Search This Blog

Monday, August 31, 2015

I am with Dr. KC

उठिसक्यो आवाज, आलटाल कुराले, अब यहाँ टर्दैन ।
स्वास्थ क्षेत्रमा आउन लागेको गुणस्तर, अब तल झर्दैन ।
नेतृत्व के.सि. सरको, तर आन्दोलन हामी सबैको,
जित सत्यकै हुन्छ, प्रतिबेदन कार्यान्वयन, अब पछि सर्दैन ।।
# IamwithDrKC

Tuesday, August 18, 2015

दस दिनमा, दस बर्ष पछाडि धकेलियो नेपाल ।

फेसबुक खोल्छु, सधै profile picture चेन्ज र timeline check in ले भरिने फेसबुके भित्ताहरु बन्द, हत्या, झडप, कर्फ्यु, गोलि, बम कुटपिट, आन्दोलनका समाचारले भरिन्छन् । पहिलाको जति समयले पुग्दौन फेसबुक चलाउन । पहिला upload भएका status र photo लाइक गरे पुग्थ्यो । अहिले सबै समाचार पढ्न कर लाग्छ । सबै समाचार पढ्छु, अनि दैनिकी लास गन्दै बस्छु । त्यस्मा पनि कति लास सहिद, कति असहिद गणना गर्दै बस्छु ।

यहाँ बन्द, त्यहाँ बन्द, यति दिन बन्द, उति दिन बन्द । यहाँ झडप, त्यहाँ झडप । यो टुक्र्याउन पर्ने, त्यो जोड्न पर्ने । यो अखण्ड, त्यो खण्ड खण्ड । यो यो जातिलाई, त्यो आर्को जातिलाई । यो माग गर्दै आन्दोलन । आन्दोलन अनियंत्रित भएपछि कर्फ्यु । कर्फ्यु उल्लंघन गर्दा गोलि । गोलि लागि यतिको मृत्यु, यति घाइते । मृतकलाई सहिद घोषणा । यहाँ बम बिस्पोट । यो यो हातहतियार सहित यती जना पक्राउ । यस्तै यस्तै समाचार आउछन् । झसङ्ग हुन्छु, २०६२ सालमै छु जस्तो लाग्छ । लास गनेका अबिश्वासिला अँखाले भित्तामा टासिंएको पात्रो हेर्छु । ठुला अक्षरमा लेखिएको छ, २०७२ साल ।

प्राय सबै अन्लाईन मिडिया हरु ब्यस्त छन्, यिनै समाचार छाप्न । फेसबुके लाइक बोटुल्न विभिन्न troll बनाउदै व्यंग्य गर्ने page हरु देखि लिएर यौन सम्बन्धि गरिएका रिसर्चको रिपोर्ट छापी युवा जनसागरमा लोकप्रियता कमाउने अन्लाईन मिडिया पनि सबै यस्तै यस्तै बन्द, झडप, लडाइँकै समाचार छाप्न ब्यस्त छन् । लास गन्न ब्यस्त छन् । तर कुनै पत्रकार, समाचार नै नपाएझै मिर्गौलाको पत्थरी निकाल्दा राखिएको DJ-STENT लाई, चिकित्सकको चरम लापरबाहीले पाइप भित्रै छाडिएको भन्दै, सोझा जनतामा भ्रम फैलाउदै, आफ्नो सस्तो लोकप्रियता को लागि, अर्धचेतनामै छापाएको समाचार, र समाचार छाप्ने पत्रकारको आलोचनाले पनि फेसबुके भित्तामा यदाकदा स्थान पाइरहेका हुन्छन् ।

