Search This Blog

Saturday, July 25, 2015

लोप हुन लागेका microbes हरु ।।

हामीलाई त जिउन पनि मुस्किल भै सक्यो, यी मानिसले पनि गर्न सम्म के गरेका हुन् , लौ न । हामीले air medium / droplet nuclei मा बस्छौं र येहि बाट infection गर्छै भनेर किताबमा येत्र-तत्र लेखिएको हुन्छ । तर हामीलाई त्यहा बस्ने बाताबरण छैन, जिबन बचाउन मुस्किल बनाइदिएका छन यी दुष्ट मानव हरुले । प्रबिधिको बिकासका नाममा, जताततै radiation र satalitic waves छडेका छन जस्स्ले गर्दा हामीलाई हाम्रो बसस्थन air medium मा बस्ने बताबरण छैन । बल्लतल्ल बाचेका हामी microbes, हरेक बेला आक्रमण गर्ने अबसरको पर्खाइमा हुन्छौ । आज्काल त keratin layer पनि कति बक्लो बनाएका हुन् मान्छे हरुले, कतैबाट छिर्ने समेत ठाउं छैन । आफ्नो ख्याल पनि कति गर्न सकेका हुन्, कतै घाउ, चोत-पटक समेत लगाउदैनन् । बल्लतल्ल कतै सानो trauma / injury हुन्छ, अनि आनेकौ दुख कष्ट गरेर त्यहाँ छिर्न त पाउछौ । तर के के न गर्देको जस्तो, हाम्रो विरुद्धमा chemical mediators जस्तै histamine, serotonin उत्पादन गर्दछन्, एक्छिन पनि टिक्न दिदैनन हमिलाइ । आझै, हामी त्यहा गयो भन्ने रिश ले, रगतका नसा नासा फुट्ने गरि फुल्यौछन् । आझै भएन भनेर, हाम्रो विरुद्धमा युद्ध घोषण गरेर, आफ्नो सिपाही हरु leucocytes हरु पठाउछन् । प्रथम चरणमा neutrophils आउछन्, युद्ध गर्न पछि पर्दनौ, केहि क्षती उनीहरुको हुन्छ त केही हामीको । घाइते भैसकेका हामी microbes विरुद्ध आझै lymphocytes पठाउछन्। उनीहरुको बिरुद्ध पनि लड्न पर्दैनौ, फेरि युद्ध हुन्छ। केही क्षेती उनीहरुको, धेरै क्षती हाम्रो । अब एकदमै सिकिस्त भैसकेका हामी विरुद्ध आझै macrophage जाइलाग्छन् । फलस्वरूप युद्ध उनीहरुको पक्षमा हुन्छ, हामीलाई phagocytosis प्रक्रियाले सखाप पार्छन् । जीउँदै निलिदिन्छन् । हाम्रो आन्त्य्स्टि हुन्छ । यती त गर्‍यो गर्‍यो आझै, blood circulation मा रहेको globulin नामक protein पनि हामीलाई देख्न सक्दैन, मरिसकेका हामी विरुद्ध आझै antibody बनाईदिन्छ, पुनः आक्रमण गर्न नसक्ने गरि । जतिसुकै antgenic shift / drift गरेर भेष बद्ले पनि, antibody बनाई छड्छन् , vaccine निर्माण गरेर हामी विरुद्ध आझै immunity बढाइ छड्छन् । आझै, त्येही दुष्ट मानव ले, आफ्नो हितका लागि symptomatic relief भन्दै NSAIDS, antitussives, antihistaminc, आदि इत्यादि पनि खन्छन् । ल, त्यो त ठीकै छ आफ्नो हितका लगि खाए । तर त्येती मात्र नभई, आझै हम्रै बिरुद्धमा antimicrobial पनि खन्छन् । किन यती साह्ओ हाम्रो पछी पर्छौ हो दुष्ट मनब हरु? किन? किन हाम्रो आस्तित्व मेटाउन लगिपरेका छै? किन हाम्रो वंश नास गर्न खटिएका छौ ? किन देख्न सक्दैनौं हामी लाई ? किन? किन? के हामी पनि प्राणी होइनौं ? हामीलाई बच्ने रहर हुदैन ? हामी जिउन चाहदैनौ ? किन लागि परेका छौ हम्रै पछी ? किन ?

