Search This Blog

Saturday, April 9, 2016

टुबोर्ग Strong


आज अल्लि कडा नै लिए ।
concentrationको कडा हैन,
नामको मात्र कडा !
कडा भन्नले strong !
Tuborg Strong !
तर केबल 4-8% मात्र हुन्छ ।
उघृयो बिर्को, निस्किदै गरे पिढा हरु ।
हाल्दै गए ग्लासमा, उम्लदै गए गफ हरु ।
भरियो ग्लास, पोख्खिदै गए भावना हरु ।
snacksको प्लेट थिएन आज ।
cold drinks बिना नै सुरु गरे ।
भावना लाई dilutant बनाउन सोचे ।
गफ लाई नै सितन बनाउन रोजे ।
जति जति रक्सी चढाउदै थिए म,
त्यति त्यति मात चड्दै थियो मलाई ।
50mg/dl पुग्दा गफ मात्र फुरे,
euphoriaमा रम्दै थिए ।
100mg/dl पुग्दा बोली लड्बडाउन थाल्यो,
आत्मबल बढाएर जम्दै थिए ।
150mg/dl पुग्दा भावनाहरु बसमा थिएनन्,
निन्द्रा लाग्यो पनि भन्दै थिए ।
300mg/dl पुग्दा भावना उम्लिन पुगेछन्,
शारीरिक पिढा पनि कम हुँदै थिए ।
400mg/dl पुग्दा छोएको थाहा नपाउने भएको थिए,
coma मा नै पुग्दै थिए ।
यत्तिकैमा त्यही पल्टिए म,
बोतल लाई नै सिरानी मानेर ।
टेबललाई नै बिस्तारा ठानेर ।
रक्सी लाई नै सिरक भनेर ।
होश सबै गुमेको थियो ।
दिमाग पुरै घुमेको थियो ।
मातले मलाई चुमेको थियो ।
हो! आज quantityमा अल्लि बढेको थिए ।
हो ! यति धेरै खान हुन्न भनेर पनि पढेको थिए ।
हो ! बेहोशि भै म लढेको थिए ।
होस खुल्दा थाहा भयो,
ईमर्जेन्सी मा ल्याइपुर्‍याएका रहेछन् ।
हातमा vein खोलिएको थियो ।
नाकमा Ryle's tube जोडिएको थियो ।
standमा NS with 10%glucose थियो,
thiamine पनि त्यसैमा घोलेर राखिएको ।
fomepizole टेबलमै रैछ खोलेर राखिएको ।।

Wednesday, April 6, 2016

म लेख्छु किन ??


कापी खोल्दिन, मोबाइल खोल्छु ।
कलम समाउदिन, keyboard चलाउछु ।
सेतो पानामा हैन, स्क्रिनमा लेख्छु ।
आधुनिकताले मलाई पनि छोएको छ ।
बैज्ञानिक युगमा म पनि चल्न सिकेको छु ।
समय संगै म पनि अघि बढ्न सिकेको छु ।
तर, मोबाइलमा टाइप गरेकोमा,
आत्मियता पाउदिन,
आफ्नोपन पाउदिन ।
आफैले लेखेको जस्तो भान हुदैन ।
सायद, सबैका अक्षर उस्तै भएर होला ।
सबैले कपि गर्न सक्ने भएर होला ।
त्यसैले त अनुकुल मिले अनुसार,
कलम चलाउछु,
कापी खोल्छु,
कलम समाउछु,
दौडाउछु, सेतो क्यानभासमा,
अक्षर अक्षर मिलाई, शब्दलाई जन्म दिदै ।
लेख्न जाने पनि, नजाने पनि ।
राम्रो लेखे पनि, नराम्रो लेखे पनि ।
चित्त बुझे पनि, नबुझे पनि ।
हो! म कापिका लेखमा, आत्मीयता पाउछु ।
आफ्नो पन पाउछु ।
आफ्ना अक्षर नराम्रो भएपनी चित्तबुझ्दो हुन्छ ।
आफ्ना अक्षर देख्दा आफ्नै हुन् जस्तो लाग्छ ।
त्यसैले त म कलमले लेख्न रुचाउछु,
सायद, कलम धेरै पुरानो साथी भएर होला ।
७ बर्से भन्दा १७ बर्से सम्बन्ध प्यारो भएर होला ।
मलाई लेख्न सिकाएको पनि यसैले भएर होला ।
मोबाइलमा लेख्दै मेट्टाउन भन्दा,
कापिमा सोचेरै शब्द छान्न सहि लाग्छ ।
लेख एउटै भएपनि,
शब्द उहीँ भएपनि,
भाब त्यही भएपनी,
कलमले लेखेको उपयुक्त लाग्छ ।
कलमले लेखेकै गुणस्तरीय लाग्छ ।
कमसेकम मोबाइलमा टाइप गरेको भन्दा ।।

