Search This Blog

Monday, June 29, 2015

गर्मी

weather app खोले, upgrade गर्नु पर्ने भएको रहेछ । auto update मा राख्दा पनि update भएको रहेनछ । Google play store मा गएर update गरे । location माग्यो, Nepalgunj टाइप गरिदिए । temperature देखायो 44°C ।

चल्न नसकेको तातो हावा, अझै तातो बनेर भित्र सम्म पोल्यो । चर्किरहेको घाम अझै चर्किरहेझै लाग्यो । बगिरहेको पसिना अझै बगेको झै लाग्यो । घुमिरहेका fan अझै सुस्त सुस्त घुमेझै लाग्यो । गर्मी अझै बडि गर्मी भएको झै लाग्यो ।

मरेको मुर्दा बरु चल्छ होला, तर एउटा पात हल्लिएन । उम्लिएको पानीको बाफ बरु चिसो हुन्छ होला, यहाँको हावा भन्दा । Venus मा बरु मलिन घाम लाग्छ होला, यहाँको चर्को घाम भन्दा । अन्नपूर्णबाट बरु थोरै हिउँ पग्लन्छ होला, शरीर बाट निस्किएको पसिना भन्दा । कछुवा चांडो हिड्छ होला, यहाको fan घुमेको भन्दा । मरभुमिमा बरु सितल हुन्छ होला, यहाको गर्मी भन्दा ।
चिट चिट पसिना आउँछ, बाहिर निस्किन नपाउदौ ओभाएर जन्छ । भतभत पोल्छ , छाम्छु आफैलाइ बलिरहेको आगो छोएझै लाग्छ । ऎनामा हेर्छु, बाफिएको तातो भाडो झै पसिनाले भरिएको पाउछु आफै लाई । cooler खोल्छु, झन् झन् तातो हावा फाल्छ, बरु cooler को नाम बद्लिएर hotter राख्नु पर्ने ।
एकबिहनै उठेर, आफ्नो आङ तन्काउदै मलाइ चिहाउने आजकाल कता गयो भन्दै गुनसो गरिराखेको होला अन्नपूर्ण । आफ्नै काखमा हुने त्यो कता गयो भन्दै, सतर्क भएर खोज्दै होला माछापुच्छ्रे । सेती नदि, सुसाउदै कतै बोलाइरहेको होला । मौन बसिरख्ने मलाई, घरी घरी ढुङ्गा हानी छचल्काइरहने कहिले आउँछ भनी पर्खिरहेको होला फेवा । यहाबाटै बहेको तातो हावा पनि आफै छेकेर, हिउँ सङ्ग मिसाएर, चिसो बनाएर मै तिर फ्यक्थ्यो होला अन्नपूर्ण । तर आज म यहाँ येस्तो गर्मी खप्दै, बाफिदै, नेपालगन्ज जस्तो हाडीमा, पड्किन नसकेको मकैको दाना झै भुट्भुटी रहेको छु ।।