हेर त, सबैले टोपी खोले तेरो अगाडी, मक्ख नपर, त्यो तलाइ दिएको सम्मान होइन
। हेर त डाक्टर भनौदा पनि तलाइ छडी हिड्यो । तलाइ तेहि छाडी हिंड्यो । ए
उठ न त, हेर त हुँदा हुदै तेरो खुट्टामा ट्याग लाग्यो। अब त तैले हेर्छस
भनेर तेरो अँखा पनि बन्द गर्दिए । ए, खोल न तेरो अँखा । किन खोल्दैनस ?
तलाइ हेर्न तेरा इस्ट्रमित्र आएका छन् । ए, उठ न हो, खोल अँखा । हेर न अब
त तलाइ अरुले नै उठाए । बरु त आफै उठ न, अरु लाई किन उठाउन लागाउ्छस्, त
आफै उठ, अरु लाई दुख नदे । हेर त, हुँदा हुँदा तलाइ कात्रो ओढाइदिए , यस्तो
जाडोमा नाय्नो ब्लान्केटं ओढ्नु पर्ने तर त जाबो एउटा पतलो सेतो कपडा
ओढाइदिए । उठ न, जा न्यानो कपडा ल्याएर ओढ् । अनि सुन त, तेरो बारिको बाँस
काट्दै छन् तेरो छिमेकी ले, उठ न, गएर किन हप्काउदैनस् ?? सबै सक्काइसके
तेरो बारीको बाँस । जा काट्न नदे आफ्नो बारी को हरियो बाँस । हेर त आब त
तलाई हरियो बाँस मा बधे । तेरो अगाडि तेरो तेत्रा इस्ट्रमित्र रोई राखेको
छन्, तर त किन मौन बनी, निर्दयी भै हेरिरहेको छस् ? उठ, नरुन भन, सम्झा
सबैलाई । हेर अब हिजो सम्म तेरैअगाडि आदर्श को कुरा गर्दै हिड्ने पन्डित,
आज तलाइ नै घाटमा पुर्याउनु पर्यो भन्दै सन्ख फुकिरको छ । हिजो सम्म आफ्नो
नजिक्को झै गर्ने छिमेकी, अज तलाई चडाएकेा हरियो बाँस बोक्न तछड मछाड गर्दै
छन् । येस्तो हुँदा हुँदै पनि त किन उठ्दैनस् ?? हेर त तेरो पछाडी सबै
दाउरा बोक्दै छन्, तलाइ पोल्न आइरहेका छन् । उठ न हो, उठ । त आझै उठेनस्
भने जलाउछन् तलाइ, उठ के उठ । उता तेरो आर्धाङगिनी लाई अरुले के के कुरा
सुनाइ रोहाइ रखेका छन् । तैले ल्येइदेको चुरा फुटाउने काम गरेको छन्, तैले
लगाइदिएको सिन्धुर पुछिदिदै छन् । तलाइ रीस उठेछैन ? जा न सबैलाई गाली गर ।
बिचरा तेरि स्वस्निलाइ रुहाइ रुहाइ तेस्तो गर्दै छन् । येस्तो हुदा पनि
तलाइ रिश उठेछैन? के रमिता हेर्दै बसेको छस्? उठ न उठ, अब त तलाइ चितामा
रखिसके, चाढै उठ। हेर त तेरो छोराहरु पनि यी समाजका मन्छे ले भाड्काएर तै
माथी जाइलागेका छन् । कति निर्दयी छोरा जन्मएको रहेछस्, तलाइ नै खरानी
बनाउन तेरै मुखमा आगो झोस्न पछि परेनन् । जबो समाजल्रे भनेको कुराको
लहैलहैमा लगेर तलाइ नै जलए । तेरि स्व्स्नीलाई यहां आउन दिएको भए पनि,
गहबाट बगिरह्र्को आसु ले पनि चितामा जलेको आगो निभ्थ्यो होला, तर आइन तेरि
स्वस्नी पनि देखिस्? अझै तलाइ रिस उठेन ? धिक्कार छ तलाइ, केही गर्न सकेनस्
त, अब केहि समयमा नै खरानी भएेर सकिन्छस् । अब तेरो केही अस्तित्व रहेन ।
क्षणमै सक्किन्छस् त । खरनी भएर सक्किन्छस् त । अब त्यो खरानी पनि बगाएर
फाल्छन् । अझै तेरो कुनै cell / कोष बाकिं छ भने आइज, कुनै बेला तेस्तो
बिज्ञानको आबिस्कार होला, जहाँ एउटा cell बाट मानिस को पुनर्जन्म गराउन
सकियोस् । आइज आजै समय छ आइज । तं आएनस्, अब तलाइ बगाए । कहिँ बाकी रहेनस्
त । अब दुई-चार दिन पत्र-पत्रीकामा तेरो आनुहर सहितको फोटो आउँछ समबेदना र
श्रद्धाञ्जलीका औपचारिकताले ढकढक्याउदै । अनि कोसैले सम्झिन्न तलाइ ।
सक्किस त । त्रेतो दौड-धुप गरिस जिबन भरी, आखिर्मा के पाइस् ? को रहेछ तेरो
आफ्नो भन्ने ? तेरै छोराले जलाए तलाइ, तेरि स्वास्नी पनि तलाइ बचाउन आइन ।
तलाइ सबैले बिर्सिए केही समयमै। देखिस् ? पहिल्लेनै उठ, अँखा खोल भन्दा
मनिनस् ।। अब क गर्छस? लोप भइस त । अब केही अस्तित्व छैन तेरो । कोसौले
चिन्दैन अब तलाइ ।।।
प्रसङ्ग : हिजो बेलुकी देखेको सपना, शब्दमा उतर्ने प्रायस गरेको छु । कसैको चित्त दुखाए माफी चाहन्न्छु ।।
प्रसङ्ग : हिजो बेलुकी देखेको सपना, शब्दमा उतर्ने प्रायस गरेको छु । कसैको चित्त दुखाए माफी चाहन्न्छु ।।