Tuesday, April 5, 2016

रिस भगाउने


अस्ति बाट म रिसाउन थालेको ।
हिजो रिस संग रिस उठ्यो,
आज रिस मार्न रिससंग झगडा पर्‍यो ।
ओइ रिस, किन उठ्दै छस् ?
सम्झाउन खोजे, अब नउठ भनी ।
गाली गरे, मेरो समय नलुट भनी ।
बिन्ती गरे, मेरो विरुद्धमा नजुट भनी ।
निर्जीव थियो, भनेको के मान्थ्यो ?
फिलिङ थियो, काबुमा बस्न के जान्थ्यो ?
म भाग्न खोज्थे, यसले आफै तिर तान्थ्यो ।
केही सीप लागेन मेरो,
रिस अझै भगेन मेरो ।
रिस मार्न एकान्तमा गए ।
सबैसंग टाढा भए ।
म संगसंगै रिस पनि गयो ।
मेरो पिछा नछाड्ने भयो ।
भेट्टिएनन् रिस मार्ने उपाय ।
रिस संग हार खाए ।
युद्धबिराम गर्न चाहे ।
मुर्खलाई उल्टै उस्काए जस्तो भयो ।
आफैलाई झन् जिस्काए जस्तो भयो ।
अन्त्यमा एउटा बिन्ती गरे,
सपनामा नआउ भनी,
सुत्न खोजे, एकछिन निन्द्रा परेन ।
निदाउन खोजे, आखा बन्द भएन ।
पछि रिस आफै हार मानेछ क्यारे,
निन्द्रा पर्‍यो, सुते म ।
आखा बन्द भयो, निदाए म ।
उठ्दा रिस बिर्सिसकेको रैछु ।
रिस भागी सकेको रैछ ।
हो ! म रिस मार्न सफल भए ।
रिस भगाउन सफल भए ।

Saturday, April 2, 2016

अब म्यासेज नगर ।।


सोचे ।
धेरै बेर सोचे ।
म सोची रहे ।
के म्यासेज आयो यो भनी ।
मलाई पठाएको म्यासेज हैन जस्तो लागेछ मनलाई ।
त्यसैले त कुरिरहे ।
सरि सरि झुक्किएर म्यासेज गएछ ।
अर्कैलाई पठाउन खोजेको तिम्लाई गएछ ।
keyboard को prediction on रैछ ।
auto reply भएको रैछ ।
हो यस्तै यस्तै म्यासेज को पर्खाइमा थिए म ।
तिम्रो म्यासेजको पर्खाइमा ।
पर्खिए ।
पर्खिदैछु तिम्रो म्यासेज ।
म्यासेज नगर्न भनेपछि मैले गर्न मिल्दैन ।
सायद,मानव जाति बुझ्ने मान्छे भएर होला,
मलाई पनि बुझ्न कर लाग्यो ।
शभ्यताले एउटा बाध बाध्यो आज,
उनलाई म्यासेज पठाउन को लागि ।
तिम्रो म्यासेज रोक्कियो, 
तर तिम्रो याद आइरख्यो ।
धडी भने घुमी राख्यो,
तर समय रोक्कियो ।
घडी निकैबेर घुमेपछी सोच्न कर लाग्यो ।
तैपनि जान्दाजान्दै एउटा मुर्खता गरे,
नगर भनिसकेपछि फेरि म्यासेज गरे,
हो ! शभ्य्ताको बाध फुट्यो ।
र आट गरेर replyलेख्न मन लाग्यो,
केबल लेख्न सके त,
"okay bye"

अफ्ट्यारो बिनाको लजाइ !!




