Search This Blog

Sunday, October 30, 2016

देवकोटा तिमी फेरि आउ ।।


आजकाल मुना,टिना भैसकिन,
मदन पनि निकै मोडर्न भैसके।
"टिना-मडन"का मोडर्न मोडर्न कथा लेख्न आउ।
ल्हासा जाने कथा हैन,खाडी जाने कथा लेख्न आउ।
माया प्रेमका कुरा हैन,बस्ना र प्यासका कथा लेख्न आउ।
साग सिस्नु खाएर आनन्द हैन,पिज्जा बर्गर लेख्न आउ।
मानिस ठूलो दिलले हैन,पैसाले हुन्छ भनी लेख्न आउ।
हो देवकोटा ! तिमी मोडर्न मोडर्न कथा लेख्न आउ ।
किनकि मोडर्न हुनखोज्दा धेरै परिवर्तन भैसकेको छ,
खाडी नगइ चुलो बल्दैन आजकाल ।
माया प्रेमका कुरा चल्दैन आजकाल ।
साग सिस्नु कतै फल्दैन आजकाल ।
पैसा नभई त सिन्को ढल्दैन आजकाल ।

तिमी पनि पागल थियौ अरे तिमो जमानामा।
अहिले पनि हामिसंग एउटा पागल छन्Dr.kC,
निशान छाप लागाएरै घोषणा गरिएका पागल,
र त्यही पागललाई समर्थन गर्ने करोडौं पागल,
तिमी हाम्रा युगका पागललाई भेट्न आउ ।
साहित्यको खिल्ली उडाउनेलाई रेट्न आउ ।
"दिलले ठूलो हुन्छ"भनेको हरफ मेट्न आउ ।

हो देवकोटा तिमी फेरि आउ यस धर्तिमा,
नेपाली साहित्यमा दियो बाल्न आउ।
बोक्रे साहित्यकारको मुख टाल्न आउ।

हाम्रा पागलसंगै मिलेर लडाइ थाल्न आउ।
भ्रस्टाचारको विरुद्धमा कलम चाल्न आउ।

तानाशाही हरुलाई कुर्सीबाट फाल्न आउ।
दुरुपयोग गर्नेलाई महाअभियोग हाल्न आउ।

अलिअलि बाकी रहेको सुशासन पाल्न आउ।
जनताको काम नगर्नेहरुको सत्ता ढाल्न आउ।
हो देवकोटा तिमी फेरि आउ हाम्रो लोकतान्त्रिक नेपालमा ।।

Saturday, October 8, 2016

डाक्टर ईन्टरनेट !!


केहि दिन अघि अनलाइन बसिरहदा एउटा म्यासेज आयो:

"यो टन्सिल काट्न भन्दा अगाडि घरमा के के गर्नुपर्छ ?" आफू बल्ल टन्सिलेक्टिमी को स्पेल्लिङ लेख्न सिक्दै गरेको मान्छेलाई एकदमै गाह्रो प्रश्न आयो ।

 "ओहो! टन्सिल नै काट्नु पर्ने भएको हो" आश्चर्य मान्दै सोधे ।

"अ! अब काट्नै पर्छ" हस्पिटलमा भर्ना गरेर भोलि नै अपरेसन हो कि जसरी जवाफ आयो ।

"टन्सिलेक्टोमी नै गर्नु पर्ने ? बिश्वास नलागेर फेरि सोधे ।

"हजुर! त्यस्तै के अपरेसन थियो । त्यही होला ।" टन्सिलेक्टोमी को अर्थ नबुझेको हो कि जसरी उत्तर आयो ।

"किन के भएको छ र? घाटी दुख्छ ? सास फेर्न आफ्ट्यारो हुन्छ? राती सुत्दा सुत्दै बिउझनु हुन्छ?" सर्प पनि नमरोस लठ्ठी पनि नभाचियोस भन्ने सोचेर, इज्जत जोगाउन भएपनि तातो पनि खानु, चिल्लो पिरो बार्नु यस्तै यस्तै भनेर कुरा टार्छु भन्ने सोचेर कुरा खोतल्न खोजे ।

"नाइँ! त्यस्तो केही हुदैन । तर, ऎनामा हेर्दा टन्सिन देखिन्छ ।" गहिरो प्रश्नको जवाफ हलका रुपमा आयो ।

"अनि त्यत्तिकैमा काट्नु पर्ने, कहाँ देखाउनु भएको ?" झर्को  मान्दै प्रश्न सोधे ।

"डाक्टरलाई त देखाएको छैन, अनलाइनमा हेरेको, अब काट्नै पर्छ भनेको छ । त्यहा भनेको जस्तै मासु पलाएको जस्तो छ, ऎनामा हेर्दा पनि मुखको पछाडी माथिबाट तल केही झुन्डिएको जस्तो देखिन्छ(सायद uvula भन्न खोजेको होला) । ह्या.. अब काट्दिन्छु । " आफैले नै काट्ने हो कि जसरी जोसिलो उत्तर आयो ।

"काट्न अगाडि के के गर्ने पनि त त्यही लेखेको होला । अनि काट्न पनि हस्पिटल किन आउन पर्‍यो ? अन्लाईन बाटै काट्ने ब्यवस्था छैन रैछ ?" भन्दै साथमा तीन वटा इमोजी  "😂😂😂" पठाएर अफलाइन भए ।

एकछिनमा त्यही सम्झिए, ईन्टरनेट, डाक्टर ईन्टरनेट, डाक्टर ईन्टरनेटले गरेको काउन्सिलिंङ र बिरामि संग भएको मिसअन्डर्स्टान्डिङ । फेरि सम्झिए, हासो उठ्यो । त्यही सम्झिदै  एउटा मुक्तक लेखे :
गूगलमा Symptomsहान्छन र बिग्रन्छ ।
Online बाटै उपचार छान्छन र बिग्रन्छ ।
आफै रोग Diagnoseगर्ने वरिष्ठे हरुले,
Internetलाई नै Doctorमान्छन र बिग्रन्छ ।।

Friday, September 30, 2016

पत्रकारिता र चिकित्सा पेशा !!



