Search This Blog

Monday, December 21, 2015

स्वार्थ त्यागी जिन्दगी चलाउने मन छ ।
आफ्नै भरमा भबिस्य फलाउने मन छ ।
यतिसम्म आत्मनिर्भर बन्न चाहान्छु कि,
आफ्नो चिता आफैले नै जलाउने मन छ ।।
दुख पोख्दा, भन्छन् एक्लै भुकेको छ
साहित्य र रास्ट्रको लागि हदै झुकेको छ
नलेखेर पो मजाक बनेछन् मेरा चोटहरु
लेख्ने भए म भित्र उपन्यास लुकेको छ
आज timeline मा तिम्रो फोटो आउदा
तारिफ गर्ने शब्द खोज्न शब्दकोष धाउदा
निशब्द छु आज,कमेन्ट लेखिन केहि
तिम्रो सुन्दरताको बयान गर्ने शब्द नपाउदा
हल्कासंग पढे,दिमाग कहिल्यै रेटिन
पढाईको तिर्खा यो,प्यास चाहिँ मेटिन
तर diazepamको त के कुरा गर्छै,
किताब भन्दा sedative अरु भेटिन

Saturday, November 21, 2015

भिडको बिचमा एक्लै नाचेको के अर्थ ।
मन अन्तै मोडेसी,माया साचेको के अर्थ ।
दुई मुटु एक जस्तो थियो,आफ्नो लयौ,
अब आधा मुटु लिएर बाचेको के अर्थ ।

Sunday, October 4, 2015

भ्रस्टाचारि लाई प्रहोत्सान, राम्रा लाई पछी फालिन्छ ।।

धुजा धुजा भैसकेको इज्जत, यहाँ न्यायलयमा टालिन्छ ।
दुध दिने भैसि पाउदा पाउदै, थारो किन पालिन्छ ।
नेपाल त हो, पैसाको राजनीति, लुटेराहरुको देश,
भ्रष्टाचारि लाई प्रहोत्सान, राम्रा लाई पछी फालिन्छ ।

Tuesday, September 15, 2015

धागो चुट्दा, दाजु भाइ फुट्दा ।।

थुंगा थुंगा फुल मिलेर बनेको नेपाली माला, 
धागो चुट्दा, दाजु भाइ फुट्दा, बिरक्त लाग्दै छ । 

मधेसीले पहाड काठमाडौ मात्र हो सोच्छन् क्यां,
त्यसैले त कर्णाली नसोची, बिरोधि भावना जाग्दै छ । 

नेपाली भएर सोच्दा त मिलेर बसिन्छ नि, 
पहाडी, मधेसी भै सोच्दा, आगो झन् राक्दै छ । 

 यस्तो परिस्थिति त मिलेर सामना गर्नु पर्ने, 
नेताको स्वार्थले, बिदेशी हस्तक्षेपको सिमा नाग्दै छ । 

स्वार्थ त्यागेर, नेपाली भै बार्तामा समाधान छ, 
एक अर्का लाई दोष लाउदा, घाउ झन् पाक्दै छ। 

देश भित्रको कुरामा छिमेकीको सरणमा पुग्छन्, 
स्वाभिमान नेपालको स्वाभिमानित्व भाग्दै छ। 

 घरमा झगडा भयो त मिलाउने घरमै त हो,
बाउ काट्न, छोराले नै छिमिकी डाक्दै छ । 

 पीडित मधेसी भन्दा, पहाडी, हिमालि बढी छन्, 
स्वार्थि भै, सद्भाव भड्कने बोली त्यही नेता वाक्दै छ । 

जन्मे देखी, मरुन्जेल कोटा पाएर पुगेन रे, 
अधिकार खोस्नेले झन् यहाँ अधिकार माग्दै छ । 

थुंगा थुंगा फुल मिलेर बनेको नेपाली माला, 
धागो चुट्दा, दाजु भाइ फुट्दा, बिरक्त लाग्दै छ ।