Search This Blog

Monday, April 11, 2016

गुच्चा भित्रका बुट्टा !!


विभिन्न रङ्गका,
विभिन्न बुट्टाका,
गुच्चा बजाउदै,
गुच्चा खेल्न जान्थे म,
गुच्चा जित्न जान्थे म,
गुच्चा बटुल्न जान्थे म ।
तर, गुच्चा खेल्न भन्दा,
जम्मा गर्न रमाइलो लाग्थ्यो ।
त्यो पनि थरिथरी रङ्गका ।
थरिथरी बुट्टाका ।
सिङ्गो गुच्चा भन्दा,
गुच्चा भित्रको बुट्टा,
अझै राम्रो लाग्थ्यो ।
त्यसैले त खेल्न भन्दा,
जम्मा गरेर बस्थे ।
त्यही बुट्टाले मन लोभ्भिएर
भित्रको मात्र निकाल्न चाहान्थे ।
फुटाले गुच्चा,
भित्रको बुट्टा भेटिन ।
फुटाउदा हराएको जस्तो लाग्यो,
अर्को फुटाले,
अझै भेटिएन ।
अर्को अर्को अर्को,
गर्दै सबै फुटाए,
तर सबै प्रयास बिफल भए,
त्यो बुट्टा कहिल्यै भेटिएन ।
तर उत्सुकता मेटिएन ।
र आज सम्म पनि सोच्छु,
आखिर भित्र के राखेको हुन्छ ?
पारी क्षितिजको इन्द्रेणी जस्तो ।
आकाशको त्यो जुन जस्तो ।
सधै देखिने,
आफू संगै भएको,
तर पाउन गाह्रो,
आफ्नै बनाउन गाह्रो ।
त्यो गुच्चा भित्रको बुट्टा ।


Sunday, April 10, 2016

पोखरा !!

ए ए भुइचालो आयो ।
हैन रहेछ, डुङ्गा आएको रहेछ ।
शान्त पानीलाई छचल्काउदै ।
पानी छचल्किदा, हिमालको आकृति हल्लेको थियो ।
हिमाल नै हल्लिएको जस्तो महसुस भएको थियो ।
बैशाख १२बाट मोबाईल vibrate गरेपनि तर्सिन्छु,
भुइचालोमा च्यापिएर मेरो पनि खुट्टा गएको थियो ।
अघि सम्म त झुक्किएको रहेछु,
हिमाल भन्दै निकैबेर तालमा हेरे ।
पानी हल्लिएर आकृति बिगृयो,
अनि बल्ल आँखा हिमालमा परे ।
भर्खर उदाएको घाम ठोक्किएको थियो,
राता राता गाला बनाउदै लजाएको थियो,
हालसालै भित्रीएकि नौलो बुहारी जस्तै ।
ब्याकग्राउण्ड उहीँ थियो, गाडा निलो,
हिमालको माथी, आकाशको ।
फेवा तालमा, पानीको ।
त्यसैले त छुट्याउन मुस्किल पर्थ्यो,
कुन हिमाल, कुन तालमा परेको आकृति भनेर,
पानी शान्त भै बसिन्जेल सम्म ।
डुङ्गाले पानी नछचल्काए सम्म ।
भुकम्पले ताल नहल्लाए सम्म ।
माछापुच्छ्रे थियो, सतर्क भै उभिएको,
पोखरामा आउने सबैलाई स्वागत गर्न,
नमस्ते गर्ने मुद्रामा ।
अन्नपूर्ण थियो, हात फिजाएर बसेको,
सबै पर्यटकलाई hug गर्न,
अंगालोमा बेर्ने मुद्रामा ।
माछापुच्छ्रे पुर्बेली समाजलाई स्वागत गर्थ्यो,
अन्नपूर्ण पश्चिमेलि समाजलाई ।
नमस्ते र अंकमाल गर्दै ।
स्वदेशी देखि बिदेशी,
बुढापाका देखि बयस्क,
सभ्य देखि असभ्य,
धार्मिक देखी मनोरञ्जनात्मक,
माछापुच्छ्रे दर्शन गर्ने देखि, अन्नपूर्ण अंगाल्ने,
हो ! प्राय सबै पर्यटकको भिड हुन्थ्यो ।
जमिन मुनि हिड्ने सेतिको बगर, पोखरामा ।
तालै तालको शहर, पोखरामा ।
हिमाली काखको नगर, पोखरामा ।



