Search This Blog

Friday, September 30, 2016

पत्रकारिता र चिकित्सा पेशा !!



नेपाल अरु क्षेत्रमा बिकास हुन नसके पनि संचार माध्यमको क्षेत्रमा भने केही हदसम्म बिकास भएको छ । आजकाल प्राय सबै मानिसको हातमा मोबाइल हुन्छ । पढेलेखेका सबैजसोको फेसबुक एकाउन्ट छ । प्राय सबैले फेसबुक या टुइटर चलाउछ्न् । देश-बिदेशका हरेक कुना कुनामा भएका गतिविधि एकैछिनमा थाहा पाउन सकिन्छ, सोसल मिडियाबाटै । यो पनि बिकासको एउटा उदाहरण हो, यसलाई सकारात्मक रुपमा लिनु पर्छ । यसमा प्रमुख भुमिका अन्लाईन मिडिया र दिनरात खटिएका पत्रकारको हुन्छ । यसका लागि अनलाइन मिडिया र पत्रकार धन्यवादका पात्र हुन् ।

च्याउ जसरी उम्रेका केही अनलाइन मिडियाहरुले (सबै अनलाइन मिडिया नभनौ) सहि सन्देश आदानप्रदान गर्ने साथसाथै किहि कुराको गतल ब्याख्या गर्दै सर्बसाधारण सामु भ्रम फैलाउने काम गरेका छन् । सस्तो लोकप्रियताको लागि चिकित्सा पेशाको प्रयोग पनि उत्तिकै भइरहेको छ । दुई ढंगले चिकित्सा पेशा प्रयोग हुँदै आएको छ । पहिलो, कुनै रोगका बारेमा या चेतनामूलक संदेश देने आशयले लेखिएका लेख । जुन अहिलेको आवस्यकता हो । र दोस्रो, चिकित्सक बाट भएका असफलताको गलत ब्याख्या । पत्रकारको हतियार कलम हो भन्नेमा कसैको दुई मत छैन । तर आजकाल त्यो कलम सच्चिकै हतियार बनेर, चिकित्सकहरु माथी नै प्रहार हुँदै आएको छ । गहिराइमा नबुझी, एकपक्षीय ढंगले, सत्यतालाई ढाकछोप गरेर, सानो गल्तीलाई बढाइचढाइ गरेर लेखिने गरेको छ । दुइचार लाइक बटुल्न र दुइचार फलोअर्स बढाउन गलत सन्देश दिदै "डाक्टरको चरम लापरबाही" शिर्षक राखेर सबैको ध्यान खिच्ने गरेको सबैलाई थाहा नै छ । चिकित्सा क्षेत्र अतिआवस्यक, संबेदनसिल छ, त्यसैले त लोकप्रियता बटुल्न पनि सजिलो छ । र साथसाथै चिकित्सक सोझा हुन्छन्, जो कोहि ले पनि सजिलै प्रयोग गर्न सक्ने । भद्र हुन्छन्, केहिको बिरोध नगर्ने ।

जनता सामु चेतना फैलाउने कुरा सकारात्मक रुपमा नै लिनु पर्छ । तर आजकाल (केही पत्रकारबाट) जुन सैलिमा लेखिदै गएको छ, एकतर्फी रुपमा, अर्धचेतना मा या भनौ अचेतनामा, सामान्य बैज्ञानिक या ध्रुवसत्य कुराको पनि हेक्का नराखी । यसले पक्कै डाक्टर प्रति समाजले हेर्ने दृस्ठिकोण लाई प्रत्यक्ष असर पर्छ । लेखपढ गर्न नजान्नेलाई केही फरक नपर्ला । अलि अलि लेखपढ गर्न जान्नेलाई, डाक्टर प्रती अविश्वास बढ्ने र हेर्नेदृस्ठिकोण फरक हुन जान्छ । तर जो सिक्षित छन, जानेबुझेका छन, तिनीहरुमा भने उल्टै पत्रकार प्रति अविश्वास बढ्ने र पत्रकार प्रति हेर्ने दृस्ठिकोण फरक हुन जाने निश्चित छ । त्यसैले सस्तो लोकप्रियताको लागि पत्रकारिता पेशाकै गलत ब्याख्या हुने देखिन्छ । यदि यसरि नै चिकित्सा क्षेत्र प्रतिशोध साध्न, लोकप्रियता कमाउन मात्र प्रयोग हुँदै गयो भने, सर्बसाधरणको मानसिकता, चिकित्सकको आत्मसम्मानमा प्रत्यक्ष असर पर्छ साथसाथै पत्रकारको बिश्वास र पत्रकारिताको गम्भीरतामा अप्रत्यक्ष रुमपा भएपनि असर पुग्ने देखिन्छ । यसमा सबै पत्रकार सजक हुन जरुरी छ ।

आगामी दिनहरूमा यस्ता घटनाहरू रोक्न डाक्टर र पत्रकारको समन्वय जरुरी छ । सम्पुर्ण नागरिकहरु सहि सूचना पाउने अधिकारबाट बन्चित नहुन भन्ने कुरालाई ध्यानमा राखि,  चिकित्सा सम्बन्धि केहि समाचार लेख्न या छाप्न अगाडि कोहि चिकित्सक संग परामर्श गरेर, यथार्थ बुझेर मात्र जनतासामु सत्यतथ्य समाचार पुर्याउनु आवस्यक छ । जसले गरेर आगामी दिनहरूमा गतल बुझाईलाई कम गर्दै, डाक्टर-बिरामी सम्बन्धमा पनि सुधार गराउन मद्दत पुग्नेछ । ।

