Search This Blog

Sunday, October 30, 2016

देवकोटा तिमी फेरि आउ ।।


आजकाल मुना,टिना भैसकिन,
मदन पनि निकै मोडर्न भैसके।
"टिना-मडन"का मोडर्न मोडर्न कथा लेख्न आउ।
ल्हासा जाने कथा हैन,खाडी जाने कथा लेख्न आउ।
माया प्रेमका कुरा हैन,बस्ना र प्यासका कथा लेख्न आउ।
साग सिस्नु खाएर आनन्द हैन,पिज्जा बर्गर लेख्न आउ।
मानिस ठूलो दिलले हैन,पैसाले हुन्छ भनी लेख्न आउ।
हो देवकोटा ! तिमी मोडर्न मोडर्न कथा लेख्न आउ ।
किनकि मोडर्न हुनखोज्दा धेरै परिवर्तन भैसकेको छ,
खाडी नगइ चुलो बल्दैन आजकाल ।
माया प्रेमका कुरा चल्दैन आजकाल ।
साग सिस्नु कतै फल्दैन आजकाल ।
पैसा नभई त सिन्को ढल्दैन आजकाल ।

तिमी पनि पागल थियौ अरे तिमो जमानामा।
अहिले पनि हामिसंग एउटा पागल छन्Dr.kC,
निशान छाप लागाएरै घोषणा गरिएका पागल,
र त्यही पागललाई समर्थन गर्ने करोडौं पागल,
तिमी हाम्रा युगका पागललाई भेट्न आउ ।
साहित्यको खिल्ली उडाउनेलाई रेट्न आउ ।
"दिलले ठूलो हुन्छ"भनेको हरफ मेट्न आउ ।

हो देवकोटा तिमी फेरि आउ यस धर्तिमा,
नेपाली साहित्यमा दियो बाल्न आउ।
बोक्रे साहित्यकारको मुख टाल्न आउ।

हाम्रा पागलसंगै मिलेर लडाइ थाल्न आउ।
भ्रस्टाचारको विरुद्धमा कलम चाल्न आउ।

तानाशाही हरुलाई कुर्सीबाट फाल्न आउ।
दुरुपयोग गर्नेलाई महाअभियोग हाल्न आउ।

अलिअलि बाकी रहेको सुशासन पाल्न आउ।
जनताको काम नगर्नेहरुको सत्ता ढाल्न आउ।
हो देवकोटा तिमी फेरि आउ हाम्रो लोकतान्त्रिक नेपालमा ।।

Saturday, October 8, 2016

डाक्टर ईन्टरनेट !!


केहि दिन अघि अनलाइन बसिरहदा एउटा म्यासेज आयो:

"यो टन्सिल काट्न भन्दा अगाडि घरमा के के गर्नुपर्छ ?" आफू बल्ल टन्सिलेक्टिमी को स्पेल्लिङ लेख्न सिक्दै गरेको मान्छेलाई एकदमै गाह्रो प्रश्न आयो ।

 "ओहो! टन्सिल नै काट्नु पर्ने भएको हो" आश्चर्य मान्दै सोधे ।

"अ! अब काट्नै पर्छ" हस्पिटलमा भर्ना गरेर भोलि नै अपरेसन हो कि जसरी जवाफ आयो ।

"टन्सिलेक्टोमी नै गर्नु पर्ने ? बिश्वास नलागेर फेरि सोधे ।

"हजुर! त्यस्तै के अपरेसन थियो । त्यही होला ।" टन्सिलेक्टोमी को अर्थ नबुझेको हो कि जसरी उत्तर आयो ।

"किन के भएको छ र? घाटी दुख्छ ? सास फेर्न आफ्ट्यारो हुन्छ? राती सुत्दा सुत्दै बिउझनु हुन्छ?" सर्प पनि नमरोस लठ्ठी पनि नभाचियोस भन्ने सोचेर, इज्जत जोगाउन भएपनि तातो पनि खानु, चिल्लो पिरो बार्नु यस्तै यस्तै भनेर कुरा टार्छु भन्ने सोचेर कुरा खोतल्न खोजे ।

