मेडिकल साहित्य
बाँच्न बचाउन चिकित्साले सिकाउदै छ , तर जिबन जिउन साहित्यबाट सिक्दै छु ।
Search This Blog
Monday, December 21, 2015
अतीत बिर्सी बर्तमानमा रमाउन खोज्दै छु
दुखहरु पोख्न कलम समाउन खोज्दै छु
मन टुटेपनी लक्ष्य टुटाउन छौन मलाई
त्यसैले किताबमै आखा जमाउन खोज्दै छु
स्वार्थ त्यागी जिन्दगी चलाउने मन छ ।
आफ्नै भरमा भबिस्य फलाउने मन छ ।
यतिसम्म आत्मनिर्भर बन्न चाहान्छु कि,
आफ्नो चिता आफैले नै जलाउने मन छ ।।
दुख पोख्दा, भन्छन् एक्लै भुकेको छ
साहित्य र रास्ट्रको लागि हदै झुकेको छ
नलेखेर पो मजाक बनेछन् मेरा चोटहरु
लेख्ने भए म भित्र उपन्यास लुकेको छ
आज timeline मा तिम्रो फोटो आउदा
तारिफ गर्ने शब्द खोज्न शब्दकोष धाउदा
निशब्द छु आज,कमेन्ट लेखिन केहि
तिम्रो सुन्दरताको बयान गर्ने शब्द नपाउदा
हल्कासंग पढे,दिमाग कहिल्यै रेटिन
पढाईको तिर्खा यो,प्यास चाहिँ मेटिन
तर diazepamको त के कुरा गर्छै,
किताब भन्दा sedative अरु भेटिन
Saturday, November 21, 2015
भिडको बिचमा एक्लै नाचेको के अर्थ ।
मन अन्तै मोडेसी,माया साचेको के अर्थ ।
दुई मुटु एक जस्तो थियो,आफ्नो लयौ,
अब आधा मुटु लिएर बाचेको के अर्थ ।
Sunday, October 4, 2015
भ्रस्टाचारि लाई प्रहोत्सान, राम्रा लाई पछी फालिन्छ ।।
धुजा धुजा भैसकेको इज्जत, यहाँ न्यायलयमा टालिन्छ ।
दुध दिने भैसि पाउदा पाउदै, थारो किन पालिन्छ ।
नेपाल त हो, पैसाको राजनीति, लुटेराहरुको देश,
भ्रष्टाचारि लाई प्रहोत्सान, राम्रा लाई पछी फालिन्छ ।
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)