नेपाल अरु क्षेत्रमा बिकास हुन नसके पनि संचार माध्यमको क्षेत्रमा भने केही हदसम्म बिकास भएको छ । आजकाल प्राय सबै मानिसको हातमा मोबाइल हुन्छ । पढेलेखेका सबैजसोको फेसबुक एकाउन्ट छ । प्राय सबैले फेसबुक या टुइटर चलाउछ्न् । देश-बिदेशका हरेक कुना कुनामा भएका गतिविधि एकैछिनमा थाहा पाउन सकिन्छ, सोसल मिडियाबाटै । यो पनि बिकासको एउटा उदाहरण हो, यसलाई सकारात्मक रुपमा लिनु पर्छ । यसमा प्रमुख भुमिका अन्लाईन मिडिया र दिनरात खटिएका पत्रकारको हुन्छ । यसका लागि अनलाइन मिडिया र पत्रकार धन्यवादका पात्र हुन् ।

च्याउ जसरी उम्रेका केही अनलाइन मिडियाहरुले (सबै अनलाइन मिडिया नभनौ) सहि सन्देश आदानप्रदान गर्ने साथसाथै किहि कुराको गतल ब्याख्या गर्दै सर्बसाधारण सामु भ्रम फैलाउने काम गरेका छन् । सस्तो लोकप्रियताको लागि चिकित्सा पेशाको प्रयोग पनि उत्तिकै भइरहेको छ । दुई ढंगले चिकित्सा पेशा प्रयोग हुँदै आएको छ । पहिलो, कुनै रोगका बारेमा या चेतनामूलक संदेश देने आशयले लेखिएका लेख । जुन अहिलेको आवस्यकता हो । र दोस्रो, चिकित्सक बाट भएका असफलताको गलत ब्याख्या । पत्रकारको हतियार कलम हो भन्नेमा कसैको दुई मत छैन । तर आजकाल त्यो कलम सच्चिकै हतियार बनेर, चिकित्सकहरु माथी नै प्रहार हुँदै आएको छ । गहिराइमा नबुझी, एकपक्षीय ढंगले, सत्यतालाई ढाकछोप गरेर, सानो गल्तीलाई बढाइचढाइ गरेर लेखिने गरेको छ । दुइचार लाइक बटुल्न र दुइचार फलोअर्स बढाउन गलत सन्देश दिदै "डाक्टरको चरम लापरबाही" शिर्षक राखेर सबैको ध्यान खिच्ने गरेको सबैलाई थाहा नै छ । चिकित्सा क्षेत्र अतिआवस्यक, संबेदनसिल छ, त्यसैले त लोकप्रियता बटुल्न पनि सजिलो छ । र साथसाथै चिकित्सक सोझा हुन्छन्, जो कोहि ले पनि सजिलै प्रयोग गर्न सक्ने । भद्र हुन्छन्, केहिको बिरोध नगर्ने ।

जनता सामु चेतना फैलाउने कुरा सकारात्मक रुपमा नै लिनु पर्छ । तर आजकाल (केही पत्रकारबाट) जुन सैलिमा लेखिदै गएको छ, एकतर्फी रुपमा, अर्धचेतना मा या भनौ अचेतनामा, सामान्य बैज्ञानिक या ध्रुवसत्य कुराको पनि हेक्का नराखी । यसले पक्कै डाक्टर प्रति समाजले हेर्ने दृस्ठिकोण लाई प्रत्यक्ष असर पर्छ । लेखपढ गर्न नजान्नेलाई केही फरक नपर्ला । अलि अलि लेखपढ गर्न जान्नेलाई, डाक्टर प्रती अविश्वास बढ्ने र हेर्नेदृस्ठिकोण फरक हुन जान्छ । तर जो सिक्षित छन, जानेबुझेका छन, तिनीहरुमा भने उल्टै पत्रकार प्रति अविश्वास बढ्ने र पत्रकार प्रति हेर्ने दृस्ठिकोण फरक हुन जाने निश्चित छ । त्यसैले सस्तो लोकप्रियताको लागि पत्रकारिता पेशाकै गलत ब्याख्या हुने देखिन्छ । यदि यसरि नै चिकित्सा क्षेत्र प्रतिशोध साध्न, लोकप्रियता कमाउन मात्र प्रयोग हुँदै गयो भने, सर्बसाधरणको मानसिकता, चिकित्सकको आत्मसम्मानमा प्रत्यक्ष असर पर्छ साथसाथै पत्रकारको बिश्वास र पत्रकारिताको गम्भीरतामा अप्रत्यक्ष रुमपा भएपनि असर पुग्ने देखिन्छ । यसमा सबै पत्रकार सजक हुन जरुरी छ ।

आगामी दिनहरूमा यस्ता घटनाहरू रोक्न डाक्टर र पत्रकारको समन्वय जरुरी छ । सम्पुर्ण नागरिकहरु सहि सूचना पाउने अधिकारबाट बन्चित नहुन भन्ने कुरालाई ध्यानमा राखि,  चिकित्सा सम्बन्धि केहि समाचार लेख्न या छाप्न अगाडि कोहि चिकित्सक संग परामर्श गरेर, यथार्थ बुझेर मात्र जनतासामु सत्यतथ्य समाचार पुर्याउनु आवस्यक छ । जसले गरेर आगामी दिनहरूमा गतल बुझाईलाई कम गर्दै, डाक्टर-बिरामी सम्बन्धमा पनि सुधार गराउन मद्दत पुग्नेछ । ।

Tuesday, September 27, 2016

दोषी समाजका निर्दोष डाक्टर !!


wifi on गरेर facebook खोल्ने बित्तिकै news feed मा आयो चरिकोटको घटना । पढे । सार्‍है दुख लाग्यो, डाक्टरको जिन्दगी देखी । जहाँ प्रशासनको अगाडि दिनरात बिरामीको सेवामा खटेका डाक्टरलाई कुकुर सरह व्यबहार गरिन्छ । भिडियो हेरे, त्यहा उच्चारण भएका हरेक शब्दले मनमा गएर घोचे । बिरामीको मृत्यु भयो, त्यसमा म दुखी छु । शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति दिउन भनेर भगवान संग प्राथना गर्दछु । अन्तिम वाक्य "मेरो छोरालाई त मार्नु भयो, अरुको छोराछोरिलाई नमार्नु" गएर कानमा ठोक्किन साथ मनमा अमिलो पस्यो । मैले बुझे अनुसार बिस्कुट खाएर aspiration भयो, cyanosis देखियो अनि बच्चाको मृत्यु भयो ।  ल अब भन्नुस्, बिस्कुट नै मृत्युको कारण थियो भने, यसमा डाक्टरको के दोष ? त्यो समाचारको तल लेखिएका कमेन्ट पढे । बिचारा नेपालि जनता, कति अबुझ छन् । बिनाकारण निर्दोष डाक्टरलाई गाली गर्दैछन्, फाँसी सम्म्को कारबाहीको माग गर्दै । हरेक नागरिकले यो बुझ्न जरुरी छ कि, कुनै डाक्टरले जानिजानी बिरामी मार्दैन । डाक्टर मानिस हो, भगवान हैन । मानिस भएर गल्ती हुँदै हुदैन भन्ने हुदैन । केहिलेकाही सानोतिनो गल्ती भइरहेको हुन्छ । तर चरिकोटको घटनामा डाक्टरको दोष केलाउदा पनि भेट्टाउन गाह्रो पर्छ । गल्ती नै भए पनि, forensic report र छानबिन समितिले गल्ती औल्याउथ्यो, त्यसपछिका कानुनी प्रक्रिया थिए, त्यसको बाटो रोज्न सकिन्थ्यो । तर आक्रोशित भिड नियन्त्रण गर्न, प्रशासनले निर्दोष डाक्टरको या भनौं सम्पुर्ण चिकित्सा पेशाको खिल्ली उडाउदै आत्मसम्मानमा चोट पुग्न दिन हुने थिएन ।