प्रसङ्ग : येसो, कितब खोलेको, निकै माया लाएर आयो यी बिचरा आस्तित्व गुमाउन लगेका microorganisms को, त्येसैले यसो लेख्देको । हलुका रूपमा medical term प्रयोग पनि गरेको छु। सबै मित्रहरूले सम्पुर्ण रूपमा बुझ्न सक्नु भएन भने किर्पया भाब मात्र भए पनि बुझिदिनुहोला ।

Sunday, July 19, 2015

मैले देखेका नेपालहरु ।।


एकातिर सेना , अर्कोतिर माओवादी, बिचमा म, मेरो माथी आकाशमा उडिरहेका गोलि ।
 त्येस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर जनता, अर्कोतिर राजा, जनताको भिडमा म, मेरो वरिपरि राजा बिरुद्धका नराबाजि ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर एउटा पार्टी, अर्कोतिर आर्को पार्टी, पार्टीहरुको बिचमा म, मेरो वरिपरि ठुला भासण भोटका लागी ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर नेताहरू, अर्कोतिर कर्याकर्ता, बिचमा जनता, जनता मध्येको म, मेरो वरिपरि भ्रस्टाचार स्वार्थका लागि ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर सभासद, अर्कोतिर मस्यौदा, बिचमा नेपाली, नेपालिको बिचमा मस्यौदा, मस्यौदाको वरिपरि सबैको सुझाब ।
यस्तो पनि छ नेपाल मैले देखेको ।

एकातिर नेपाल, नेपाल भित्र नेपालि, नेपाली सबै समान, सबै नेपाली खुशी, सबै नेपालिको अधिकार सुनिस्चित ।
यस्तो हुनेछ नेपाल अब हामिले देख्ने ।

सबैको प्यारी तिमि

प्यासीहरुको प्यास मेट्न, गर्मीमा सितल दिन तिमि छौ यहाँ । चिट चिट पसिना पनि साम्य बनाइ दिन्छेउ । आफू सक्किएर भयपनी अरुलाइ भरिपुर्ण बनाइदिन्छेउ । आफ्नो अस्तित्व बेचेर भए पनि अरुको लागि आफू समर्पण गर्छेउ । तिमी आफू रित्तिएर ग्राहक खुशी राख्छेउ । ग्राहक खुशी हुन्छन् तिमिलाइ रित्त्याएर , तिमिलाइ भोगेर, तिमिलाइ पिएर ।

आफ्नो ग्राहक खुशी राख्न तिमी, आफ्नो सबै कुरा सुम्पिन तयार छौ । एकचोटीको मात्र हो तिम्रो अस्तित्व । जब एकचोटी कसैले प्रयोग गर्छ तिमिलाइ, तिम्रो भाउ घटेर, कबाडी मोलमा बिक्छेउ तिमी । तिमिलाइ थाहा छ, एउटा कुनै ग्रहाक रिजाउदा तिम्रो अस्तित्व घटेर कबाडी मोलमा बिक्छेउ । तर पनि आफू, आफै ग्राहकलाई समर्पण गर्छेउ । त्यही भएर त तिम्रो माग बढी छ । जाडोमा हुन नसके पनि, गर्मीमा चाहिँ ।

चिसो कोठिमा थुनेर राखिएको हुन्छ तिमिलाइ, बेच्नको निम्ति । ग्राहक आयो कि त, साहुले बेचिदिन्छ तिमिलाइ । प्राय मोलदाम हुदैन तिम्रो । सरकारले नै तिम्रो बजारभाउ तोकिदिएको छ । बिना बर्गेनिङ बिक्छौ तिमी, खुद्रा मूल्य रु ३० मा ।

जति ठुला ठुला होटेल, रेस्टुरेन्टमा तिमी बिक्छौ त्यति नै धेरै भाउ हुन्छ तिम्रो । गुणस्तर त्यही हुन्छ तिम्रो । मात्रा त्यही २५० मि लि । नाम त्यही, स्वाद त्यही, तर जति सजिएको पहिरनमा खनिन्छेउ तिमी, त्यतिनै धेरै भाउ हुन्छ तिम्रो । जति चिल्ला ठाउमा बिक्छेउ, त्यति नै बढी भाउ तिम्रो । जति सुकिलो ग्राहकले बेच्छ तिमिलाइ, त्यति नै बढी भाउ । रु ३० देखि रु ३०० सम्म, पहिरन हेरेर, ठाउँ हेरेर, साहु हेरेर ।

खुलेआम किनबेच हुन्छ तिम्रो, खुलेआम रित्याउछन् तिम्रो अस्तित्व ग्राहकहरु । अझ, विभिन्न बिज्ञापन गरिरहेको हुन्छ, विभिन्न होडिङ बोर्ड टालिएको हुन्छ । तिम्रो नाम र मूल्य शुचि सहित । तिमिलाइ बिकाउन । तिम्रो बढी उपभोग गराउन । तिम्रो ग्राहक बढाउन ।