जानेरै आखा छोप्न,
आँखा छोप्पियोस भनेर,
खुल्ला छाडेको कपाल ।
गाजल लगाउदा बिगृएको,
बिगारेर लगाएको गाजल,
सुन्दर ठुला आँखा,
myopic eye जस्तै,
तर चस्मा बिनाका ।
क्याड्बडिको स्वादका,
सुन्तलाका केस्रा जस्ता,
मोतिझै जस्तै टल्किएका,
रसिला ती ओठहरु ।
हिउँ जस्तै सेता,
एकदमै चिल्ला,
छुनै रहर लाग्ने,
कमला ती गाला हरु ।
एकोहोरो हेरिरहेको हुन्थे म,
ठिक तिम्रो अगाडि बसेर ।
अफ्ट्यारो मान्थ्यौ तिमिले,
लजाउथ्यौ तिमी ।
अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेरिरहन चाहान्थे म ।
हो एकोहोरो हेरिरहदा,
अल्लि अफ्ट्यारो मानेको झै गरि,
लजाउदै,
शिर झुकाउदै,
पछाडि फर्कन्थ्यौ तिमी ।
त्यही त म चाहान्थे,
लजाउ तिमी,
केबल लजाएको हेरिरहु म ।
त्यही लजाएको अनुहारमा माया लुकेको थियो,
त्यही सुन्दर आँखा भित्र मेरो तस्वीर थियो,
त्यही कपालमा मेरा हल्केलाका डाम थिए,
त्यही गालामा मेरो ओठका छाप थिए ।
हो! ती सबै कुरा पढ्न सक्थे म तिमी भित्र ।
सोच्थ्यौ होला तिमी,
पछाडि फर्कदा पनि किन मतलब छैन,
किन अफु तिर फर्कन भनेको छैन ।
हो ! म तिमिलाई अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेर्न चाहान्थे ।
जुन आज बल्ल मैले हेर्न पाएको थिए ।
अफ्ट्यारो बिनाको लजाइ ।
हो ! एकोहोरो हेरिरहेको हुन्थे म,
तिमिले पछाडि फर्केको,
तिमी लजाएको ।
तिमिलाई थाहा थिएन,
थाहा दिनु हुन्थेन,
नत्र त्यो लजाइ फेरि अफ्ट्यारो मा बदलिन्थ्यो ।
मेरा आँखा कहाँ थिए पनि हेक्का राखेनौ,
तिमिलाई ख्याल थिएन त्यो कुरा,
त्यसैले त लजाइ मात्र राख्यौ,
अफ्ट्यारो नमानी,
हो ! तिम्रो पछाडि ऎना थियो ।

Sunday, March 20, 2016

आत्तिएका अनुहारका त्रसित आखाहरु ।।


अस्ति भर्खर हो क्यारे रमाउदै जाडो महिनाहरु मनाएको, सक्किसकेछ । त्यसैले अब एकएक गर्दै ती रमाइला क्षणहरु यो सिजनका लागि टाढा जाँदै छन् र भएका सबै किताब जोशका साथ नजिक आउदै छन् । यत्रतत्र छरिएका किताब एकैठाउमा जम्मा हुँदै । र्‍याकमा धुलोले छोपिएका किताब, धुलो उडाउदै निस्किदै छन् बाहिर । टेबलमा ठूलो चाङ बनाउदै । हो ! जाडो टाढिदै जादा, परिक्षा नजिकिदै गइरहेको छ । हुन पनि हो, समय चल्न नसके पनि घडी त घुमिरहेकै छ ।

समय नपाएर या समय पाएर पनि आफू ब्यस्त छु भन्ने देखाउन । कपाल काट्न नभ्याएको जसरी या दारी फाल्न फुर्सद नमिलेको जसरी । कान छोप्ने कपाल पालेर या गाला छोप्ने दारी पालेर । बैरागी जस्तै बनेर । धुमधाम परिक्षाको तयारीमा जुटिरहदा, कसैलाइ याद आउदैन कि आफ्नो सरिरको पनि ख्याल गर्नु छ भनेर, त्यसैले त कपाल काटिदैनन्, दारी फालिदैनन् । सायद आफुलाई भन्दा परिक्षालाई महत्त्व दिएर होला । सरिरलाई भन्दा किताबलाई बढी माया गरेर होला ।