Saturday, April 9, 2016

टुबोर्ग Strong


आज अल्लि कडा नै लिए ।
concentrationको कडा हैन,
नामको मात्र कडा !
कडा भन्नले strong !
Tuborg Strong !
तर केबल 4-8% मात्र हुन्छ ।
उघृयो बिर्को, निस्किदै गरे पिढा हरु ।
हाल्दै गए ग्लासमा, उम्लदै गए गफ हरु ।
भरियो ग्लास, पोख्खिदै गए भावना हरु ।
snacksको प्लेट थिएन आज ।
cold drinks बिना नै सुरु गरे ।
भावना लाई dilutant बनाउन सोचे ।
गफ लाई नै सितन बनाउन रोजे ।
जति जति रक्सी चढाउदै थिए म,
त्यति त्यति मात चड्दै थियो मलाई ।
50mg/dl पुग्दा गफ मात्र फुरे,
euphoriaमा रम्दै थिए ।
100mg/dl पुग्दा बोली लड्बडाउन थाल्यो,
आत्मबल बढाएर जम्दै थिए ।
150mg/dl पुग्दा भावनाहरु बसमा थिएनन्,
निन्द्रा लाग्यो पनि भन्दै थिए ।
300mg/dl पुग्दा भावना उम्लिन पुगेछन्,
शारीरिक पिढा पनि कम हुँदै थिए ।
400mg/dl पुग्दा छोएको थाहा नपाउने भएको थिए,
coma मा नै पुग्दै थिए ।
यत्तिकैमा त्यही पल्टिए म,
बोतल लाई नै सिरानी मानेर ।
टेबललाई नै बिस्तारा ठानेर ।
रक्सी लाई नै सिरक भनेर ।
होश सबै गुमेको थियो ।
दिमाग पुरै घुमेको थियो ।
मातले मलाई चुमेको थियो ।
हो! आज quantityमा अल्लि बढेको थिए ।
हो ! यति धेरै खान हुन्न भनेर पनि पढेको थिए ।
हो ! बेहोशि भै म लढेको थिए ।
होस खुल्दा थाहा भयो,
ईमर्जेन्सी मा ल्याइपुर्‍याएका रहेछन् ।
हातमा vein खोलिएको थियो ।
नाकमा Ryle's tube जोडिएको थियो ।
standमा NS with 10%glucose थियो,
thiamine पनि त्यसैमा घोलेर राखिएको ।
fomepizole टेबलमै रैछ खोलेर राखिएको ।।

Wednesday, April 6, 2016

म लेख्छु किन ??