"नाइँ! त्यस्तो केही हुदैन । तर, ऎनामा हेर्दा टन्सिन देखिन्छ ।" गहिरो प्रश्नको जवाफ हलका रुपमा आयो ।

"अनि त्यत्तिकैमा काट्नु पर्ने, कहाँ देखाउनु भएको ?" झर्को  मान्दै प्रश्न सोधे ।

"डाक्टरलाई त देखाएको छैन, अनलाइनमा हेरेको, अब काट्नै पर्छ भनेको छ । त्यहा भनेको जस्तै मासु पलाएको जस्तो छ, ऎनामा हेर्दा पनि मुखको पछाडी माथिबाट तल केही झुन्डिएको जस्तो देखिन्छ(सायद uvula भन्न खोजेको होला) । ह्या.. अब काट्दिन्छु । " आफैले नै काट्ने हो कि जसरी जोसिलो उत्तर आयो ।

"काट्न अगाडि के के गर्ने पनि त त्यही लेखेको होला । अनि काट्न पनि हस्पिटल किन आउन पर्‍यो ? अन्लाईन बाटै काट्ने ब्यवस्था छैन रैछ ?" भन्दै साथमा तीन वटा इमोजी  "😂😂😂" पठाएर अफलाइन भए ।

एकछिनमा त्यही सम्झिए, ईन्टरनेट, डाक्टर ईन्टरनेट, डाक्टर ईन्टरनेटले गरेको काउन्सिलिंङ र बिरामि संग भएको मिसअन्डर्स्टान्डिङ । फेरि सम्झिए, हासो उठ्यो । त्यही सम्झिदै  एउटा मुक्तक लेखे :
गूगलमा Symptomsहान्छन र बिग्रन्छ ।
Online बाटै उपचार छान्छन र बिग्रन्छ ।
आफै रोग Diagnoseगर्ने वरिष्ठे हरुले,
Internetलाई नै Doctorमान्छन र बिग्रन्छ ।।

Friday, September 30, 2016

पत्रकारिता र चिकित्सा पेशा !!



नेपाल अरु क्षेत्रमा बिकास हुन नसके पनि संचार माध्यमको क्षेत्रमा भने केही हदसम्म बिकास भएको छ । आजकाल प्राय सबै मानिसको हातमा मोबाइल हुन्छ । पढेलेखेका सबैजसोको फेसबुक एकाउन्ट छ । प्राय सबैले फेसबुक या टुइटर चलाउछ्न् । देश-बिदेशका हरेक कुना कुनामा भएका गतिविधि एकैछिनमा थाहा पाउन सकिन्छ, सोसल मिडियाबाटै । यो पनि बिकासको एउटा उदाहरण हो, यसलाई सकारात्मक रुपमा लिनु पर्छ । यसमा प्रमुख भुमिका अन्लाईन मिडिया र दिनरात खटिएका पत्रकारको हुन्छ । यसका लागि अनलाइन मिडिया र पत्रकार धन्यवादका पात्र हुन् ।

च्याउ जसरी उम्रेका केही अनलाइन मिडियाहरुले (सबै अनलाइन मिडिया नभनौ) सहि सन्देश आदानप्रदान गर्ने साथसाथै किहि कुराको गतल ब्याख्या गर्दै सर्बसाधारण सामु भ्रम फैलाउने काम गरेका छन् । सस्तो लोकप्रियताको लागि चिकित्सा पेशाको प्रयोग पनि उत्तिकै भइरहेको छ । दुई ढंगले चिकित्सा पेशा प्रयोग हुँदै आएको छ । पहिलो, कुनै रोगका बारेमा या चेतनामूलक संदेश देने आशयले लेखिएका लेख । जुन अहिलेको आवस्यकता हो । र दोस्रो, चिकित्सक बाट भएका असफलताको गलत ब्याख्या । पत्रकारको हतियार कलम हो भन्नेमा कसैको दुई मत छैन । तर आजकाल त्यो कलम सच्चिकै हतियार बनेर, चिकित्सकहरु माथी नै प्रहार हुँदै आएको छ । गहिराइमा नबुझी, एकपक्षीय ढंगले, सत्यतालाई ढाकछोप गरेर, सानो गल्तीलाई बढाइचढाइ गरेर लेखिने गरेको छ । दुइचार लाइक बटुल्न र दुइचार फलोअर्स बढाउन गलत सन्देश दिदै "डाक्टरको चरम लापरबाही" शिर्षक राखेर सबैको ध्यान खिच्ने गरेको सबैलाई थाहा नै छ । चिकित्सा क्षेत्र अतिआवस्यक, संबेदनसिल छ, त्यसैले त लोकप्रियता बटुल्न पनि सजिलो छ । र साथसाथै चिकित्सक सोझा हुन्छन्, जो कोहि ले पनि सजिलै प्रयोग गर्न सक्ने । भद्र हुन्छन्, केहिको बिरोध नगर्ने ।

