Search This Blog

Saturday, October 8, 2016

डाक्टर ईन्टरनेट !!


केहि दिन अघि अनलाइन बसिरहदा एउटा म्यासेज आयो:

"यो टन्सिल काट्न भन्दा अगाडि घरमा के के गर्नुपर्छ ?" आफू बल्ल टन्सिलेक्टिमी को स्पेल्लिङ लेख्न सिक्दै गरेको मान्छेलाई एकदमै गाह्रो प्रश्न आयो ।

 "ओहो! टन्सिल नै काट्नु पर्ने भएको हो" आश्चर्य मान्दै सोधे ।

"अ! अब काट्नै पर्छ" हस्पिटलमा भर्ना गरेर भोलि नै अपरेसन हो कि जसरी जवाफ आयो ।

"टन्सिलेक्टोमी नै गर्नु पर्ने ? बिश्वास नलागेर फेरि सोधे ।

"हजुर! त्यस्तै के अपरेसन थियो । त्यही होला ।" टन्सिलेक्टोमी को अर्थ नबुझेको हो कि जसरी उत्तर आयो ।

"किन के भएको छ र? घाटी दुख्छ ? सास फेर्न आफ्ट्यारो हुन्छ? राती सुत्दा सुत्दै बिउझनु हुन्छ?" सर्प पनि नमरोस लठ्ठी पनि नभाचियोस भन्ने सोचेर, इज्जत जोगाउन भएपनि तातो पनि खानु, चिल्लो पिरो बार्नु यस्तै यस्तै भनेर कुरा टार्छु भन्ने सोचेर कुरा खोतल्न खोजे ।

"नाइँ! त्यस्तो केही हुदैन । तर, ऎनामा हेर्दा टन्सिन देखिन्छ ।" गहिरो प्रश्नको जवाफ हलका रुपमा आयो ।

"अनि त्यत्तिकैमा काट्नु पर्ने, कहाँ देखाउनु भएको ?" झर्को  मान्दै प्रश्न सोधे ।

"डाक्टरलाई त देखाएको छैन, अनलाइनमा हेरेको, अब काट्नै पर्छ भनेको छ । त्यहा भनेको जस्तै मासु पलाएको जस्तो छ, ऎनामा हेर्दा पनि मुखको पछाडी माथिबाट तल केही झुन्डिएको जस्तो देखिन्छ(सायद uvula भन्न खोजेको होला) । ह्या.. अब काट्दिन्छु । " आफैले नै काट्ने हो कि जसरी जोसिलो उत्तर आयो ।

"काट्न अगाडि के के गर्ने पनि त त्यही लेखेको होला । अनि काट्न पनि हस्पिटल किन आउन पर्‍यो ? अन्लाईन बाटै काट्ने ब्यवस्था छैन रैछ ?" भन्दै साथमा तीन वटा इमोजी  "😂😂😂" पठाएर अफलाइन भए ।

एकछिनमा त्यही सम्झिए, ईन्टरनेट, डाक्टर ईन्टरनेट, डाक्टर ईन्टरनेटले गरेको काउन्सिलिंङ र बिरामि संग भएको मिसअन्डर्स्टान्डिङ । फेरि सम्झिए, हासो उठ्यो । त्यही सम्झिदै  एउटा मुक्तक लेखे :
गूगलमा Symptomsहान्छन र बिग्रन्छ ।
Online बाटै उपचार छान्छन र बिग्रन्छ ।
आफै रोग Diagnoseगर्ने वरिष्ठे हरुले,
Internetलाई नै Doctorमान्छन र बिग्रन्छ ।।

No comments:

Post a Comment