जता हेरे पनि उहीँ उदासिला अनुहार, उहीँ झ्याप दारिले भरिएका अनुहार । होस्टेल देखि लाइब्रेरी सम्म । ग्राउन्ड फ्रोर देखि टप फ्रोर सम्म । जतापनी उहीँ बैरागी अनुहार । सायद पछिल्लो एक महिना देखि हास्न बिर्सिएका अनुहार हुनुपर्छ । अलिअलि त्रास मिसिएको, अलिअलि आश मिसिएको, तर बिल्कुलै निरास अनुहार । त्यही निरास अनुहारका त्रसित आखाहरु करिब एक महिनाबाट कसैको पर्खाइमा रहेको जस्तो प्रष्ट देख्न सकिन्छ । त्यसैले त नाचिरहेका छन् दैनिक केयुको वेबसाईटमा ।

कसैको मुखबाट निस्किन्छ 'इक्जाम त यो मितिबाट भए सबै मजाले पढेर भ्याउने थिए' । त्यही आवज दोस्रो ब्यक्तिबाट निस्किन्छ, तेस्रो ब्याक्तीको कानमा 'यो मितिबाट सुरु हुन्छ रे' । तेस्रो, चौथो, पाचौं, छैटौं, या सातौ सम्म पुग्दा त्यही प्रथम ब्याक्तीको इच्छा, अधिकाअरिक स्रोतबाट आएको कुरा हो भन्दै हल्ला चल्छ । आत्तिएका अनुहार त छन्, पत्याइहाल्छन् । नजिकैको मितिको हल्ला चल्यो भने ती हतोत्साहित अनुहार अझ आत्तिएर, खुम्चन बिर्सदैनन् । अल्लि टाढाको मितिको हल्ला चल्दा, झुस्स दारिले भरिएका गालाहरु तन्किन बिर्सिदैनन्, संगै रहेको ओठ मुस्कुराउदा ।

रातभर सुत्न बिर्सिएर होस् या बिहान उठ्न बिर्सिएर । पढ्दा पढ्दै निदाएर होस् या निदाउदै पढेर। किताबलाई बिस्तारा सम्झएर होस् या कलमलाई सिरानी सम्झेर, लडिरहन्छ टेबलमाथी नै । पढे पनी, नपढे पनि । याद भएपनि, याद नभएपनी । बुझे पनि, नबुझे पनि । घोके पनि, नघोके पनि । सम्झिए पनि या बिर्सिए पनि । पढिरहन्छ उ एकोहोरो, टेबलमाथी नै । सुत्न खोज्दा उसलाई निन्द्रा लाग्दैन । पढ्न खोज्दा उसलाई निन्द्रा लागेको जस्तो हुन्छ । बरु टेबलमै निदाउछ उ, तैपनि बिस्ताराको छेउछाउ जान डराउछ, निन्द्रा लाग्ने डरले । निदाउने डरले । त्यसैले उ लडिरहन्छ टेबलमाथी नै ।

दोहोर्‍यर फेरि पढ्नका लागि बिर्सिएर होस् या बिर्सिनका लागि पढेर, याद हुने आशामा पढिरहन्छ । पढ्दा उसलाई याद हुदैन कि उसले यो छिट्टै बिर्सिन्छ भन्ने, तर पढिसकेपछी उसलाई याद हुदैन कि उसले के पढेथ्यो भन्ने । तैपनि उ पढिरहन्छ । याद गर्न बिर्सेर, सम्झिन बिर्सेर, घोक्न बिर्सेर, बुझ्न बिर्सेर । या भनौं सुत्न बिर्सेर, निदाउन बिर्सेर, रमाइलो बिर्सेर, साथी भाइ बिर्सेर, सबै कुरा बिर्सेर, या भनौं आफैलाई नै  बिर्सेर । पढिरहन्छ उ किताब । लडिरहन्छ उ किताबमाथी नै ।।

Monday, March 14, 2016

मेडिकल मुक्तक संग्रह भाग : १

मुक्तक 1:
हे WHO! 
दुनिया हेर भनी आँखा नचाइदेउ बरु 
screeningगरेर भएनि जचाइदेउ बरु 
Vision2020ले धान्दैन हाम्रो पुस्तालाई 
प्रेममा अन्धो हुनेको आँखा बचाइदेउ बरु