जनता सामु चेतना फैलाउने कुरा सकारात्मक रुपमा नै लिनु पर्छ । तर आजकाल (केही पत्रकारबाट) जुन सैलिमा लेखिदै गएको छ, एकतर्फी रुपमा, अर्धचेतना मा या भनौ अचेतनामा, सामान्य बैज्ञानिक या ध्रुवसत्य कुराको पनि हेक्का नराखी । यसले पक्कै डाक्टर प्रति समाजले हेर्ने दृस्ठिकोण लाई प्रत्यक्ष असर पर्छ । लेखपढ गर्न नजान्नेलाई केही फरक नपर्ला । अलि अलि लेखपढ गर्न जान्नेलाई, डाक्टर प्रती अविश्वास बढ्ने र हेर्नेदृस्ठिकोण फरक हुन जान्छ । तर जो सिक्षित छन, जानेबुझेका छन, तिनीहरुमा भने उल्टै पत्रकार प्रति अविश्वास बढ्ने र पत्रकार प्रति हेर्ने दृस्ठिकोण फरक हुन जाने निश्चित छ । त्यसैले सस्तो लोकप्रियताको लागि पत्रकारिता पेशाकै गलत ब्याख्या हुने देखिन्छ । यदि यसरि नै चिकित्सा क्षेत्र प्रतिशोध साध्न, लोकप्रियता कमाउन मात्र प्रयोग हुँदै गयो भने, सर्बसाधरणको मानसिकता, चिकित्सकको आत्मसम्मानमा प्रत्यक्ष असर पर्छ साथसाथै पत्रकारको बिश्वास र पत्रकारिताको गम्भीरतामा अप्रत्यक्ष रुमपा भएपनि असर पुग्ने देखिन्छ । यसमा सबै पत्रकार सजक हुन जरुरी छ ।

आगामी दिनहरूमा यस्ता घटनाहरू रोक्न डाक्टर र पत्रकारको समन्वय जरुरी छ । सम्पुर्ण नागरिकहरु सहि सूचना पाउने अधिकारबाट बन्चित नहुन भन्ने कुरालाई ध्यानमा राखि,  चिकित्सा सम्बन्धि केहि समाचार लेख्न या छाप्न अगाडि कोहि चिकित्सक संग परामर्श गरेर, यथार्थ बुझेर मात्र जनतासामु सत्यतथ्य समाचार पुर्याउनु आवस्यक छ । जसले गरेर आगामी दिनहरूमा गतल बुझाईलाई कम गर्दै, डाक्टर-बिरामी सम्बन्धमा पनि सुधार गराउन मद्दत पुग्नेछ । ।

Tuesday, September 27, 2016

दोषी समाजका निर्दोष डाक्टर !!