त्यही समाचारको तल आर्को समाचार थियो, "धादिङमा जिप दुर्घटना, २०को मृत्यु, ११जना घाइते" । समाचार पढे, त्यो लिन्कमा लेखिएका कमेन्ट पढे । सहानुभूति दिने खालका, अत्यन्त मार्मिक कमेन्टहरु थिए । त्यसमा ड्राइभर या यातायात व्यावसायीको पो गल्ती थियो कि, कसैले मुख खोलेको देखिएन । र सोचे अब भोलिको समाचार यस्तो पनि हुनसक्छ, "धादिङमा भएको जिप दुर्घटनामा भएका गम्भीर घाइतेको उपचारका क्रममा डाक्टरको लापरबाहीका कारण मृत्यु "

दुबैमा मानिसको ज्यान गएको छ । मृत्युबरण गर्ने को संख्या फरक छ । एउटा बचाउन खोज्दा खोज्दै नसकेको र अर्को जे सुकै होला, ड्राइभरको गल्ती, खराब मौसम, जोखिम बाटो । आक्रोश त दुबै तिर पोख्न पर्ने नि सर्बसाधरणले, तर सधै दोष डाक्टरको मात्र औल्याइन्छ । किनभने यातायात व्यावसायिको संघ बलियो छ । कसैले औला उठाउन सक्दैन ।

धादिङको घटनाको कारण र सत्यता के होला आफ्नो ठाउमा छ, तर चरिकोटमा डाक्टरलाई बिना गल्ती अमानविक ढंगले, जबर्जस्ती सार्वजनिक माफी माग्न लगाई, भिडियो भाइरल बनाए जस्तै जबर्जस्ति यात्रु कोचेर, सिन्डिकेटलाई अंगालोमा राखेर धेरै दुर्घटना निम्त्याउने यातायात व्यावसायिलाई त्यसरी नै सार्वजनिक माफी माग्न लगाउन आवाज उठाउने कोहि सर्वसाधारण छ ? छैन । किनभने बलियो छ त्यो संगठन । गुन्डागर्दी गर्ने, दादागिरी चल्ने । तर डाक्टरहरुको संगठन लुते छ । आफ्नो सदस्यलाई पनि उचित सुरक्षा दिन नसक्ने । धेरै पढेलेखेका, शान्त स्वभावका, आवाज नउठाउने, बोल्न डराउने , कसैको कुभलो नचिताउने, धेरै सोझा । त्यसैले त समाजले हेप्न खोज्छ । सोझा देखेर नै दोष सबै डाक्टर माथी नै थुपार्न खोज्छ ।

कहिलेसम्म यस्तो ? के हामी साच्चै कमजोर हौ त ? गल्ती नहुदा पनि सधै गल्ती स्विकार्नौ पर्ने हो ? दिनरात तिनैको लागि काम गर्दा, सधै तिनैबाट गाली बैज्येती खपिरहनु पर्ने हो ? सधै हेपिएरै बस्नु पर्ने हो ? सधै दबिएदै बस्नु पर्ने हो ? आखिर कहिलेसम्म ??

Monday, August 29, 2016

आरक्षण हटाऔ अब ।।


काशीमा गइ पढेर, ज्ञान पाएको थिए ।
जातले दिएको भन्दै ,जनै लाएको थिए ।।
मैले दुख गरेको,अरुले देख्न सकेनन् ।
रिस मात्र गरे,पढ्न र लेख्न सकेनन् ।।
देशको ठुला पोस्टहरु,मैले नै खाएको ।
अघि नबढ भन्दै,तारबार मैले नै लाएको ।।
समाबेशी देश बन्यो,कोटा पनि छाडिदिए ।
सक्षम अगाडि आउने,चलन पनि भाडिदिए ।।
पन्ध्र बर्ष उद्दार गरे, केही गर्छौ कि भनी ।
उच्च ठाउमा पुग्न, अघि सर्छौ कि भनी ।
अघि आउन सकेनौ,मेरो के गल्ती थियो ।
सधै कोटा बाढ्नलाई, कत्रो पो खल्ती थियो ।।
असक्षमले देश बिग्रेको,तिम्ले पनि बुझेका छौ ।
रास्ट्र घाती यो निर्णय,तिम्ले मात्र पुजेका छौ ।।
कि क्षमता नै छैन भन,हैन भने गरेर देखाउ ।
खुल्ला प्रतिस्पर्धा गरै,मेरिटमा परेर देखाउ ।।
ब्यक्तिगत स्वार्थ त्यागी, देशको भलो गरौं ।
अमेरिका जस्तो,विकसित देशको फलो गरौं ।।
कोटावाला हैन, सक्षमलाई खटाऔ अब ।
क्षमताको कदर गरौं,आरक्षण हटाऔ अब ।।

Saturday, May 28, 2016

भाषा फरक हुँदा !!

मेडिकल लाईफको पहिलो दिन, viva मा एउटा प्रश्न सोधिएको थियो, define drug भनेर । physical apperanceमा, सेतो सुकिलो apron भिरेर medico जस्तो देखिएपनी, मानसिक रुपमा medico जस्तो भैसकेको थिइन सायद । त्यसैले त drug लाई define गरे, आफ्नै भाषामा, त्यो पनि, प्रश्न सोध्दा मौन बस्न हुदैन भन्ने सीनियरको सल्लाहको अनुसरण गर्दै, "drug are the illegal chemical substance that devlop dependence and become habitual to person, hence make him/her addict". यो कुनै standard defination थिएन न कुनै कहि पढेको या देखेको defination । थियो त केबल vivaको pressureमा निस्किएको non-medicoको सोचाईमा रहेको आफ्नै भाषाको defination ।

त्यतिबेला त्यो उत्तर निस्किनु स्वोभाबिक थियो सायद । नेपाली समाजमा हुर्केको थिए । drug भन्ने नाम, कहिलेकाही पत्रपत्रिका र टेलिभिजनमा मात्र देखेको र सुनेको थिए, त्यो पनि अबैध drug संगको समाचारको प्रसङ्ग जोडेर । न त त्यतिबेला सम्म मैले KD Tripathi को टेक्स्ट्बुकको पहिलो पाना नै पल्ट्याउन भ्याएको थिए । न WHOको siteमा drug को article पढ्न भ्याएको थिए । न कसैले पढाएको थियो । न कसैले सिकाएको ।

मेरो मुखबाट त्यो उत्तर निस्कन साथ परिवेश हासोमय बनेको थियो र म हासोको पात्र । त्यहा भएका सबै हासेका थिए, म बाहेक । कोहि मेरो त्यो उत्तर सुनेर हासेका थिए त कोहि अरु हासेको देखेर, त्यही हासो संगै आफ्नो हासोको लय मिलाउदै हासेका, कुरा नबुझी । हासो रोक्किए संगै उताबाट बोली फुट्यो, "you made whole medical field illigal." फेरि हास्न थाले, म बाहेक सबै । अरुको गाला तन्किएर बत्तिस ओटा दात देखिने बेला हुदा, मेरा गाला राता, कान ताता, ओठ सुख्खा भैसकेको थियो र बोली मौन । निशब्द ।

