Search This Blog

Tuesday, September 15, 2015

धागो चुट्दा, दाजु भाइ फुट्दा ।।

थुंगा थुंगा फुल मिलेर बनेको नेपाली माला, 
धागो चुट्दा, दाजु भाइ फुट्दा, बिरक्त लाग्दै छ । 

मधेसीले पहाड काठमाडौ मात्र हो सोच्छन् क्यां,
त्यसैले त कर्णाली नसोची, बिरोधि भावना जाग्दै छ । 

नेपाली भएर सोच्दा त मिलेर बसिन्छ नि, 
पहाडी, मधेसी भै सोच्दा, आगो झन् राक्दै छ । 

 यस्तो परिस्थिति त मिलेर सामना गर्नु पर्ने, 
नेताको स्वार्थले, बिदेशी हस्तक्षेपको सिमा नाग्दै छ । 

स्वार्थ त्यागेर, नेपाली भै बार्तामा समाधान छ, 
एक अर्का लाई दोष लाउदा, घाउ झन् पाक्दै छ। 

देश भित्रको कुरामा छिमेकीको सरणमा पुग्छन्, 
स्वाभिमान नेपालको स्वाभिमानित्व भाग्दै छ। 

 घरमा झगडा भयो त मिलाउने घरमै त हो,
बाउ काट्न, छोराले नै छिमिकी डाक्दै छ । 

 पीडित मधेसी भन्दा, पहाडी, हिमालि बढी छन्, 
स्वार्थि भै, सद्भाव भड्कने बोली त्यही नेता वाक्दै छ । 

जन्मे देखी, मरुन्जेल कोटा पाएर पुगेन रे, 
अधिकार खोस्नेले झन् यहाँ अधिकार माग्दै छ । 

थुंगा थुंगा फुल मिलेर बनेको नेपाली माला, 
धागो चुट्दा, दाजु भाइ फुट्दा, बिरक्त लाग्दै छ ।