wifi on गरेर facebook खोल्ने बित्तिकै news feed मा आयो चरिकोटको घटना । पढे । सार्‍है दुख लाग्यो, डाक्टरको जिन्दगी देखी । जहाँ प्रशासनको अगाडि दिनरात बिरामीको सेवामा खटेका डाक्टरलाई कुकुर सरह व्यबहार गरिन्छ । भिडियो हेरे, त्यहा उच्चारण भएका हरेक शब्दले मनमा गएर घोचे । बिरामीको मृत्यु भयो, त्यसमा म दुखी छु । शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति दिउन भनेर भगवान संग प्राथना गर्दछु । अन्तिम वाक्य "मेरो छोरालाई त मार्नु भयो, अरुको छोराछोरिलाई नमार्नु" गएर कानमा ठोक्किन साथ मनमा अमिलो पस्यो । मैले बुझे अनुसार बिस्कुट खाएर aspiration भयो, cyanosis देखियो अनि बच्चाको मृत्यु भयो ।  ल अब भन्नुस्, बिस्कुट नै मृत्युको कारण थियो भने, यसमा डाक्टरको के दोष ? त्यो समाचारको तल लेखिएका कमेन्ट पढे । बिचारा नेपालि जनता, कति अबुझ छन् । बिनाकारण निर्दोष डाक्टरलाई गाली गर्दैछन्, फाँसी सम्म्को कारबाहीको माग गर्दै । हरेक नागरिकले यो बुझ्न जरुरी छ कि, कुनै डाक्टरले जानिजानी बिरामी मार्दैन । डाक्टर मानिस हो, भगवान हैन । मानिस भएर गल्ती हुँदै हुदैन भन्ने हुदैन । केहिलेकाही सानोतिनो गल्ती भइरहेको हुन्छ । तर चरिकोटको घटनामा डाक्टरको दोष केलाउदा पनि भेट्टाउन गाह्रो पर्छ । गल्ती नै भए पनि, forensic report र छानबिन समितिले गल्ती औल्याउथ्यो, त्यसपछिका कानुनी प्रक्रिया थिए, त्यसको बाटो रोज्न सकिन्थ्यो । तर आक्रोशित भिड नियन्त्रण गर्न, प्रशासनले निर्दोष डाक्टरको या भनौं सम्पुर्ण चिकित्सा पेशाको खिल्ली उडाउदै आत्मसम्मानमा चोट पुग्न दिन हुने थिएन ।

त्यही समाचारको तल आर्को समाचार थियो, "धादिङमा जिप दुर्घटना, २०को मृत्यु, ११जना घाइते" । समाचार पढे, त्यो लिन्कमा लेखिएका कमेन्ट पढे । सहानुभूति दिने खालका, अत्यन्त मार्मिक कमेन्टहरु थिए । त्यसमा ड्राइभर या यातायात व्यावसायीको पो गल्ती थियो कि, कसैले मुख खोलेको देखिएन । र सोचे अब भोलिको समाचार यस्तो पनि हुनसक्छ, "धादिङमा भएको जिप दुर्घटनामा भएका गम्भीर घाइतेको उपचारका क्रममा डाक्टरको लापरबाहीका कारण मृत्यु "

दुबैमा मानिसको ज्यान गएको छ । मृत्युबरण गर्ने को संख्या फरक छ । एउटा बचाउन खोज्दा खोज्दै नसकेको र अर्को जे सुकै होला, ड्राइभरको गल्ती, खराब मौसम, जोखिम बाटो । आक्रोश त दुबै तिर पोख्न पर्ने नि सर्बसाधरणले, तर सधै दोष डाक्टरको मात्र औल्याइन्छ । किनभने यातायात व्यावसायिको संघ बलियो छ । कसैले औला उठाउन सक्दैन ।

धादिङको घटनाको कारण र सत्यता के होला आफ्नो ठाउमा छ, तर चरिकोटमा डाक्टरलाई बिना गल्ती अमानविक ढंगले, जबर्जस्ती सार्वजनिक माफी माग्न लगाई, भिडियो भाइरल बनाए जस्तै जबर्जस्ति यात्रु कोचेर, सिन्डिकेटलाई अंगालोमा राखेर धेरै दुर्घटना निम्त्याउने यातायात व्यावसायिलाई त्यसरी नै सार्वजनिक माफी माग्न लगाउन आवाज उठाउने कोहि सर्वसाधारण छ ? छैन । किनभने बलियो छ त्यो संगठन । गुन्डागर्दी गर्ने, दादागिरी चल्ने । तर डाक्टरहरुको संगठन लुते छ । आफ्नो सदस्यलाई पनि उचित सुरक्षा दिन नसक्ने । धेरै पढेलेखेका, शान्त स्वभावका, आवाज नउठाउने, बोल्न डराउने , कसैको कुभलो नचिताउने, धेरै सोझा । त्यसैले त समाजले हेप्न खोज्छ । सोझा देखेर नै दोष सबै डाक्टर माथी नै थुपार्न खोज्छ ।