बन्द का बन्द छन् । आन्दोलन आझै चर्किएको छ । गोलि उति नै बर्सिएको छ । दुख जनताले खेपिरहेका छन् । ठ्याक्कै दस बर्ष पहिलाको नेपालको झजल्को दिलाउछ । दस बर्ष पहिला यस्तै थियो, सबै ठाउमा झडप, गोलि, बम, बारुद, आन्दोलन, कुटपिट, हत्या आदि इत्यादी लगभग अहिलेको जस्तै । तर त्यति बेला एउटा टाउके थिए, आहिले अनगिन्ती टाउके छन् । त्यतिबेला जनता सडकमा आएका थिए, अहिले ल्यहिएको छ, एक दुई टाउकेको स्वार्थका लागि । सोझा जनता लाई भ्रम देखाउदै, नोटको राजनीति भै रहेछ । जति मोटो बिटा भयो, उति ससक्त आन्दोलन । तर दस बर्ष पहिले र आहेले, जहिले पनि सास्ती सोझा जनताले खेपिरहेका छन् । दुख जनताले पाइरहेका छन् । गोलि जनता लाई नै हानिएको छ । हत्या जनताको नै गरिएको छ । बलि जनताको नै चढाइएको छ ।

पदिए दुरुपयोग भयो भन्ने कुराले पनि यदाकदा स्थान पाइरहेको हुन्छ फेसबुके भितामा । सबैजना कानुन सङ डराउछन्, तर कानुन डराउने ब्यक्ती पनि छन् नेपालमा भन्ने अभिव्यक्तिका साथ समाचार सम्प्रेषण हुन्छन् । यो देख्दा लाग्छ दस बर्ष पहिलेको राजतन्त्र जस्तै कुनै तन्त्र, एकलौटी शासन नेपालमा आझै पनि बिधमान छ कि जस्तो भान हुन आउँछ ।

त्यसैले आहिले जुनपनी गतिविधि नेपालमा भै रहेका छन् , जसरी जनताले दुख पाइरहेका छन् , जसरी बन्द गरिरहेको छ, जसरी सोझा जनताको सरिरमा गोलि चलिरहेका छन् । जसरी जनताको हत्या भै रहेको छ । यो देख्दा लाग्छ आहिलेको नेपाल दस बर्ष पछाडी धकलिएको छ । २०७२ सालमा चलिरहेको नेपाल २०६२ सालमा पुग्यो झै लाग्छ ।।