हतार हतार गएर किताब पल्टाए, defination रटे, जिन्दगिमै नबिर्सिने गरि । त्यो defination याद गरे संगै, मानसिक रुपमै medico जस्तो बने । त्यही defination बाट सुरु भयो मेरो मेडिकल लाइफको यात्रा । नयाँ नयाँ शब्दहरू सिक्दै, medical term हरु संग खेल्दै, रमाउदै गए । कुनै नया term आउथे, कुनै पुरानै शब्द भएपनि त्यसको अर्थ परिमार्जन गर्नुपर्ने हुन्थ्यो, र गर्थे । किनभने भाषा फरक थियो ।

घडीको सुइ घुमे संगै समय बितिरहदा, म पनि त्यहिको परिवेश संग रम्दै रमाउदै गए । त्यहिको भाषा सिक्दै गए, केहि नयाँ, त केहि पुरानै शव्द, अर्थ फरक लाएर । physically र mentally, medico बन्दै । त्यसले त साधारण रुपमा बोल्दा पनि एक दुई वटा medical term घुस्ने गर्थे sub-consiously नै । त्यस्ता शव्द प्रयोग गर्दा कहिले राम्रै सुनिन्थ्यो त कहिले समस्यामा पार्थ्यो ।

 ब्यक्तिगत कामले कोहि छिमेकीको घरमा जादा, डाक्टरलाई नै क्लिनिकमा देखाए जसरी, आफ्ना समस्या सुनाइयो, सुने । पहिल्यै hospital गएर देखाइसकेको रहेछ ।
"औसधि के कस्तो दिए, ठिक छ कि छैन हेर्देउ त बाबू" भन्दै औसधिको पोको थमाइयो ।
"त्यत्रो ठूलो, धेरै पढेको डाक्टरले दिएको औसधि पक्कै गलत त छैन होला । म सिक्दै गरेको विद्यार्थीले त्यस्तो के नै जानेको हुन्छु र ?" मैले भने ।
"तैपनि के कस्तो हो एकचोटि हेर्देउ न" भन्नुभयो ।
त्यति भनिसके पछि, यत्रो बर्ष पढेर पनि केही जान्दो रहेनछ भनेर कुरा काट्ने बाटो नराख्न भनेपनी केही बोल्नु पर्ने भयो ।
समाएको औसधिको पोको बाट एक एक गर्दै औसधि निकाले र भने, "यो ठिक, यो बेठिक भनेर त म भन्दिनँ, तर के के काम गर्छ चाहिँ भन्न सक्छु" भन्दै औसधिको trade name मा आँखा नलगी तल सानो मसिनो अक्षरमा लेखिएको generic name पढेर औसधिको class, uses, बुझ्ने सम्मको mechanism र side effect बताइदिए ।
त्यही भन्ने क्रममा, बिर्सिसकेको रहेछु कि non-medico संग बोलिरहेको छु । त्यसैले त sub-consiously एउटा शब्द निस्केको रहेछ "drug", औसधिको medical term । त्यो शब्द निस्किन साथ आँखा ठुल्ठुला बनाएर हेर्नुभयो । मैले सबै भनिसकेपछि सोध्नुभयो, "बाबु यो ड्रग नै हो त?"
"हो" भनिदिए ।
"राम्रो डाक्टरलाई देखाएर, राम्रो औसधि दिएर पठाएको होला भनेको ड्रग दिएर पठाएको रहेछ, त्यही भएर त यस्तो उस्तो भएको रहेछ" भन्दै, केही त्यही drugको side effect र केही drugको नाम सुनेर phychological habituation जस्ता symptoms हरु सुनाउनु भयो । अनि बल्ल मैले सम्झिए आफ्नो medical life को पहिलो दिन । त्यही सोचबाट गुज्रिएको थिए, त्यस्तै मानसिकता, उहीँ बिचार । त्यसैले बुझाउन पर्छ भन्ने आफ्नो कर्तव्य सम्झेर "ठिकै छ यो औसधि, यसको लागि यहि औसधि नै हो । सबै औसधि लाई हामिले drug भन्छौं, त्यसैले drug भन्ने शब्द निस्केको हो" भनेर । तर, drug को WHO को defination सुनाउने कुरा आउथेन । त्यसैले " सबै औसधि नियमित रुपमा खानु, ठिक हुन्छ" भन्दै बिदा भए ।
drugको नाम सुनेर तर्सिएको थियो अनुहार । सायद त्यो दिन निन्द्रा परेन होला उहालाई । dependance भएको जस्तो भएको थियो होला मानसिक रुपमा पनि। डाक्टरलाई पनि गाली गर्दै हुनुन्थ्यो होला, मनमनै । त्यसपछि त्यो औसधि खानुभयो या छोड्नु भयो थाहा भएन । उहाले केही भन्नुभएन, म सोध्दै गइन ।

एकदिन एउटा टाढिन खोजेको नजिकको non-medico साथी संग हिडिरहेको थिए । केही समय अगाडिबाट टाउको दुखेको थियो । नजिकैको pharmacy छिरेर, NSAIDs किने ।
"किन गएको त्यहाँ?" उसले सोध्यो ।
"drug लिनु थियो एउटा" मैले भने ।
drugको नाम सुन्नासाथ मलाई खाउला झै हेर्‍यो र म बाट अल्लि टाढा गएर तर्किएर सोध्यो, "ड्रग लिन्छौं ?"
त्यति भनिसकेको पछि मैले उसले के बुझ्यो भन्ने कुरा बुझिसकेको थिए, आफ्नो medical lifeको पहिलो दिन सम्झिए, तर उसलाई drugको परिभाषा बुझाउन मन लागेन, त्यसले सिधै रुपमा नबुझेझै गरि उत्तर दिए, " अ ! टाउको दुखिराखेको थियो, त्यसले।"
ड्रग भन्ने शब्द मेरो लागि नौलो थिएन, मेरो लागि ठूलो थिएन, मेरो लागि गलत थिएन, मेरो लागि गलत अर्थ बोकेको थिएन । तर त्यही शब्द त्यो साथिको लागि ठूलो लाग्यो, गलत अर्थ बोकेको लाग्यो । त्यसैले त्यो साथी गएर अरु साथी लाई सुनाउन भ्याईसकेको रहेछ, "त्यो त डाक्टर पढ्न गएको, बिग्रेर drug लिने भैसकेको रहेछ" भन्दै । पछि नजिकै रहन खिजेको नजिकैको साथिले सुनायो ।
आफ्नो भाषामा म सहि थिए, बुझ्ने ले गलत बुझ्यो। अझ भनौ समाजले गलत बुझ्यो । सामाजिक भाषाले गलत बुझ्यो । टाउको दुखेर NSAIDs मात्र त लिएको थिए, भन्दै drug को defination र त्यो औसधिको बारेमा उसलाई बुझाए, असल मित्र थिएन सायद, बुझाउदा पनि बुझेन, भनेको पनि पत्त्याएन । बिश्वास पनि गरेन । सायद उ सोचाइको सानो थियो, या सानो सोच भएको समाजमा हुर्केको । नबुझ्ने या बुझ्न नचाहने । बुझाएर नबुझेपछी, अब बुझाउनुको औचित्य रहेन । अफु आफ्नो ठाउमा सहि छु । बुझ्ने ले जे सुकै बुझुन भनेर त्यसको कुरालाई defence गर्न भन्दा ignore गर्नु सहि सम्झिए । ignore गरे ।