कहिलेसम्म यस्तो ? के हामी साच्चै कमजोर हौ त ? गल्ती नहुदा पनि सधै गल्ती स्विकार्नौ पर्ने हो ? दिनरात तिनैको लागि काम गर्दा, सधै तिनैबाट गाली बैज्येती खपिरहनु पर्ने हो ? सधै हेपिएरै बस्नु पर्ने हो ? सधै दबिएदै बस्नु पर्ने हो ? आखिर कहिलेसम्म ??

Monday, August 29, 2016

आरक्षण हटाऔ अब ।।


काशीमा गइ पढेर, ज्ञान पाएको थिए ।
जातले दिएको भन्दै ,जनै लाएको थिए ।।
मैले दुख गरेको,अरुले देख्न सकेनन् ।
रिस मात्र गरे,पढ्न र लेख्न सकेनन् ।।
देशको ठुला पोस्टहरु,मैले नै खाएको ।
अघि नबढ भन्दै,तारबार मैले नै लाएको ।।
समाबेशी देश बन्यो,कोटा पनि छाडिदिए ।
सक्षम अगाडि आउने,चलन पनि भाडिदिए ।।
पन्ध्र बर्ष उद्दार गरे, केही गर्छौ कि भनी ।
उच्च ठाउमा पुग्न, अघि सर्छौ कि भनी ।
अघि आउन सकेनौ,मेरो के गल्ती थियो ।
सधै कोटा बाढ्नलाई, कत्रो पो खल्ती थियो ।।
असक्षमले देश बिग्रेको,तिम्ले पनि बुझेका छौ ।
रास्ट्र घाती यो निर्णय,तिम्ले मात्र पुजेका छौ ।।
कि क्षमता नै छैन भन,हैन भने गरेर देखाउ ।
खुल्ला प्रतिस्पर्धा गरै,मेरिटमा परेर देखाउ ।।
ब्यक्तिगत स्वार्थ त्यागी, देशको भलो गरौं ।
अमेरिका जस्तो,विकसित देशको फलो गरौं ।।
कोटावाला हैन, सक्षमलाई खटाऔ अब ।
क्षमताको कदर गरौं,आरक्षण हटाऔ अब ।।

Saturday, May 28, 2016

भाषा फरक हुँदा !!

मेडिकल लाईफको पहिलो दिन, viva मा एउटा प्रश्न सोधिएको थियो, define drug भनेर । physical apperanceमा, सेतो सुकिलो apron भिरेर medico जस्तो देखिएपनी, मानसिक रुपमा medico जस्तो भैसकेको थिइन सायद । त्यसैले त drug लाई define गरे, आफ्नै भाषामा, त्यो पनि, प्रश्न सोध्दा मौन बस्न हुदैन भन्ने सीनियरको सल्लाहको अनुसरण गर्दै, "drug are the illegal chemical substance that devlop dependence and become habitual to person, hence make him/her addict". यो कुनै standard defination थिएन न कुनै कहि पढेको या देखेको defination । थियो त केबल vivaको pressureमा निस्किएको non-medicoको सोचाईमा रहेको आफ्नै भाषाको defination ।

त्यतिबेला त्यो उत्तर निस्किनु स्वोभाबिक थियो सायद । नेपाली समाजमा हुर्केको थिए । drug भन्ने नाम, कहिलेकाही पत्रपत्रिका र टेलिभिजनमा मात्र देखेको र सुनेको थिए, त्यो पनि अबैध drug संगको समाचारको प्रसङ्ग जोडेर । न त त्यतिबेला सम्म मैले KD Tripathi को टेक्स्ट्बुकको पहिलो पाना नै पल्ट्याउन भ्याएको थिए । न WHOको siteमा drug को article पढ्न भ्याएको थिए । न कसैले पढाएको थियो । न कसैले सिकाएको ।