Saturday, July 25, 2015

लोप हुन लागेका microbes हरु ।।

हामीलाई त जिउन पनि मुस्किल भै सक्यो, यी मानिसले पनि गर्न सम्म के गरेका हुन् , लौ न । हामीले air medium / droplet nuclei मा बस्छौं र येहि बाट infection गर्छै भनेर किताबमा येत्र-तत्र लेखिएको हुन्छ । तर हामीलाई त्यहा बस्ने बाताबरण छैन, जिबन बचाउन मुस्किल बनाइदिएका छन यी दुष्ट मानव हरुले । प्रबिधिको बिकासका नाममा, जताततै radiation र satalitic waves छडेका छन जस्स्ले गर्दा हामीलाई हाम्रो बसस्थन air medium मा बस्ने बताबरण छैन । बल्लतल्ल बाचेका हामी microbes, हरेक बेला आक्रमण गर्ने अबसरको पर्खाइमा हुन्छौ । आज्काल त keratin layer पनि कति बक्लो बनाएका हुन् मान्छे हरुले, कतैबाट छिर्ने समेत ठाउं छैन । आफ्नो ख्याल पनि कति गर्न सकेका हुन्, कतै घाउ, चोत-पटक समेत लगाउदैनन् । बल्लतल्ल कतै सानो trauma / injury हुन्छ, अनि आनेकौ दुख कष्ट गरेर त्यहाँ छिर्न त पाउछौ । तर के के न गर्देको जस्तो, हाम्रो विरुद्धमा chemical mediators जस्तै histamine, serotonin उत्पादन गर्दछन्, एक्छिन पनि टिक्न दिदैनन हमिलाइ । आझै, हामी त्यहा गयो भन्ने रिश ले, रगतका नसा नासा फुट्ने गरि फुल्यौछन् । आझै भएन भनेर, हाम्रो विरुद्धमा युद्ध घोषण गरेर, आफ्नो सिपाही हरु leucocytes हरु पठाउछन् । प्रथम चरणमा neutrophils आउछन्, युद्ध गर्न पछि पर्दनौ, केहि क्षती उनीहरुको हुन्छ त केही हामीको । घाइते भैसकेका हामी microbes विरुद्ध आझै lymphocytes पठाउछन्। उनीहरुको बिरुद्ध पनि लड्न पर्दैनौ, फेरि युद्ध हुन्छ। केही क्षेती उनीहरुको, धेरै क्षती हाम्रो । अब एकदमै सिकिस्त भैसकेका हामी विरुद्ध आझै macrophage जाइलाग्छन् । फलस्वरूप युद्ध उनीहरुको पक्षमा हुन्छ, हामीलाई phagocytosis प्रक्रियाले सखाप पार्छन् । जीउँदै निलिदिन्छन् । हाम्रो आन्त्य्स्टि हुन्छ । यती त गर्‍यो गर्‍यो आझै, blood circulation मा रहेको globulin नामक protein पनि हामीलाई देख्न सक्दैन, मरिसकेका हामी विरुद्ध आझै antibody बनाईदिन्छ, पुनः आक्रमण गर्न नसक्ने गरि । जतिसुकै antgenic shift / drift गरेर भेष बद्ले पनि, antibody बनाई छड्छन् , vaccine निर्माण गरेर हामी विरुद्ध आझै immunity बढाइ छड्छन् । आझै, त्येही दुष्ट मानव ले, आफ्नो हितका लागि symptomatic relief भन्दै NSAIDS, antitussives, antihistaminc, आदि इत्यादि पनि खन्छन् । ल, त्यो त ठीकै छ आफ्नो हितका लगि खाए । तर त्येती मात्र नभई, आझै हम्रै बिरुद्धमा antimicrobial पनि खन्छन् । किन यती साह्ओ हाम्रो पछी पर्छौ हो दुष्ट मनब हरु? किन? किन हाम्रो आस्तित्व मेटाउन लगिपरेका छै? किन हाम्रो वंश नास गर्न खटिएका छौ ? किन देख्न सक्दैनौं हामी लाई ? किन? किन? के हामी पनि प्राणी होइनौं ? हामीलाई बच्ने रहर हुदैन ? हामी जिउन चाहदैनौ ? किन लागि परेका छौ हम्रै पछी ? किन ?

प्रसङ्ग : येसो, कितब खोलेको, निकै माया लाएर आयो यी बिचरा आस्तित्व गुमाउन लगेका microorganisms को, त्येसैले यसो लेख्देको । हलुका रूपमा medical term प्रयोग पनि गरेको छु। सबै मित्रहरूले सम्पुर्ण रूपमा बुझ्न सक्नु भएन भने किर्पया भाब मात्र भए पनि बुझिदिनुहोला ।

Sunday, July 19, 2015

मैले देखेका नेपालहरु ।।


एकातिर सेना , अर्कोतिर माओवादी, बिचमा म, मेरो माथी आकाशमा उडिरहेका गोलि ।
 त्येस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर जनता, अर्कोतिर राजा, जनताको भिडमा म, मेरो वरिपरि राजा बिरुद्धका नराबाजि ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर एउटा पार्टी, अर्कोतिर आर्को पार्टी, पार्टीहरुको बिचमा म, मेरो वरिपरि ठुला भासण भोटका लागी ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर नेताहरू, अर्कोतिर कर्याकर्ता, बिचमा जनता, जनता मध्येको म, मेरो वरिपरि भ्रस्टाचार स्वार्थका लागि ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर सभासद, अर्कोतिर मस्यौदा, बिचमा नेपाली, नेपालिको बिचमा मस्यौदा, मस्यौदाको वरिपरि सबैको सुझाब ।
यस्तो पनि छ नेपाल मैले देखेको ।

एकातिर नेपाल, नेपाल भित्र नेपालि, नेपाली सबै समान, सबै नेपाली खुशी, सबै नेपालिको अधिकार सुनिस्चित ।
यस्तो हुनेछ नेपाल अब हामिले देख्ने ।