हो, तिमी ग्राहक रिजाउन खप्पिस छौ । ग्राहकको सन्तुष्टि पूरा गर्न, तिमी सक्षम छौ । तर तिम्रो नराम्रो पक्ष भनेको तिमी निकै चाडै फुर्कने खालको छौ । कसैले अलिकती पनि तिमिलाइ उचाल्दियो या अलिकती हल्लाइदियो भने तिमी खुशी हुँदै, रमाउदै उफृन्छेउ, उम्लिन्छेउ, पोखिन्छेउ आफै । राम्रो पक्ष भनेको, तिम्रो figure । सबैजना डाहा गर्छन तिम्रो figure हेरि । कति त तिम्रो जस्तो जिउ बनाउन लाखौं खर्चन्छन्, कति कयौं पल्ट खाना छोड्छन् । मात्र तिमी जस्तो हुन । मात्र तिम्रो जस्तो figure बनाउन । कोकाकोला coca cola को जस्तो figure बनाउन ।।

Saturday, July 18, 2015

जब अन्तिम पेग खाएर म उठे ।।

रम्न थाले एका एकै
euphoria अवस्ता नै आयो
तर stress सबै बिर्सी गए
जब आन्तिम पेग खायर म उठे ।

काम्न थाले खुट्टा मेरा
celebellar ataxia अवस्ता नै आयो
तर पिड\ा सबै भुली गए
जब आन्तिम पेग खायर म उठे ।

अँखा मेरा लठ्ठीन थाले
diplopia अवस्ता नै आयो
तर सारा संसार देख्न पुगे
जब आन्तिम पेग खायर म उठे ।

बोली मेरो लडबडाउन थाले
aphasia अवस्ता नै आयो
तर मनका अभिव्यक्ति सबै बेक्त गरे
जब आन्तिम पेग खायर म उठे ।

रिक्सा चालक

उ एउटा मान्छे हो । नाम खै के पो होला तर, उसको नामको कसैलाई पनि प्रबाह छैन । उसले काम बाटै आफ्नो नाम पएको छ । रिक्सा चलाउने भएकाले, रिक्सा चालक । तर पनि उसले कामबाट पाएको नामको प्रयोग भएको पाउदैन । पाउछ त, मात्र रिक्सा । कि उ एउटा निर्जीव बस्तु हो ।
एउटा झुत्रे कपडा भित्रको मरन्च्यासे शरीर । च्यात्तिएको कपडाले छोप्प्न नभ्याएको ठाउमा देखिने, घामले डडेको कालो छाला । जतिबेलै बगिरहने पसिनामा, धुलो आएर टासिंएको छ । छाला भन्दा बाक्लो बनिसक्यो होला त्यो टासिंएको मैलो । तर कुनै प्रबाह छैन उसलाई । जति चर्को घाम भए पनि, अझै जोस्सिदै चालिरहेको छ खुट्टा । आदेश बमोजिमको गन्तव्य पछ्याउँदै । गलिसक्यो खुट्टा, तर पनि चलिरहेको छ । किनकी उसलाई थाहा छ । त्यो गन्तव्य पुगेपछि उसलाई २० रुपैया मिल्नेछ । जुन जम्मा गरे पछि, आज बेलुका उसको घरमा खुशी छाउनेछ । चुलो बल्ने छ । आजको छाक टर्ने छ । त्यही आश नै उसको पसिना बगेको शरीरमा, हावा हम्किने पंखा बनेको छ । गलेर दुखेको गोडामा, सन्चो पर्ने मलम बनेको छ । डडेको छाला हेरि चित्त बुजाउने बाटो बनेको छ ।
सायद उस्ले आफ्नो नामनै भुलिसक्यो होला । मात्र उसलाई थाहा छ कि उसको बास्तबिक नाम अब काममा, अझ भनौं एउटा निर्जिब बस्तु, रिक्सामा बदलिएको छ । कसैले रिक्सा भनी बोलायो भने उ आफैलाइ बोलाएको हो भन्ने बुझ्छ र प्रतिक्रिया दिन्छ । हातको इसारा वा एक/दुई शब्दको बोलिले नै उस्को पाहिला चल्छन् , आदेश अनुसारको गन्तव्य तर्फ । बाटोमा हिडिरहदा, रिक्सा यात्री आफ्नै गफमा मस्त हुन्छन् । उसको कुनै प्रबाह हुदैन उनिहरु लाई, कि त्यहाँ एउटा मन्छे पनि छ । सोच्छन, उ नामको मात्र रिक्सा नभएर, व्यबहार को पनि रिक्सा हो । रिक्सा, एउटा निर्जीव बस्तु ।
प्रयोगमा नआएको नाम बाट समाजले बदलिदिएको नाम रिक्सा चलक । समाजको व्यबहार बाट, महशुस गरेको नाम रिक्सा ।
कदर गरौ मानबताको । उसको नामको । उसको मेहनतको । उसको पसिनाको । उसको आशको । उसको सपनाको । उसको पेशाको ।
#से_नो_बार्गेनिङ_टु_रिक्सा_भाडा