हो ! यस्तै समाजमा बोलिचालीको शब्द र हामिले प्रयोग गर्ने शब्दमा अन्तर आउदा, कहिलेकाही निकै समस्या पर्ने गर्छ । drug, tonsil, ulcer, gastric, आदि जस्ता धेरै शब्द प्रयोगमा medico र non-medico ले छुट्टाछुट्टै बुझ्छन् । यहि शब्द प्रयोगमा अन्तर आएर, साना देखि ठुलै समस्या दैनिक रुपमा भोग्नु परेको हुन्छ । हो ! यसको बुझाई फरक छ। यसको अर्थ फरक छ । यसको भाषा फरक छ ।


अन्ततः यस घटना तथा घटनाका पात्रहरु काल्पनिक हुन् । कसैको वास्तविक जीवन संग मेल खान गएमा संयोग मात्र हुनेछ ।

स्वास्थ खबरमा छापिएको Date: 28/12/2016

Thursday, May 19, 2016

गौरव आचार्य !!


गौरव आचार्य,
आचार्य, अचार्य, अचारे,
हो त, नाम मै रैछ अचार,
अचार त सबैतिर मिल्ने,
जताततै अटाउन सक्ने,
हरेक ठाउमा समेटिन सक्ने,
सबैलाई स्वाद दिने खालको हुनुपर्छ ।
तर यो नामको मात्र अचार छ,
अचारको बिशेषता छैन यसमा,
हो! यो अचार मीठो छैन,
बेस्वादिलो छ, फिक्का ।
तागत नदिने छ, अल्नो ।
एकदम अत्याउने छ, पिरो ।
च्वास्स पार्ने छ, अमिलो ।
पचाउन नसकिने छ, तितो ।
कताकता नमिलेको,
खै के मिसाउन छुटेको,
या खै के धेरै हालेको ।
पकाउदा पकाउदा डढेको,
या कताकती काचै रहेको ।
हो ! यो अचार स्वादिलो छैन ।
यो अचार चाख्न पनि सकिन्न ।
अनुहार बिगृन्छ, कोक्याएर ।
मुख बटारिन्छ, तितो भएर ।
जिब्रो पड्किन्छ, अमिलो भएर ।
आँसु चुहिन्छ, पिरो भएर ।
तैपनि यो अचार आफू स्वादिलो सम्झन्छ,
आफुमा सबै कुरा ठिक्क छ सम्झन्छ ।
त्यसैले त राम्रो कुरा भन्दा, मुन्टो बटार्छ ।
अर्ति दिदा, फुर्ती लाउछ ।
सम्झाउन खोज्दा, झर्किन्छ ।
राम्रो काम गर भन्दा, तर्किन्छ ।
नराम्रो काम नगर भन्दा, कर्किन्छ ।
म नुन थपिदिन खोज्छु, नुनिलो बनाउन ।
म पखालिदिन खोज्छु, पिरो हटाउन ।
म कागती हान्न खोज्छु, तितो कटाउन ।
तर यो नामको मात्र अचार ।
तितो नै ठिक मान्छ ।
पिरो नै जाती ठान्छ ।
अल्नो नै बेस मान्छ ।
कमसेकम आफ्नो बानी सुधार्न भन्दा ।
हो ! यो अचार फिक्का छ,
बेस्वादिलो छ ।
नामको मात्र अचार,
अचार, अचारे, आचारे, आचार्य,
गौरब आचार्य ।।

अन्ततः कसैको बास्तबिक जीवन संग मेल खान गएमा, संयोग मात्र हुनेछ ।।

Wednesday, May 18, 2016

क्रान्ति : एउटा पढ्नै पर्ने उपन्यास


परिक्षाको प्रेसर सक्काएर, धेरै महिना पछि बल्ल बिदा पाएको थिए । यो बिदामा यो गर्छु, त्यो गर्छु भनेर धेरै सोचेको थिए । परिक्षाको बेला भएर होला, मस्तिष्कमा धेरै कुरा खेल्थे, आफैलाई भुलाउन भएपनि बिदामा के गर्ने योजना बनाएर बस्थे । मनमा खेलेका धेरै योजनाका बिच, एउटा प्रमुख प्राथमिकतामा थियो - क्रान्ति !

क्रान्ति, नेपाली उपन्यास, लेखक: डा. सुदिप अर्याल । बागलुङमा कार्यारत युवा डाक्टर । पछिल्लो केही महिनामा अप्रत्यक्ष रुपमा चिनेको थिए । फेसबुक र टुइटर मार्फत । विशेषगरी "डि एस ओ यान" र "ओर्ड वारियर" बाट । क्रान्ति उपन्यासको चर्चा साथसाथै वहाँ कै ब्यक्तिगत पोस्ट र कमेन्ट  हरुले । डाक्टरले, अझ युवा डाक्टरले लेखेको उपन्यास भनेपछि युवा बर्गलाई लक्ष्यित गरेर, उपन्यासमा मेडिकल साहित्यको पनि प्रयोग गरेको हुनुपर्छ भन्नेमा पुर्ण आशावादी थिए । त्यसैले त परेको थियो प्रमुख प्राथमिकतामा ।

सकियो परिक्षा, बन्द भए टेक्स्ट् बुकहरु । खोलिए, उपन्यास र अन्य अतिरिक्त किताबहरु । सबैभन्दा सुरुमा, प्रमुख प्राथमिकतामा रहेको "क्रान्ति" । क्रान्ति उपन्यासको शीर्षक भनेपछि बिसयमाबस्तु पनि त्यही क्रान्ति अर्थात् परिवर्तनको सेरोफेरोमा घुमेको हुनुपर्छ भन्ने लागेको थियो । फेरि युवा डाक्टर, मेडिकल साहित्यलाई पनि उत्तिकै स्थान दिएको हुनुपर्छ भन्ने लागेको थियो । मेडिकल क्षेत्रमा परिवर्तन हो कि भन्ने पनि कताकता सोचेको थिए । तर, मेडिकल क्षेत्रमा धेरै परिवर्तन गर्नु पर्ने त थियो, तर त्यो क्रान्ति बरु माहाभारतको कथा जस्तो बन्थ्यो, उपन्यास बन्ने भन्दा । त्यसैले के होला, कस्तो क्रान्ति होला भन्ने उत्सुकता थियो । अनि बिसयबस्तु कसरी, कता मोडिएको छ भन्ने खुल्दुली । त्यही खुल्दुली मेटाउन, सुरु गरे उपन्यास क्रान्ति ।