सबैको प्यारी तिमि

प्यासीहरुको प्यास मेट्न, गर्मीमा सितल दिन तिमि छौ यहाँ । चिट चिट पसिना पनि साम्य बनाइ दिन्छेउ । आफू सक्किएर भयपनी अरुलाइ भरिपुर्ण बनाइदिन्छेउ । आफ्नो अस्तित्व बेचेर भए पनि अरुको लागि आफू समर्पण गर्छेउ । तिमी आफू रित्तिएर ग्राहक खुशी राख्छेउ । ग्राहक खुशी हुन्छन् तिमिलाइ रित्त्याएर , तिमिलाइ भोगेर, तिमिलाइ पिएर ।

आफ्नो ग्राहक खुशी राख्न तिमी, आफ्नो सबै कुरा सुम्पिन तयार छौ । एकचोटीको मात्र हो तिम्रो अस्तित्व । जब एकचोटी कसैले प्रयोग गर्छ तिमिलाइ, तिम्रो भाउ घटेर, कबाडी मोलमा बिक्छेउ तिमी । तिमिलाइ थाहा छ, एउटा कुनै ग्रहाक रिजाउदा तिम्रो अस्तित्व घटेर कबाडी मोलमा बिक्छेउ । तर पनि आफू, आफै ग्राहकलाई समर्पण गर्छेउ । त्यही भएर त तिम्रो माग बढी छ । जाडोमा हुन नसके पनि, गर्मीमा चाहिँ ।

चिसो कोठिमा थुनेर राखिएको हुन्छ तिमिलाइ, बेच्नको निम्ति । ग्राहक आयो कि त, साहुले बेचिदिन्छ तिमिलाइ । प्राय मोलदाम हुदैन तिम्रो । सरकारले नै तिम्रो बजारभाउ तोकिदिएको छ । बिना बर्गेनिङ बिक्छौ तिमी, खुद्रा मूल्य रु ३० मा ।

जति ठुला ठुला होटेल, रेस्टुरेन्टमा तिमी बिक्छौ त्यति नै धेरै भाउ हुन्छ तिम्रो । गुणस्तर त्यही हुन्छ तिम्रो । मात्रा त्यही २५० मि लि । नाम त्यही, स्वाद त्यही, तर जति सजिएको पहिरनमा खनिन्छेउ तिमी, त्यतिनै धेरै भाउ हुन्छ तिम्रो । जति चिल्ला ठाउमा बिक्छेउ, त्यति नै बढी भाउ तिम्रो । जति सुकिलो ग्राहकले बेच्छ तिमिलाइ, त्यति नै बढी भाउ । रु ३० देखि रु ३०० सम्म, पहिरन हेरेर, ठाउँ हेरेर, साहु हेरेर ।

खुलेआम किनबेच हुन्छ तिम्रो, खुलेआम रित्याउछन् तिम्रो अस्तित्व ग्राहकहरु । अझ, विभिन्न बिज्ञापन गरिरहेको हुन्छ, विभिन्न होडिङ बोर्ड टालिएको हुन्छ । तिम्रो नाम र मूल्य शुचि सहित । तिमिलाइ बिकाउन । तिम्रो बढी उपभोग गराउन । तिम्रो ग्राहक बढाउन ।

हो, तिमी ग्राहक रिजाउन खप्पिस छौ । ग्राहकको सन्तुष्टि पूरा गर्न, तिमी सक्षम छौ । तर तिम्रो नराम्रो पक्ष भनेको तिमी निकै चाडै फुर्कने खालको छौ । कसैले अलिकती पनि तिमिलाइ उचाल्दियो या अलिकती हल्लाइदियो भने तिमी खुशी हुँदै, रमाउदै उफृन्छेउ, उम्लिन्छेउ, पोखिन्छेउ आफै । राम्रो पक्ष भनेको, तिम्रो figure । सबैजना डाहा गर्छन तिम्रो figure हेरि । कति त तिम्रो जस्तो जिउ बनाउन लाखौं खर्चन्छन्, कति कयौं पल्ट खाना छोड्छन् । मात्र तिमी जस्तो हुन । मात्र तिम्रो जस्तो figure बनाउन । कोकाकोला coca cola को जस्तो figure बनाउन ।।