कापी खोल्दिन, मोबाइल खोल्छु ।
कलम समाउदिन, keyboard चलाउछु ।
सेतो पानामा हैन, स्क्रिनमा लेख्छु ।
आधुनिकताले मलाई पनि छोएको छ ।
बैज्ञानिक युगमा म पनि चल्न सिकेको छु ।
समय संगै म पनि अघि बढ्न सिकेको छु ।
तर, मोबाइलमा टाइप गरेकोमा,
आत्मियता पाउदिन,
आफ्नोपन पाउदिन ।
आफैले लेखेको जस्तो भान हुदैन ।
सायद, सबैका अक्षर उस्तै भएर होला ।
सबैले कपि गर्न सक्ने भएर होला ।
त्यसैले त अनुकुल मिले अनुसार,
कलम चलाउछु,
कापी खोल्छु,
कलम समाउछु,
दौडाउछु, सेतो क्यानभासमा,
अक्षर अक्षर मिलाई, शब्दलाई जन्म दिदै ।
लेख्न जाने पनि, नजाने पनि ।
राम्रो लेखे पनि, नराम्रो लेखे पनि ।
चित्त बुझे पनि, नबुझे पनि ।
हो! म कापिका लेखमा, आत्मीयता पाउछु ।
आफ्नो पन पाउछु ।
आफ्ना अक्षर नराम्रो भएपनी चित्तबुझ्दो हुन्छ ।
आफ्ना अक्षर देख्दा आफ्नै हुन् जस्तो लाग्छ ।
त्यसैले त म कलमले लेख्न रुचाउछु,
सायद, कलम धेरै पुरानो साथी भएर होला ।
७ बर्से भन्दा १७ बर्से सम्बन्ध प्यारो भएर होला ।
मलाई लेख्न सिकाएको पनि यसैले भएर होला ।
मोबाइलमा लेख्दै मेट्टाउन भन्दा,
कापिमा सोचेरै शब्द छान्न सहि लाग्छ ।
लेख एउटै भएपनि,
शब्द उहीँ भएपनि,
भाब त्यही भएपनी,
कलमले लेखेको उपयुक्त लाग्छ ।
कलमले लेखेकै गुणस्तरीय लाग्छ ।
कमसेकम मोबाइलमा टाइप गरेको भन्दा ।।

Tuesday, April 5, 2016

रिस भगाउने


अस्ति बाट म रिसाउन थालेको ।
हिजो रिस संग रिस उठ्यो,
आज रिस मार्न रिससंग झगडा पर्‍यो ।
ओइ रिस, किन उठ्दै छस् ?
सम्झाउन खोजे, अब नउठ भनी ।
गाली गरे, मेरो समय नलुट भनी ।
बिन्ती गरे, मेरो विरुद्धमा नजुट भनी ।
निर्जीव थियो, भनेको के मान्थ्यो ?
फिलिङ थियो, काबुमा बस्न के जान्थ्यो ?
म भाग्न खोज्थे, यसले आफै तिर तान्थ्यो ।
केही सीप लागेन मेरो,
रिस अझै भगेन मेरो ।
रिस मार्न एकान्तमा गए ।
सबैसंग टाढा भए ।
म संगसंगै रिस पनि गयो ।
मेरो पिछा नछाड्ने भयो ।
भेट्टिएनन् रिस मार्ने उपाय ।
रिस संग हार खाए ।
युद्धबिराम गर्न चाहे ।
मुर्खलाई उल्टै उस्काए जस्तो भयो ।
आफैलाई झन् जिस्काए जस्तो भयो ।
अन्त्यमा एउटा बिन्ती गरे,
सपनामा नआउ भनी,
सुत्न खोजे, एकछिन निन्द्रा परेन ।
निदाउन खोजे, आखा बन्द भएन ।
पछि रिस आफै हार मानेछ क्यारे,
निन्द्रा पर्‍यो, सुते म ।
आखा बन्द भयो, निदाए म ।
उठ्दा रिस बिर्सिसकेको रैछु ।
रिस भागी सकेको रैछ ।
हो ! म रिस मार्न सफल भए ।
रिस भगाउन सफल भए ।