पाठक भएर पढ्दा पनि एउटा कमजोरी छ मेरो । प्रमुख पात्र को छ भन्ने थाहा नपाइन्जेल उपन्यासको भाब बुझ्न हम्मेहम्मे पर्छ । त्यही समस्या भोग्नु पर्यो यो उपन्यासमा पनि, सुरुका केहि पेज पढ्दा सम्म । त्यसले त झन् उत्सुकता बढेको पनि थियो । उपन्यासको प्रस्तुतकर्ता भनेको "म" पात्र भन्ने बुझेपछि, "म" पात्र को होला ? कसले प्रस्तुत गरिरहेको छ भन्ने बुझ्न दौडाउदै थिए अँखा उपन्यासका पानामा । केही पेज पढिसकेपछी बल्ल थाहा भयो प्रमुख पात्र लेखक आफै हुनुहुदो रहेछ भन्ने । त्यसपछि झन् उत्सुकता जाग्यो । अप्रत्यक्ष रुपमा भनेपनी चिनेको मान्छेले प्रस्तुत गरेको बिसयबस्तु भनेपछि पढ्न झन् रमाइलो लाग्यो । ठाउँ परिवेश पोखरा नै भएपछि, सेरोफेरोमा घुलमिल हुन समय लागेन । बिचबिचमा मेडिकल शब्दहरु साहित्यिक रुपले छिराउदा अझ रमाइलो लाग्थ्यो ।

पढ्दै गरे उपन्यास, बढ्दै गए पानाहरु, दौडिदै गए आखाहरु, अक्षर-अक्षरमा । डुब्दै गए म कथामा, हराए साहित्यमा । यति सम्म डुबे कि, आफैलाई पोखराका पब हरुमा रामाउदै गरेको पाउन थाले । क्रान्ति संग प्रत्यक्ष भेट भएको कल्पनामा हराए ।  आफ्नो भबिस्य पनि त्यस्तै हुनेवाला थियो, करिब २/३ बर्ष पछि, यहि पोखराको सेरोफेरोमा, उस्तै दैनिकी, उस्तै साथीहरू, र उहीँ "डाक्टर साब" भन्ने उपनाम । त्यसैले प्रस्तुतकर्ता को ठाउमा आफुलाई राखेर कल्पना गर्न खासै गाह्रो भएन । र रमाउदै गए उपन्यासको कथामा । डुब्दै गए बिसयबस्तुमा । यति सम्म डुबे कि प्रमुख पात्र क्रान्ति कस्तो रहेछ भन्ने उत्सुकता जागेर, "क्रान्ति पाण्डे" भनेर फेसबुकमा सर्च गरे । "भिके थेरापी" भन्ने विकिपेडियामा सर्च गर्न पुगे, नभेटेपछि "भिके स्पिच थेरापी", "भिक्टर-क्रान्ति थेरापी" भनेर सुद्द सर्च गरे । "अल्वयेज फर यु नेपाल" भन्ने गित युटुबमा खोजे । नभेटेपछि बल्ल ख्याल गरे, यो त उपन्यासको कथा पो हो । काल्पनिक होला भन्ने बल्ल दिमागमा आयो । त्यसपछि बल्ल उपन्यास पढेको मजा आयो । आफू कल्पनामा डुबेर, यथार्थमा हराएको हुदा । लेखक प्रती पनि छुट्टै सम्मान आयो, उपन्यासको कथा, बिसयबस्तु यथार्थ शैलीमा ढाल्न सफल भएकोमा ।

किशोर अबस्थाको मनोबिज्ञान लाई उतारिएको यस उपन्यासमा, जुन क्रान्ति गर्न खोजियो, त्यो अहिलेको समयको माग छ । हो ! बिकास गर्नु पर्छ सोचाइ, बराबर मान्नु पर्छ छोराछोरी । त्यहा भने जस्तै शिक्षित समुदाय बाटै थालिनु पर्छ यो परिवर्तन, यो लैंगिक भेदभाव विरुद्धको क्रान्ति । सबै अभिभावक, क्रान्तिको ड्याडी मम्मी जस्तै हुनु पर्छ, अनि बल्ल सम्भब छ अहिलेको समयको माग, यो परिवर्तन, यो क्रान्ति ।

Monday, April 11, 2016

गुच्चा भित्रका बुट्टा !!


विभिन्न रङ्गका,
विभिन्न बुट्टाका,
गुच्चा बजाउदै,
गुच्चा खेल्न जान्थे म,
गुच्चा जित्न जान्थे म,
गुच्चा बटुल्न जान्थे म ।
तर, गुच्चा खेल्न भन्दा,
जम्मा गर्न रमाइलो लाग्थ्यो ।
त्यो पनि थरिथरी रङ्गका ।
थरिथरी बुट्टाका ।
सिङ्गो गुच्चा भन्दा,
गुच्चा भित्रको बुट्टा,
अझै राम्रो लाग्थ्यो ।
त्यसैले त खेल्न भन्दा,
जम्मा गरेर बस्थे ।
त्यही बुट्टाले मन लोभ्भिएर
भित्रको मात्र निकाल्न चाहान्थे ।
फुटाले गुच्चा,
भित्रको बुट्टा भेटिन ।
फुटाउदा हराएको जस्तो लाग्यो,
अर्को फुटाले,
अझै भेटिएन ।
अर्को अर्को अर्को,
गर्दै सबै फुटाए,
तर सबै प्रयास बिफल भए,
त्यो बुट्टा कहिल्यै भेटिएन ।
तर उत्सुकता मेटिएन ।
र आज सम्म पनि सोच्छु,
आखिर भित्र के राखेको हुन्छ ?
पारी क्षितिजको इन्द्रेणी जस्तो ।
आकाशको त्यो जुन जस्तो ।
सधै देखिने,
आफू संगै भएको,
तर पाउन गाह्रो,
आफ्नै बनाउन गाह्रो ।
त्यो गुच्चा भित्रको बुट्टा ।


Sunday, April 10, 2016

पोखरा !!

ए ए भुइचालो आयो ।
हैन रहेछ, डुङ्गा आएको रहेछ ।
शान्त पानीलाई छचल्काउदै ।
पानी छचल्किदा, हिमालको आकृति हल्लेको थियो ।
हिमाल नै हल्लिएको जस्तो महसुस भएको थियो ।
बैशाख १२बाट मोबाईल vibrate गरेपनि तर्सिन्छु,
भुइचालोमा च्यापिएर मेरो पनि खुट्टा गएको थियो ।
अघि सम्म त झुक्किएको रहेछु,
हिमाल भन्दै निकैबेर तालमा हेरे ।
पानी हल्लिएर आकृति बिगृयो,
अनि बल्ल आँखा हिमालमा परे ।
भर्खर उदाएको घाम ठोक्किएको थियो,
राता राता गाला बनाउदै लजाएको थियो,
हालसालै भित्रीएकि नौलो बुहारी जस्तै ।
ब्याकग्राउण्ड उहीँ थियो, गाडा निलो,
हिमालको माथी, आकाशको ।
फेवा तालमा, पानीको ।
त्यसैले त छुट्याउन मुस्किल पर्थ्यो,
कुन हिमाल, कुन तालमा परेको आकृति भनेर,
पानी शान्त भै बसिन्जेल सम्म ।
डुङ्गाले पानी नछचल्काए सम्म ।
भुकम्पले ताल नहल्लाए सम्म ।
माछापुच्छ्रे थियो, सतर्क भै उभिएको,
पोखरामा आउने सबैलाई स्वागत गर्न,
नमस्ते गर्ने मुद्रामा ।
अन्नपूर्ण थियो, हात फिजाएर बसेको,
सबै पर्यटकलाई hug गर्न,
अंगालोमा बेर्ने मुद्रामा ।
माछापुच्छ्रे पुर्बेली समाजलाई स्वागत गर्थ्यो,
अन्नपूर्ण पश्चिमेलि समाजलाई ।
नमस्ते र अंकमाल गर्दै ।
स्वदेशी देखि बिदेशी,
बुढापाका देखि बयस्क,
सभ्य देखि असभ्य,
धार्मिक देखी मनोरञ्जनात्मक,
माछापुच्छ्रे दर्शन गर्ने देखि, अन्नपूर्ण अंगाल्ने,
हो ! प्राय सबै पर्यटकको भिड हुन्थ्यो ।
जमिन मुनि हिड्ने सेतिको बगर, पोखरामा ।
तालै तालको शहर, पोखरामा ।
हिमाली काखको नगर, पोखरामा ।