Saturday, July 18, 2015

जब अन्तिम पेग खाएर म उठे ।।

रम्न थाले एका एकै
euphoria अवस्ता नै आयो
तर stress सबै बिर्सी गए
जब आन्तिम पेग खायर म उठे ।

काम्न थाले खुट्टा मेरा
celebellar ataxia अवस्ता नै आयो
तर पिड\ा सबै भुली गए
जब आन्तिम पेग खायर म उठे ।

अँखा मेरा लठ्ठीन थाले
diplopia अवस्ता नै आयो
तर सारा संसार देख्न पुगे
जब आन्तिम पेग खायर म उठे ।

बोली मेरो लडबडाउन थाले
aphasia अवस्ता नै आयो
तर मनका अभिव्यक्ति सबै बेक्त गरे
जब आन्तिम पेग खायर म उठे ।

रिक्सा चालक

उ एउटा मान्छे हो । नाम खै के पो होला तर, उसको नामको कसैलाई पनि प्रबाह छैन । उसले काम बाटै आफ्नो नाम पएको छ । रिक्सा चलाउने भएकाले, रिक्सा चालक । तर पनि उसले कामबाट पाएको नामको प्रयोग भएको पाउदैन । पाउछ त, मात्र रिक्सा । कि उ एउटा निर्जीव बस्तु हो ।
एउटा झुत्रे कपडा भित्रको मरन्च्यासे शरीर । च्यात्तिएको कपडाले छोप्प्न नभ्याएको ठाउमा देखिने, घामले डडेको कालो छाला । जतिबेलै बगिरहने पसिनामा, धुलो आएर टासिंएको छ । छाला भन्दा बाक्लो बनिसक्यो होला त्यो टासिंएको मैलो । तर कुनै प्रबाह छैन उसलाई । जति चर्को घाम भए पनि, अझै जोस्सिदै चालिरहेको छ खुट्टा । आदेश बमोजिमको गन्तव्य पछ्याउँदै । गलिसक्यो खुट्टा, तर पनि चलिरहेको छ । किनकी उसलाई थाहा छ । त्यो गन्तव्य पुगेपछि उसलाई २० रुपैया मिल्नेछ । जुन जम्मा गरे पछि, आज बेलुका उसको घरमा खुशी छाउनेछ । चुलो बल्ने छ । आजको छाक टर्ने छ । त्यही आश नै उसको पसिना बगेको शरीरमा, हावा हम्किने पंखा बनेको छ । गलेर दुखेको गोडामा, सन्चो पर्ने मलम बनेको छ । डडेको छाला हेरि चित्त बुजाउने बाटो बनेको छ ।
सायद उस्ले आफ्नो नामनै भुलिसक्यो होला । मात्र उसलाई थाहा छ कि उसको बास्तबिक नाम अब काममा, अझ भनौं एउटा निर्जिब बस्तु, रिक्सामा बदलिएको छ । कसैले रिक्सा भनी बोलायो भने उ आफैलाइ बोलाएको हो भन्ने बुझ्छ र प्रतिक्रिया दिन्छ । हातको इसारा वा एक/दुई शब्दको बोलिले नै उस्को पाहिला चल्छन् , आदेश अनुसारको गन्तव्य तर्फ । बाटोमा हिडिरहदा, रिक्सा यात्री आफ्नै गफमा मस्त हुन्छन् । उसको कुनै प्रबाह हुदैन उनिहरु लाई, कि त्यहाँ एउटा मन्छे पनि छ । सोच्छन, उ नामको मात्र रिक्सा नभएर, व्यबहार को पनि रिक्सा हो । रिक्सा, एउटा निर्जीव बस्तु ।
प्रयोगमा नआएको नाम बाट समाजले बदलिदिएको नाम रिक्सा चलक । समाजको व्यबहार बाट, महशुस गरेको नाम रिक्सा ।
कदर गरौ मानबताको । उसको नामको । उसको मेहनतको । उसको पसिनाको । उसको आशको । उसको सपनाको । उसको पेशाको ।
#से_नो_बार्गेनिङ_टु_रिक्सा_भाडा