मुक्तक  2:

समय के हो, exam ले बताउन थालेछ ।
 किताबको थुप्रोले दिमाग तताउन थालेछ ।
 खाने समय त मिल्दैन, stress उत्तिकै,
 epigastric pain ले सताउन थालेछ ।।

मुक्तक  3:
सधै भोलिभोलि भन्दै,पछि सराएर हुन्न । 
चाडै नहोस् भन्दै,आत्तिएर कराएर हुन्न ।
 राम्रोprepareगरेर,अबexamदिइन्छ, 
हिम्मत गर सबै जना,सधै डराएर हुन्न । 

मुक्तक 4:
तन्काए बरु नाताको डोरि,छिन्न सकिन
 दुखमा रमाउन सिके,खुशी किन्न सकिन 
हो! Dactylography पनि पढेको छु मैले
 तर,स्वार्थी यो दुनियाँमा मान्छे चिन्न सकिन

 मुक्तक 5:
ज्यानको बाजि राखेर,तिम्रैमाया गरुला बरु 
सकुशल मान्छे,mortuary मै झरुला बरु
 प्रेमलाई Disaster मानी Manage गरे 
Traige गर्दा Black zoneमा नै परुला बरु

मुक्तक  6:
जिवित हैन, लासको मात्र मन छुनेछौ तिमी 
आखा रुझाइ मलाईनै अंगाल्दै हुनेछौ तिमी 
हुन्छ! तड्पाएर नै मारे हुन्छ बरु मलाई
 autopsyमा मुटुभरी माया देखि रुनेछौ तिमि 

मुक्तक 7:
ComMedमा blindness पढ्न लाइयो आजै।
 Cataract,GlaucomaकोDataपाइयो आजै। 
सबैभन्दा बढीPrevalenceतLoveको होला, 
प्रेममा कति अन्धो भए,Data चाहियो आजै।

मुक्तक 8:

शंका नगरी मेरो कुराको भर परेको भए 
misunderstandingचुपचाप टरेको भए
 multifactorial causeले सम्बन्ध बिगृयो
 सपृन्थ्यो होला,Prim.Preventionगरेको भए

मुक्तक  9:
आफुलाई नै आफ्नो माया नलाएर होला
 एकपलपनि नछुट्टिने कसम नखाएर होला
 deaf childत बोल्न जान्दैन,बोलि नसुनेर
 मैले माया गर्न नजानेको,माया नपाएर होला

 मुक्तक 10:
न प्रशंसा गर्छु,न कुरा काट्न सक्छु । 
न मन दिन्छु,न अरुसंग साट्न सक्छु । 
एकदमैDilemmaको Phaseमा छु, 
न झर्न चाहान्छु,न माथी आट्न सक्छु ।। 

मुक्तक 11:
कहिलेकाही देखभेट हुदा मन जलाएर आउछ 
काटेको बोटले झन् मिठोफल फलाएर आउछ 
re-emerging natureको छ तिम्रो माया, 
eliminate गरिसकेपछि फेरि पलाएर आउछ।

 मुक्तक 12:

किताबकोBedमा चढिरछु सुत्न बिर्सेर 
कलमकोPillowमा लडिरछु सुत्न बिर्सेर
 insomniaहुन्छ,चाहेर पनि निद्रा पर्दैन
 हो!Robotले जसरी पढिरछु सुत्न बिर्सेर

 मुक्तक 13:

तिम्रो मनमा छाएको अनुभव कहिल्यै भएन 
बाचा कसम खाएकोअनुभव कहिल्यै भएन 
साचो माया गर्दा,Occult Love गर्थेउ
 तिमी प्रत्यक्ष माया पाएकोअनुभव कहिल्यै भएन

मुक्तक  14:

पढिरहेको आफ्नो गति बिचमै रोक्न भन्दा। 
अनायासै पढाइको यत्रो बोझ बोक्न भादा। 
Robbins Patho बरु पढ्न सजिलो थियो, 
ComMed का National Plan घोक्न भन्दा।

मुक्तक  15:
अघि बढ्दै थियौ,तिमी फर्केर हिड्यौ 
सम्झाउदै थिए म,उल्टै झर्केर हिड्यौ
 अचानो सम्झ्यौ क्यारे,चोट कयौ दियौ
 antibioticदिनुपर्ने,नुन छर्केर हिड्यौ 