Saturday, April 9, 2016

टुबोर्ग Strong


आज अल्लि कडा नै लिए ।
concentrationको कडा हैन,
नामको मात्र कडा !
कडा भन्नले strong !
Tuborg Strong !
तर केबल 4-8% मात्र हुन्छ ।
उघृयो बिर्को, निस्किदै गरे पिढा हरु ।
हाल्दै गए ग्लासमा, उम्लदै गए गफ हरु ।
भरियो ग्लास, पोख्खिदै गए भावना हरु ।
snacksको प्लेट थिएन आज ।
cold drinks बिना नै सुरु गरे ।
भावना लाई dilutant बनाउन सोचे ।
गफ लाई नै सितन बनाउन रोजे ।
जति जति रक्सी चढाउदै थिए म,
त्यति त्यति मात चड्दै थियो मलाई ।
50mg/dl पुग्दा गफ मात्र फुरे,
euphoriaमा रम्दै थिए ।
100mg/dl पुग्दा बोली लड्बडाउन थाल्यो,
आत्मबल बढाएर जम्दै थिए ।
150mg/dl पुग्दा भावनाहरु बसमा थिएनन्,
निन्द्रा लाग्यो पनि भन्दै थिए ।
300mg/dl पुग्दा भावना उम्लिन पुगेछन्,
शारीरिक पिढा पनि कम हुँदै थिए ।
400mg/dl पुग्दा छोएको थाहा नपाउने भएको थिए,
coma मा नै पुग्दै थिए ।
यत्तिकैमा त्यही पल्टिए म,
बोतल लाई नै सिरानी मानेर ।
टेबललाई नै बिस्तारा ठानेर ।
रक्सी लाई नै सिरक भनेर ।
होश सबै गुमेको थियो ।
दिमाग पुरै घुमेको थियो ।
मातले मलाई चुमेको थियो ।
हो! आज quantityमा अल्लि बढेको थिए ।
हो ! यति धेरै खान हुन्न भनेर पनि पढेको थिए ।
हो ! बेहोशि भै म लढेको थिए ।
होस खुल्दा थाहा भयो,
ईमर्जेन्सी मा ल्याइपुर्‍याएका रहेछन् ।
हातमा vein खोलिएको थियो ।
नाकमा Ryle's tube जोडिएको थियो ।
standमा NS with 10%glucose थियो,
thiamine पनि त्यसैमा घोलेर राखिएको ।
fomepizole टेबलमै रैछ खोलेर राखिएको ।।

Wednesday, April 6, 2016

म लेख्छु किन ??


कापी खोल्दिन, मोबाइल खोल्छु ।
कलम समाउदिन, keyboard चलाउछु ।
सेतो पानामा हैन, स्क्रिनमा लेख्छु ।
आधुनिकताले मलाई पनि छोएको छ ।
बैज्ञानिक युगमा म पनि चल्न सिकेको छु ।
समय संगै म पनि अघि बढ्न सिकेको छु ।
तर, मोबाइलमा टाइप गरेकोमा,
आत्मियता पाउदिन,
आफ्नोपन पाउदिन ।
आफैले लेखेको जस्तो भान हुदैन ।
सायद, सबैका अक्षर उस्तै भएर होला ।
सबैले कपि गर्न सक्ने भएर होला ।
त्यसैले त अनुकुल मिले अनुसार,
कलम चलाउछु,
कापी खोल्छु,
कलम समाउछु,
दौडाउछु, सेतो क्यानभासमा,
अक्षर अक्षर मिलाई, शब्दलाई जन्म दिदै ।
लेख्न जाने पनि, नजाने पनि ।
राम्रो लेखे पनि, नराम्रो लेखे पनि ।
चित्त बुझे पनि, नबुझे पनि ।
हो! म कापिका लेखमा, आत्मीयता पाउछु ।
आफ्नो पन पाउछु ।
आफ्ना अक्षर नराम्रो भएपनी चित्तबुझ्दो हुन्छ ।
आफ्ना अक्षर देख्दा आफ्नै हुन् जस्तो लाग्छ ।
त्यसैले त म कलमले लेख्न रुचाउछु,
सायद, कलम धेरै पुरानो साथी भएर होला ।
७ बर्से भन्दा १७ बर्से सम्बन्ध प्यारो भएर होला ।
मलाई लेख्न सिकाएको पनि यसैले भएर होला ।
मोबाइलमा लेख्दै मेट्टाउन भन्दा,
कापिमा सोचेरै शब्द छान्न सहि लाग्छ ।
लेख एउटै भएपनि,
शब्द उहीँ भएपनि,
भाब त्यही भएपनी,
कलमले लेखेको उपयुक्त लाग्छ ।
कलमले लेखेकै गुणस्तरीय लाग्छ ।
कमसेकम मोबाइलमा टाइप गरेको भन्दा ।।

Tuesday, April 5, 2016

रिस भगाउने


अस्ति बाट म रिसाउन थालेको ।
हिजो रिस संग रिस उठ्यो,
आज रिस मार्न रिससंग झगडा पर्‍यो ।
ओइ रिस, किन उठ्दै छस् ?
सम्झाउन खोजे, अब नउठ भनी ।
गाली गरे, मेरो समय नलुट भनी ।
बिन्ती गरे, मेरो विरुद्धमा नजुट भनी ।
निर्जीव थियो, भनेको के मान्थ्यो ?
फिलिङ थियो, काबुमा बस्न के जान्थ्यो ?
म भाग्न खोज्थे, यसले आफै तिर तान्थ्यो ।
केही सीप लागेन मेरो,
रिस अझै भगेन मेरो ।
रिस मार्न एकान्तमा गए ।
सबैसंग टाढा भए ।
म संगसंगै रिस पनि गयो ।
मेरो पिछा नछाड्ने भयो ।
भेट्टिएनन् रिस मार्ने उपाय ।
रिस संग हार खाए ।
युद्धबिराम गर्न चाहे ।
मुर्खलाई उल्टै उस्काए जस्तो भयो ।
आफैलाई झन् जिस्काए जस्तो भयो ।
अन्त्यमा एउटा बिन्ती गरे,
सपनामा नआउ भनी,
सुत्न खोजे, एकछिन निन्द्रा परेन ।
निदाउन खोजे, आखा बन्द भएन ।
पछि रिस आफै हार मानेछ क्यारे,
निन्द्रा पर्‍यो, सुते म ।
आखा बन्द भयो, निदाए म ।
उठ्दा रिस बिर्सिसकेको रैछु ।
रिस भागी सकेको रैछ ।
हो ! म रिस मार्न सफल भए ।
रिस भगाउन सफल भए ।