Saturday, April 2, 2016

अब म्यासेज नगर ।।


सोचे ।
धेरै बेर सोचे ।
म सोची रहे ।
के म्यासेज आयो यो भनी ।
मलाई पठाएको म्यासेज हैन जस्तो लागेछ मनलाई ।
त्यसैले त कुरिरहे ।
सरि सरि झुक्किएर म्यासेज गएछ ।
अर्कैलाई पठाउन खोजेको तिम्लाई गएछ ।
keyboard को prediction on रैछ ।
auto reply भएको रैछ ।
हो यस्तै यस्तै म्यासेज को पर्खाइमा थिए म ।
तिम्रो म्यासेजको पर्खाइमा ।
पर्खिए ।
पर्खिदैछु तिम्रो म्यासेज ।
म्यासेज नगर्न भनेपछि मैले गर्न मिल्दैन ।
सायद,मानव जाति बुझ्ने मान्छे भएर होला,
मलाई पनि बुझ्न कर लाग्यो ।
शभ्यताले एउटा बाध बाध्यो आज,
उनलाई म्यासेज पठाउन को लागि ।
तिम्रो म्यासेज रोक्कियो, 
तर तिम्रो याद आइरख्यो ।
धडी भने घुमी राख्यो,
तर समय रोक्कियो ।
घडी निकैबेर घुमेपछी सोच्न कर लाग्यो ।
तैपनि जान्दाजान्दै एउटा मुर्खता गरे,
नगर भनिसकेपछि फेरि म्यासेज गरे,
हो ! शभ्य्ताको बाध फुट्यो ।
र आट गरेर replyलेख्न मन लाग्यो,
केबल लेख्न सके त,
"okay bye"

अफ्ट्यारो बिनाको लजाइ !!




जानेरै आखा छोप्न,
आँखा छोप्पियोस भनेर,
खुल्ला छाडेको कपाल ।
गाजल लगाउदा बिगृएको,
बिगारेर लगाएको गाजल,
सुन्दर ठुला आँखा,
myopic eye जस्तै,
तर चस्मा बिनाका ।
क्याड्बडिको स्वादका,
सुन्तलाका केस्रा जस्ता,
मोतिझै जस्तै टल्किएका,
रसिला ती ओठहरु ।
हिउँ जस्तै सेता,
एकदमै चिल्ला,
छुनै रहर लाग्ने,
कमला ती गाला हरु ।
एकोहोरो हेरिरहेको हुन्थे म,
ठिक तिम्रो अगाडि बसेर ।
अफ्ट्यारो मान्थ्यौ तिमिले,
लजाउथ्यौ तिमी ।
अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेरिरहन चाहान्थे म ।
हो एकोहोरो हेरिरहदा,
अल्लि अफ्ट्यारो मानेको झै गरि,
लजाउदै,
शिर झुकाउदै,
पछाडि फर्कन्थ्यौ तिमी ।
त्यही त म चाहान्थे,
लजाउ तिमी,
केबल लजाएको हेरिरहु म ।
त्यही लजाएको अनुहारमा माया लुकेको थियो,
त्यही सुन्दर आँखा भित्र मेरो तस्वीर थियो,
त्यही कपालमा मेरा हल्केलाका डाम थिए,
त्यही गालामा मेरो ओठका छाप थिए ।
हो! ती सबै कुरा पढ्न सक्थे म तिमी भित्र ।
सोच्थ्यौ होला तिमी,
पछाडि फर्कदा पनि किन मतलब छैन,
किन अफु तिर फर्कन भनेको छैन ।
हो ! म तिमिलाई अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेर्न चाहान्थे ।
जुन आज बल्ल मैले हेर्न पाएको थिए ।
अफ्ट्यारो बिनाको लजाइ ।
हो ! एकोहोरो हेरिरहेको हुन्थे म,
तिमिले पछाडि फर्केको,
तिमी लजाएको ।
तिमिलाई थाहा थिएन,
थाहा दिनु हुन्थेन,
नत्र त्यो लजाइ फेरि अफ्ट्यारो मा बदलिन्थ्यो ।
मेरा आँखा कहाँ थिए पनि हेक्का राखेनौ,
तिमिलाई ख्याल थिएन त्यो कुरा,
त्यसैले त लजाइ मात्र राख्यौ,
अफ्ट्यारो नमानी,
हो ! तिम्रो पछाडि ऎना थियो ।