Search This Blog

Friday, September 30, 2016

पत्रकारिता र चिकित्सा पेशा !!



नेपाल अरु क्षेत्रमा बिकास हुन नसके पनि संचार माध्यमको क्षेत्रमा भने केही हदसम्म बिकास भएको छ । आजकाल प्राय सबै मानिसको हातमा मोबाइल हुन्छ । पढेलेखेका सबैजसोको फेसबुक एकाउन्ट छ । प्राय सबैले फेसबुक या टुइटर चलाउछ्न् । देश-बिदेशका हरेक कुना कुनामा भएका गतिविधि एकैछिनमा थाहा पाउन सकिन्छ, सोसल मिडियाबाटै । यो पनि बिकासको एउटा उदाहरण हो, यसलाई सकारात्मक रुपमा लिनु पर्छ । यसमा प्रमुख भुमिका अन्लाईन मिडिया र दिनरात खटिएका पत्रकारको हुन्छ । यसका लागि अनलाइन मिडिया र पत्रकार धन्यवादका पात्र हुन् ।

च्याउ जसरी उम्रेका केही अनलाइन मिडियाहरुले (सबै अनलाइन मिडिया नभनौ) सहि सन्देश आदानप्रदान गर्ने साथसाथै किहि कुराको गतल ब्याख्या गर्दै सर्बसाधारण सामु भ्रम फैलाउने काम गरेका छन् । सस्तो लोकप्रियताको लागि चिकित्सा पेशाको प्रयोग पनि उत्तिकै भइरहेको छ । दुई ढंगले चिकित्सा पेशा प्रयोग हुँदै आएको छ । पहिलो, कुनै रोगका बारेमा या चेतनामूलक संदेश देने आशयले लेखिएका लेख । जुन अहिलेको आवस्यकता हो । र दोस्रो, चिकित्सक बाट भएका असफलताको गलत ब्याख्या । पत्रकारको हतियार कलम हो भन्नेमा कसैको दुई मत छैन । तर आजकाल त्यो कलम सच्चिकै हतियार बनेर, चिकित्सकहरु माथी नै प्रहार हुँदै आएको छ । गहिराइमा नबुझी, एकपक्षीय ढंगले, सत्यतालाई ढाकछोप गरेर, सानो गल्तीलाई बढाइचढाइ गरेर लेखिने गरेको छ । दुइचार लाइक बटुल्न र दुइचार फलोअर्स बढाउन गलत सन्देश दिदै "डाक्टरको चरम लापरबाही" शिर्षक राखेर सबैको ध्यान खिच्ने गरेको सबैलाई थाहा नै छ । चिकित्सा क्षेत्र अतिआवस्यक, संबेदनसिल छ, त्यसैले त लोकप्रियता बटुल्न पनि सजिलो छ । र साथसाथै चिकित्सक सोझा हुन्छन्, जो कोहि ले पनि सजिलै प्रयोग गर्न सक्ने । भद्र हुन्छन्, केहिको बिरोध नगर्ने ।

जनता सामु चेतना फैलाउने कुरा सकारात्मक रुपमा नै लिनु पर्छ । तर आजकाल (केही पत्रकारबाट) जुन सैलिमा लेखिदै गएको छ, एकतर्फी रुपमा, अर्धचेतना मा या भनौ अचेतनामा, सामान्य बैज्ञानिक या ध्रुवसत्य कुराको पनि हेक्का नराखी । यसले पक्कै डाक्टर प्रति समाजले हेर्ने दृस्ठिकोण लाई प्रत्यक्ष असर पर्छ । लेखपढ गर्न नजान्नेलाई केही फरक नपर्ला । अलि अलि लेखपढ गर्न जान्नेलाई, डाक्टर प्रती अविश्वास बढ्ने र हेर्नेदृस्ठिकोण फरक हुन जान्छ । तर जो सिक्षित छन, जानेबुझेका छन, तिनीहरुमा भने उल्टै पत्रकार प्रति अविश्वास बढ्ने र पत्रकार प्रति हेर्ने दृस्ठिकोण फरक हुन जाने निश्चित छ । त्यसैले सस्तो लोकप्रियताको लागि पत्रकारिता पेशाकै गलत ब्याख्या हुने देखिन्छ । यदि यसरि नै चिकित्सा क्षेत्र प्रतिशोध साध्न, लोकप्रियता कमाउन मात्र प्रयोग हुँदै गयो भने, सर्बसाधरणको मानसिकता, चिकित्सकको आत्मसम्मानमा प्रत्यक्ष असर पर्छ साथसाथै पत्रकारको बिश्वास र पत्रकारिताको गम्भीरतामा अप्रत्यक्ष रुमपा भएपनि असर पुग्ने देखिन्छ । यसमा सबै पत्रकार सजक हुन जरुरी छ ।

आगामी दिनहरूमा यस्ता घटनाहरू रोक्न डाक्टर र पत्रकारको समन्वय जरुरी छ । सम्पुर्ण नागरिकहरु सहि सूचना पाउने अधिकारबाट बन्चित नहुन भन्ने कुरालाई ध्यानमा राखि,  चिकित्सा सम्बन्धि केहि समाचार लेख्न या छाप्न अगाडि कोहि चिकित्सक संग परामर्श गरेर, यथार्थ बुझेर मात्र जनतासामु सत्यतथ्य समाचार पुर्याउनु आवस्यक छ । जसले गरेर आगामी दिनहरूमा गतल बुझाईलाई कम गर्दै, डाक्टर-बिरामी सम्बन्धमा पनि सुधार गराउन मद्दत पुग्नेछ । ।

No comments:

Post a Comment