मेरो मुखबाट त्यो उत्तर निस्कन साथ परिवेश हासोमय बनेको थियो र म हासोको पात्र । त्यहा भएका सबै हासेका थिए, म बाहेक । कोहि मेरो त्यो उत्तर सुनेर हासेका थिए त कोहि अरु हासेको देखेर, त्यही हासो संगै आफ्नो हासोको लय मिलाउदै हासेका, कुरा नबुझी । हासो रोक्किए संगै उताबाट बोली फुट्यो, "you made whole medical field illigal." फेरि हास्न थाले, म बाहेक सबै । अरुको गाला तन्किएर बत्तिस ओटा दात देखिने बेला हुदा, मेरा गाला राता, कान ताता, ओठ सुख्खा भैसकेको थियो र बोली मौन । निशब्द ।

हतार हतार गएर किताब पल्टाए, defination रटे, जिन्दगिमै नबिर्सिने गरि । त्यो defination याद गरे संगै, मानसिक रुपमै medico जस्तो बने । त्यही defination बाट सुरु भयो मेरो मेडिकल लाइफको यात्रा । नयाँ नयाँ शब्दहरू सिक्दै, medical term हरु संग खेल्दै, रमाउदै गए । कुनै नया term आउथे, कुनै पुरानै शब्द भएपनि त्यसको अर्थ परिमार्जन गर्नुपर्ने हुन्थ्यो, र गर्थे । किनभने भाषा फरक थियो ।

घडीको सुइ घुमे संगै समय बितिरहदा, म पनि त्यहिको परिवेश संग रम्दै रमाउदै गए । त्यहिको भाषा सिक्दै गए, केहि नयाँ, त केहि पुरानै शव्द, अर्थ फरक लाएर । physically र mentally, medico बन्दै । त्यसले त साधारण रुपमा बोल्दा पनि एक दुई वटा medical term घुस्ने गर्थे sub-consiously नै । त्यस्ता शव्द प्रयोग गर्दा कहिले राम्रै सुनिन्थ्यो त कहिले समस्यामा पार्थ्यो ।

 ब्यक्तिगत कामले कोहि छिमेकीको घरमा जादा, डाक्टरलाई नै क्लिनिकमा देखाए जसरी, आफ्ना समस्या सुनाइयो, सुने । पहिल्यै hospital गएर देखाइसकेको रहेछ ।
"औसधि के कस्तो दिए, ठिक छ कि छैन हेर्देउ त बाबू" भन्दै औसधिको पोको थमाइयो ।
"त्यत्रो ठूलो, धेरै पढेको डाक्टरले दिएको औसधि पक्कै गलत त छैन होला । म सिक्दै गरेको विद्यार्थीले त्यस्तो के नै जानेको हुन्छु र ?" मैले भने ।
"तैपनि के कस्तो हो एकचोटि हेर्देउ न" भन्नुभयो ।
त्यति भनिसके पछि, यत्रो बर्ष पढेर पनि केही जान्दो रहेनछ भनेर कुरा काट्ने बाटो नराख्न भनेपनी केही बोल्नु पर्ने भयो ।
समाएको औसधिको पोको बाट एक एक गर्दै औसधि निकाले र भने, "यो ठिक, यो बेठिक भनेर त म भन्दिनँ, तर के के काम गर्छ चाहिँ भन्न सक्छु" भन्दै औसधिको trade name मा आँखा नलगी तल सानो मसिनो अक्षरमा लेखिएको generic name पढेर औसधिको class, uses, बुझ्ने सम्मको mechanism र side effect बताइदिए ।
त्यही भन्ने क्रममा, बिर्सिसकेको रहेछु कि non-medico संग बोलिरहेको छु । त्यसैले त sub-consiously एउटा शब्द निस्केको रहेछ "drug", औसधिको medical term । त्यो शब्द निस्किन साथ आँखा ठुल्ठुला बनाएर हेर्नुभयो । मैले सबै भनिसकेपछि सोध्नुभयो, "बाबु यो ड्रग नै हो त?"
"हो" भनिदिए ।
"राम्रो डाक्टरलाई देखाएर, राम्रो औसधि दिएर पठाएको होला भनेको ड्रग दिएर पठाएको रहेछ, त्यही भएर त यस्तो उस्तो भएको रहेछ" भन्दै, केही त्यही drugको side effect र केही drugको नाम सुनेर phychological habituation जस्ता symptoms हरु सुनाउनु भयो । अनि बल्ल मैले सम्झिए आफ्नो medical life को पहिलो दिन । त्यही सोचबाट गुज्रिएको थिए, त्यस्तै मानसिकता, उहीँ बिचार । त्यसैले बुझाउन पर्छ भन्ने आफ्नो कर्तव्य सम्झेर "ठिकै छ यो औसधि, यसको लागि यहि औसधि नै हो । सबै औसधि लाई हामिले drug भन्छौं, त्यसैले drug भन्ने शब्द निस्केको हो" भनेर । तर, drug को WHO को defination सुनाउने कुरा आउथेन । त्यसैले " सबै औसधि नियमित रुपमा खानु, ठिक हुन्छ" भन्दै बिदा भए ।
drugको नाम सुनेर तर्सिएको थियो अनुहार । सायद त्यो दिन निन्द्रा परेन होला उहालाई । dependance भएको जस्तो भएको थियो होला मानसिक रुपमा पनि। डाक्टरलाई पनि गाली गर्दै हुनुन्थ्यो होला, मनमनै । त्यसपछि त्यो औसधि खानुभयो या छोड्नु भयो थाहा भएन । उहाले केही भन्नुभएन, म सोध्दै गइन ।

एकदिन एउटा टाढिन खोजेको नजिकको non-medico साथी संग हिडिरहेको थिए । केही समय अगाडिबाट टाउको दुखेको थियो । नजिकैको pharmacy छिरेर, NSAIDs किने ।
"किन गएको त्यहाँ?" उसले सोध्यो ।
"drug लिनु थियो एउटा" मैले भने ।
drugको नाम सुन्नासाथ मलाई खाउला झै हेर्‍यो र म बाट अल्लि टाढा गएर तर्किएर सोध्यो, "ड्रग लिन्छौं ?"
त्यति भनिसकेको पछि मैले उसले के बुझ्यो भन्ने कुरा बुझिसकेको थिए, आफ्नो medical lifeको पहिलो दिन सम्झिए, तर उसलाई drugको परिभाषा बुझाउन मन लागेन, त्यसले सिधै रुपमा नबुझेझै गरि उत्तर दिए, " अ ! टाउको दुखिराखेको थियो, त्यसले।"
ड्रग भन्ने शब्द मेरो लागि नौलो थिएन, मेरो लागि ठूलो थिएन, मेरो लागि गलत थिएन, मेरो लागि गलत अर्थ बोकेको थिएन । तर त्यही शब्द त्यो साथिको लागि ठूलो लाग्यो, गलत अर्थ बोकेको लाग्यो । त्यसैले त्यो साथी गएर अरु साथी लाई सुनाउन भ्याईसकेको रहेछ, "त्यो त डाक्टर पढ्न गएको, बिग्रेर drug लिने भैसकेको रहेछ" भन्दै । पछि नजिकै रहन खिजेको नजिकैको साथिले सुनायो ।
आफ्नो भाषामा म सहि थिए, बुझ्ने ले गलत बुझ्यो। अझ भनौ समाजले गलत बुझ्यो । सामाजिक भाषाले गलत बुझ्यो । टाउको दुखेर NSAIDs मात्र त लिएको थिए, भन्दै drug को defination र त्यो औसधिको बारेमा उसलाई बुझाए, असल मित्र थिएन सायद, बुझाउदा पनि बुझेन, भनेको पनि पत्त्याएन । बिश्वास पनि गरेन । सायद उ सोचाइको सानो थियो, या सानो सोच भएको समाजमा हुर्केको । नबुझ्ने या बुझ्न नचाहने । बुझाएर नबुझेपछी, अब बुझाउनुको औचित्य रहेन । अफु आफ्नो ठाउमा सहि छु । बुझ्ने ले जे सुकै बुझुन भनेर त्यसको कुरालाई defence गर्न भन्दा ignore गर्नु सहि सम्झिए । ignore गरे ।

हो ! यस्तै समाजमा बोलिचालीको शब्द र हामिले प्रयोग गर्ने शब्दमा अन्तर आउदा, कहिलेकाही निकै समस्या पर्ने गर्छ । drug, tonsil, ulcer, gastric, आदि जस्ता धेरै शब्द प्रयोगमा medico र non-medico ले छुट्टाछुट्टै बुझ्छन् । यहि शब्द प्रयोगमा अन्तर आएर, साना देखि ठुलै समस्या दैनिक रुपमा भोग्नु परेको हुन्छ । हो ! यसको बुझाई फरक छ। यसको अर्थ फरक छ । यसको भाषा फरक छ ।


अन्ततः यस घटना तथा घटनाका पात्रहरु काल्पनिक हुन् । कसैको वास्तविक जीवन संग मेल खान गएमा संयोग मात्र हुनेछ ।

स्वास्थ खबरमा छापिएको Date: 28/12/2016

Thursday, May 19, 2016

गौरव आचार्य !!


गौरव आचार्य,
आचार्य, अचार्य, अचारे,
हो त, नाम मै रैछ अचार,
अचार त सबैतिर मिल्ने,
जताततै अटाउन सक्ने,
हरेक ठाउमा समेटिन सक्ने,
सबैलाई स्वाद दिने खालको हुनुपर्छ ।
तर यो नामको मात्र अचार छ,
अचारको बिशेषता छैन यसमा,
हो! यो अचार मीठो छैन,
बेस्वादिलो छ, फिक्का ।
तागत नदिने छ, अल्नो ।
एकदम अत्याउने छ, पिरो ।
च्वास्स पार्ने छ, अमिलो ।
पचाउन नसकिने छ, तितो ।
कताकता नमिलेको,
खै के मिसाउन छुटेको,
या खै के धेरै हालेको ।
पकाउदा पकाउदा डढेको,
या कताकती काचै रहेको ।
हो ! यो अचार स्वादिलो छैन ।
यो अचार चाख्न पनि सकिन्न ।
अनुहार बिगृन्छ, कोक्याएर ।
मुख बटारिन्छ, तितो भएर ।
जिब्रो पड्किन्छ, अमिलो भएर ।
आँसु चुहिन्छ, पिरो भएर ।
तैपनि यो अचार आफू स्वादिलो सम्झन्छ,
आफुमा सबै कुरा ठिक्क छ सम्झन्छ ।
त्यसैले त राम्रो कुरा भन्दा, मुन्टो बटार्छ ।
अर्ति दिदा, फुर्ती लाउछ ।
सम्झाउन खोज्दा, झर्किन्छ ।
राम्रो काम गर भन्दा, तर्किन्छ ।
नराम्रो काम नगर भन्दा, कर्किन्छ ।
म नुन थपिदिन खोज्छु, नुनिलो बनाउन ।
म पखालिदिन खोज्छु, पिरो हटाउन ।
म कागती हान्न खोज्छु, तितो कटाउन ।
तर यो नामको मात्र अचार ।
तितो नै ठिक मान्छ ।
पिरो नै जाती ठान्छ ।
अल्नो नै बेस मान्छ ।
कमसेकम आफ्नो बानी सुधार्न भन्दा ।
हो ! यो अचार फिक्का छ,
बेस्वादिलो छ ।
नामको मात्र अचार,
अचार, अचारे, आचारे, आचार्य,
गौरब आचार्य ।।

अन्ततः कसैको बास्तबिक जीवन संग मेल खान गएमा, संयोग मात्र हुनेछ ।।