Friday, July 3, 2015

history taken with नेपाल आमा २०७१-१०-०८

हजुरको नाम ?
नेपाल आमा ।

अनि काहा बस्नु हुन्छ ?
दक्षिण एसियाको स्वोतन्त्र राष्ट्र नेपालमा ।

हजुरको बिबाह भयो ?
अ भयो।

अनि श्रीमानको नाम ?
लोकतान्त्रिक गणतन्त्र।

पेशा.. काम चाहिँ के गर्नु हुन्छ ?
राष्ट्र बिकास अनि शान्ति स्थापना ।

कुन धर्म मान्नु हुन्छ ?
मान्न त हिन्दु मान्छु, तर भगवान एउटाै हुन् , त्य्सैले सबै उत्तिकै प्यरो लाग्छ ।

अनि आज यहाँ hospital मा के भएर आउनु भएको ?
आज report आउछ अरे, त्येसैले लिन आएको।

के को report को लागी बोलाएको थियो ?
खै, के जाति हो, तर त्यो report आए पछि मेरा सबै छोरा हरुको अधिकार सुनिस्चित हुन्छ अरे ।

नाम चाइ के आमा report को ?
के हो कुन्नि बुझ्दिन के बाबु म, खोइ संविधान कि constitution के पो भन्छन् कुन्नी ?

कहिले आउनु भनेको थियो ?
माघ ८ गते ।

काहा लिन आउनु भनेको थीयो र आमा ?
थाहा छैन बाबु कता आउछ, सार्‍है चिन्ता लाग्यो , अब बाचुला जस्तो लगेन अनि हतार हतार येहि आइपुगे ।

अनि यहाँ काहां आउने हो त, काठमाडौं को संविधान सभा भवनमा पो आउँछ तनि, त्यहाँ लिन जानुस् न त्यो report त ।
खोइ ति ६०१ ले त मलाई रुहाउनु रुहाए बाबु, म सक्दिन तिनीहरु सगं , कस्ता कपुत छोरा जन्मेका रहेछन् , आफ्नै आमा को रगत चुसी , दांही हाली रहेका छन् । मैले समान ब्यबहार गरेपनि उनिहरु भित्र भित्र party बनाउदै, फुटाउदै झगडा मात्र गरेर बस्छन् । सबै आफ्नै छोरा हुन् , तर आफ्नो एउटाि आमालाई खुशी रख्न सक्दैनन् । मलाई टुक्राटुक्रा बनाउन खोजी रखेका छन् । नचाहने नचाहिने माग रखेर सहमति भएन भन्दै छन् । रमिता देखाइ रखेका छन् बिश्व भरी, सबै दुश्मन् लाई ३२वटा दांत देखाइ हास्ने अबसर दीदै । अझ अस्ति त मेरै मुटु मथी कुर्सी थेचार्न पुगे । रक्सी धोकेर आउछन् अनि आफू आफू लडाइँ झगडा गरेर, मलाई रुहाउछ्न् बाबु । आज त्यो रिपोर्ट जसै लिनु पर्ने रे, खोइ त्यो आएन भने आजै म खरानी हुन सक्छु । पहिला पनि येस्तो भएको थीयो, तर जसो तसो बचाए । आहिले पनि येस्तै हुँदै छ, तर आज आन्तिम म्याद हो बाबु । यो चोटि आएन भने मलाई कसैले बचाउन सक्दैन, आत्यन्त जरुरि report हो बाबु त्यो । मलाई त ती ६०१ कुपुत्र ले बचाउलन् जस्तो लग्दैन , आश मारी सके बाबु मैले । अब सबै मिलेर मलाइ सक्नेछन्, अनि बिश्व लाई नेपाल भन्ने शब्द हास्न को लागी एउटा बलियो शीर्षक बन्नेछ । अनि दुई चार दिन, मेरो नाममा श्रद्धाञ्जली का औपचारिकता ले ढकढक्याउलान । त्यस्पछि भावी पुस्ताले इतिहासमा नेपाल भन्ने देश थीयो, अनि नेपाल आमा का आफ्नै छोराले, आफ्नो आमा को हत्या गरेर पूरा सखाप परे भन्ने सुन्न पाउने छन् । बचाउ बाबु मलाई बचाउ । तिमि पनि मेरै छोरा हौ । मलाई सबै छोराको उत्तिकै माया लाग्छ । जसो तसो बचाउ बाबु मलाई ।

ल आमा, न आत्तिनु सबै ठिक हुन्छ, आउदै छ त्यो report । बन्दै छ संविधान, आज बेलुकी सम्म आइपुग्छ । त्य्हि आश गरुम आमा अब । बांकी कुरा भगवानको हात मा छ ।

प्रसङ्ग : संविधान बन्न नसक्दा नेपाल आमा रुदै होलिन्, तेसैले य्सो कोर्न मन लग्यो । आशा गरम् नेपाल आमा को यो सपना पुरा हुनेछ ।।