ्यो होला, तर आइन तेरि स्वस्नी पनि देखिस्? अझै तलाइ रिस उठेन ? धिक्कार छ तलाइ, केही गर्न सकेनस् त, अब केहि समयमा नै खरानी भएेर सकिन्छस् । अब तेरो केही अस्तित्व रहेन । क्षणमै सक्किन्छस् त । खरनी भएर सक्किन्छस् त । अब त्यो खरानी पनि बगाएर फाल्छन् । अझै तेरो कुनै cell / कोष बाकिं छ भने आइज, कुनै बेला तेस्तो बिज्ञानको आबिस्कार होला, जहाँ एउटा cell बाट मानिस को पुनर्जन्म गराउन सकियोस् । आइज आजै समय छ आइज । तं आएनस्, अब तलाइ बगाए । कहिँ बाकी रहेनस् त । अब दुई-चार दिन पत्र-पत्रीकामा तेरो आनुहर सहितको फोटो आउँछ समबेदना र श्रद्धाञ्जलीका औपचारिकताले ढकढक्याउदै । अनि कोसैले सम्झिन्न तलाइ । सक्किस त । त्रेतो दौड-धुप गरिस जिबन भरी, आखिर्मा के पाइस् ? को रहेछ तेरो आफ्नो भन्ने ? तेरै छोराले जलाए तलाइ, तेरि स्वास्नी पनि तलाइ बचाउन आइन । तलाइ सबैले बिर्सिए केही समयमै। देखिस् ? पहिल्लेनै उठ, अँखा खोल भन्दा मनिनस् ।। अब क गर्छस? लोप भइस त । अब केही अस्तित्व छैन तेरो । कोसौले चिन्दैन अब तलाइ ।।।

प्रसङ्ग : हिजो बेलुकी देखेको सपना, शब्दमा उतर्ने प्रायस गरेको छु । कसैको चित्त दुखाए माफी चाहन्न्छु ।।