मुक्तक 16:
प्रमाण खोज्दै,चारैतिर आँखा नचाएर आउ 
मलाइ लगाएका सबै दोष आफै पचाएर आउ 
macropsia मा झै सबै कुरा बढाएर देख्छौ
 post. uveitisहोला,एकचोटी जचाएर आउ

 मुक्तक 17:

तड्पाएर यो मुटुमा आगो जलाइ दिन्थ्यौ। 
III CN palsyगराइLPSगलाइ दिन्थ्यौ। 
हो!ptosisमा झै आँखा खुल्न मान्थेनन् 
जब काखमा राखी कपाल चलाइ दिन्थ्यौ।

मुक्तक   18:
समय खेर नफालम भन्दै बुद्दी साचिराछ 
पढ्ने क्षमता कति छ भन्दैIQजाचिराछ
 हो!Squintपढ्दै छु,symptomपनि हेर्दै 
पढ्दा पढ्दै दिमाग संगै आँखा नाचिराछ 

मुक्तक 19:
निदाउदै किताबमा नै घिसृन्छु सधै । 
उठेपछिexamसम्झी तर्सिन्छु सधै ।
 पढ्न पनि यति गहिराइमा पढ्छु नि, 
केtopicपढिराछु भन्ने नै बिर्सन्छु सधै ।।

मुक्तक  20:
सबैभन्दा ठूलो चोट त मैले पाएको छु 
ShockभएरAdrenalineलाएको छु 
मुटुमा लागेको पिढा त मलाइ सोध बरु 
३००बर्ष साथ दिने साथी गुमाएको छु 

मुक्तक 21:
ventilatorमा बसेर आजसम्म टिकेको छु 
तिम्ले देको चोटकोbandageझिकेको छु 
माफ गर!अब तिम्लाइ खुसीराख्न सक्दिन
 समय संगै रमाएर,म पनि हास्न सिकेको छु

मुक्तक  22:

Hot Fomentn माग्दा,आगो बाल्दियौ तिम्ले 
Dark Gogs लाएथे,त्योपनि फाल्दियौ तिम्ले 
आखामा सजाउदाCorneal Ulcerगरायौ 
Atropineखोज्दा,Steroid हाल्दियौ तिम्ले

मुक्तक  23:

समयनै यहि होभन्दै जोपनि पढ्न थाल्छ 
खान सुत्न बिर्सेरtableमानै सड्न थाल्छ 
अरुबेला भगवान कहिल्यै सम्झन्नन होला 
जबexamनजिकिन्छ,आस्था बढ्न थाल्छ

मुक्तक  24:
आसुआउने गरिआखामा सर्न सक्छौ तिमि 
 Moodअनुसारअन्तै पनि झर्न सक्छौ तिमि
 Chlamydiaको जस्तैpropertyछ तिम्रो 
जहाँ राखिदिएपनि ठिक्क पर्न सक्छै तिमि 

मुक्तक 25:
पहिरो मुनिरिसको,सधैमलाइ पुरेर बस्छौ 
suffocationहोलाभन्दैमलाई कुरेर बस्छौ 
तिम्लाइthyroid eye diszछ झै लाग्छ 
dalrymple signमा झै,मलाई घुरेर बस्छौ

मुक्तक  26:

उडि हिड्ने तिमी एक्कासि झरेझै गर्छौ 
कहिलेकाही त मेरैloveमा परेझै गर्छौ
 तिम्रोमायाlight house signझै लाग्छ 
घरीघरी मात्र एकदमै माया गरेझै गर्छौ

मुक्तक 27:
यत्रोबेर निदाएर टारिदिए,networkनभएर 
निन्द्रानै साझमा सारिदिए,networkनभएर 
criminal abortionको मुद्दाचलाउ अब 
अनगिन्तीमुक्तक मरिदिए,networkनभएर

मुक्तक  28:
examको attendanceमा Aनलाए पुग्छ 
viva दिने बेला आफ्नो पालो नआए पुग्छ 
हरेक medicoको लक्ष्य यहि होला सायद, 
answerभन्न परै जाओस्,गाली नखाए पुग्छ 

मुक्तक 29: