Search This Blog

Thursday, May 29, 2014

अब त uni पो आउन लाग्यो ।।

बसन्त ले पनि बिदा माग्न लाग्यो
हरियाली छायो, रमाइलो समय त कटायो।
आब फेरि august नजिकिदै आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।

सुनसान नै हुन थल्यो चिसापानी
बर्खा को झरी पनि सुरु हुन थाल्यो ।
अब फेरि भिजेको माटो को गन्ध आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।।

खेल मैदान त सुनसान नै भयो
बाटो गोरेटो पनि रित्तिन थाले ।
अब फेरि library मा भिड देखेदै आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।।

हसिला आनुहार अल्लि ओझेलिन थाले
निरासिएका पुस्तक फेरि खोलिने भए ।
अब फेरि सबैका मुखमा पढाईकै गफ आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।।