Tuesday, September 27, 2016

दोषी समाजका निर्दोष डाक्टर !!


wifi on गरेर facebook खोल्ने बित्तिकै news feed मा आयो चरिकोटको घटना । पढे । सार्‍है दुख लाग्यो, डाक्टरको जिन्दगी देखी । जहाँ प्रशासनको अगाडि दिनरात बिरामीको सेवामा खटेका डाक्टरलाई कुकुर सरह व्यबहार गरिन्छ । भिडियो हेरे, त्यहा उच्चारण भएका हरेक शब्दले मनमा गएर घोचे । बिरामीको मृत्यु भयो, त्यसमा म दुखी छु । शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति दिउन भनेर भगवान संग प्राथना गर्दछु । अन्तिम वाक्य "मेरो छोरालाई त मार्नु भयो, अरुको छोराछोरिलाई नमार्नु" गएर कानमा ठोक्किन साथ मनमा अमिलो पस्यो । मैले बुझे अनुसार बिस्कुट खाएर aspiration भयो, cyanosis देखियो अनि बच्चाको मृत्यु भयो ।  ल अब भन्नुस्, बिस्कुट नै मृत्युको कारण थियो भने, यसमा डाक्टरको के दोष ? त्यो समाचारको तल लेखिएका कमेन्ट पढे । बिचारा नेपालि जनता, कति अबुझ छन् । बिनाकारण निर्दोष डाक्टरलाई गाली गर्दैछन्, फाँसी सम्म्को कारबाहीको माग गर्दै । हरेक नागरिकले यो बुझ्न जरुरी छ कि, कुनै डाक्टरले जानिजानी बिरामी मार्दैन । डाक्टर मानिस हो, भगवान हैन । मानिस भएर गल्ती हुँदै हुदैन भन्ने हुदैन । केहिलेकाही सानोतिनो गल्ती भइरहेको हुन्छ । तर चरिकोटको घटनामा डाक्टरको दोष केलाउदा पनि भेट्टाउन गाह्रो पर्छ । गल्ती नै भए पनि, forensic report र छानबिन समितिले गल्ती औल्याउथ्यो, त्यसपछिका कानुनी प्रक्रिया थिए, त्यसको बाटो रोज्न सकिन्थ्यो । तर आक्रोशित भिड नियन्त्रण गर्न, प्रशासनले निर्दोष डाक्टरको या भनौं सम्पुर्ण चिकित्सा पेशाको खिल्ली उडाउदै आत्मसम्मानमा चोट पुग्न दिन हुने थिएन ।

त्यही समाचारको तल आर्को समाचार थियो, "धादिङमा जिप दुर्घटना, २०को मृत्यु, ११जना घाइते" । समाचार पढे, त्यो लिन्कमा लेखिएका कमेन्ट पढे । सहानुभूति दिने खालका, अत्यन्त मार्मिक कमेन्टहरु थिए । त्यसमा ड्राइभर या यातायात व्यावसायीको पो गल्ती थियो कि, कसैले मुख खोलेको देखिएन । र सोचे अब भोलिको समाचार यस्तो पनि हुनसक्छ, "धादिङमा भएको जिप दुर्घटनामा भएका गम्भीर घाइतेको उपचारका क्रममा डाक्टरको लापरबाहीका कारण मृत्यु "

दुबैमा मानिसको ज्यान गएको छ । मृत्युबरण गर्ने को संख्या फरक छ । एउटा बचाउन खोज्दा खोज्दै नसकेको र अर्को जे सुकै होला, ड्राइभरको गल्ती, खराब मौसम, जोखिम बाटो । आक्रोश त दुबै तिर पोख्न पर्ने नि सर्बसाधरणले, तर सधै दोष डाक्टरको मात्र औल्याइन्छ । किनभने यातायात व्यावसायिको संघ बलियो छ । कसैले औला उठाउन सक्दैन ।

धादिङको घटनाको कारण र सत्यता के होला आफ्नो ठाउमा छ, तर चरिकोटमा डाक्टरलाई बिना गल्ती अमानविक ढंगले, जबर्जस्ती सार्वजनिक माफी माग्न लगाई, भिडियो भाइरल बनाए जस्तै जबर्जस्ति यात्रु कोचेर, सिन्डिकेटलाई अंगालोमा राखेर धेरै दुर्घटना निम्त्याउने यातायात व्यावसायिलाई त्यसरी नै सार्वजनिक माफी माग्न लगाउन आवाज उठाउने कोहि सर्वसाधारण छ ? छैन । किनभने बलियो छ त्यो संगठन । गुन्डागर्दी गर्ने, दादागिरी चल्ने । तर डाक्टरहरुको संगठन लुते छ । आफ्नो सदस्यलाई पनि उचित सुरक्षा दिन नसक्ने । धेरै पढेलेखेका, शान्त स्वभावका, आवाज नउठाउने, बोल्न डराउने , कसैको कुभलो नचिताउने, धेरै सोझा । त्यसैले त समाजले हेप्न खोज्छ । सोझा देखेर नै दोष सबै डाक्टर माथी नै थुपार्न खोज्छ ।

कहिलेसम्म यस्तो ? के हामी साच्चै कमजोर हौ त ? गल्ती नहुदा पनि सधै गल्ती स्विकार्नौ पर्ने हो ? दिनरात तिनैको लागि काम गर्दा, सधै तिनैबाट गाली बैज्येती खपिरहनु पर्ने हो ? सधै हेपिएरै बस्नु पर्ने हो ? सधै दबिएदै बस्नु पर्ने हो ? आखिर कहिलेसम्म ??