Saturday, April 2, 2016

अब म्यासेज नगर ।।


सोचे ।
धेरै बेर सोचे ।
म सोची रहे ।
के म्यासेज आयो यो भनी ।
मलाई पठाएको म्यासेज हैन जस्तो लागेछ मनलाई ।
त्यसैले त कुरिरहे ।
सरि सरि झुक्किएर म्यासेज गएछ ।
अर्कैलाई पठाउन खोजेको तिम्लाई गएछ ।
keyboard को prediction on रैछ ।
auto reply भएको रैछ ।
हो यस्तै यस्तै म्यासेज को पर्खाइमा थिए म ।
तिम्रो म्यासेजको पर्खाइमा ।
पर्खिए ।
पर्खिदैछु तिम्रो म्यासेज ।
म्यासेज नगर्न भनेपछि मैले गर्न मिल्दैन ।
सायद,मानव जाति बुझ्ने मान्छे भएर होला,
मलाई पनि बुझ्न कर लाग्यो ।
शभ्यताले एउटा बाध बाध्यो आज,
उनलाई म्यासेज पठाउन को लागि ।
तिम्रो म्यासेज रोक्कियो, 
तर तिम्रो याद आइरख्यो ।
धडी भने घुमी राख्यो,
तर समय रोक्कियो ।
घडी निकैबेर घुमेपछी सोच्न कर लाग्यो ।
तैपनि जान्दाजान्दै एउटा मुर्खता गरे,
नगर भनिसकेपछि फेरि म्यासेज गरे,
हो ! शभ्य्ताको बाध फुट्यो ।
र आट गरेर replyलेख्न मन लाग्यो,
केबल लेख्न सके त,
"okay bye"

अफ्ट्यारो बिनाको लजाइ !!




जानेरै आखा छोप्न,
आँखा छोप्पियोस भनेर,
खुल्ला छाडेको कपाल ।
गाजल लगाउदा बिगृएको,
बिगारेर लगाएको गाजल,
सुन्दर ठुला आँखा,
myopic eye जस्तै,
तर चस्मा बिनाका ।
क्याड्बडिको स्वादका,
सुन्तलाका केस्रा जस्ता,
मोतिझै जस्तै टल्किएका,
रसिला ती ओठहरु ।
हिउँ जस्तै सेता,
एकदमै चिल्ला,
छुनै रहर लाग्ने,
कमला ती गाला हरु ।
एकोहोरो हेरिरहेको हुन्थे म,
ठिक तिम्रो अगाडि बसेर ।
अफ्ट्यारो मान्थ्यौ तिमिले,
लजाउथ्यौ तिमी ।
अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेरिरहन चाहान्थे म ।
हो एकोहोरो हेरिरहदा,
अल्लि अफ्ट्यारो मानेको झै गरि,
लजाउदै,
शिर झुकाउदै,
पछाडि फर्कन्थ्यौ तिमी ।
त्यही त म चाहान्थे,
लजाउ तिमी,
केबल लजाएको हेरिरहु म ।
त्यही लजाएको अनुहारमा माया लुकेको थियो,
त्यही सुन्दर आँखा भित्र मेरो तस्वीर थियो,
त्यही कपालमा मेरा हल्केलाका डाम थिए,
त्यही गालामा मेरो ओठका छाप थिए ।
हो! ती सबै कुरा पढ्न सक्थे म तिमी भित्र ।
सोच्थ्यौ होला तिमी,
पछाडि फर्कदा पनि किन मतलब छैन,
किन अफु तिर फर्कन भनेको छैन ।
हो ! म तिमिलाई अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेर्न चाहान्थे ।
जुन आज बल्ल मैले हेर्न पाएको थिए ।
अफ्ट्यारो बिनाको लजाइ ।
हो ! एकोहोरो हेरिरहेको हुन्थे म,
तिमिले पछाडि फर्केको,
तिमी लजाएको ।
तिमिलाई थाहा थिएन,
थाहा दिनु हुन्थेन,
नत्र त्यो लजाइ फेरि अफ्ट्यारो मा बदलिन्थ्यो ।
मेरा आँखा कहाँ थिए पनि हेक्का राखेनौ,
तिमिलाई ख्याल थिएन त्यो कुरा,
त्यसैले त लजाइ मात्र राख्यौ,
अफ्ट्यारो नमानी,
हो ! तिम्रो पछाडि ऎना थियो ।

Sunday, March 20, 2016

आत्तिएका अनुहारका त्रसित आखाहरु ।।


अस्ति भर्खर हो क्यारे रमाउदै जाडो महिनाहरु मनाएको, सक्किसकेछ । त्यसैले अब एकएक गर्दै ती रमाइला क्षणहरु यो सिजनका लागि टाढा जाँदै छन् र भएका सबै किताब जोशका साथ नजिक आउदै छन् । यत्रतत्र छरिएका किताब एकैठाउमा जम्मा हुँदै । र्‍याकमा धुलोले छोपिएका किताब, धुलो उडाउदै निस्किदै छन् बाहिर । टेबलमा ठूलो चाङ बनाउदै । हो ! जाडो टाढिदै जादा, परिक्षा नजिकिदै गइरहेको छ । हुन पनि हो, समय चल्न नसके पनि घडी त घुमिरहेकै छ ।

समय नपाएर या समय पाएर पनि आफू ब्यस्त छु भन्ने देखाउन । कपाल काट्न नभ्याएको जसरी या दारी फाल्न फुर्सद नमिलेको जसरी । कान छोप्ने कपाल पालेर या गाला छोप्ने दारी पालेर । बैरागी जस्तै बनेर । धुमधाम परिक्षाको तयारीमा जुटिरहदा, कसैलाइ याद आउदैन कि आफ्नो सरिरको पनि ख्याल गर्नु छ भनेर, त्यसैले त कपाल काटिदैनन्, दारी फालिदैनन् । सायद आफुलाई भन्दा परिक्षालाई महत्त्व दिएर होला । सरिरलाई भन्दा किताबलाई बढी माया गरेर होला ।

जता हेरे पनि उहीँ उदासिला अनुहार, उहीँ झ्याप दारिले भरिएका अनुहार । होस्टेल देखि लाइब्रेरी सम्म । ग्राउन्ड फ्रोर देखि टप फ्रोर सम्म । जतापनी उहीँ बैरागी अनुहार । सायद पछिल्लो एक महिना देखि हास्न बिर्सिएका अनुहार हुनुपर्छ । अलिअलि त्रास मिसिएको, अलिअलि आश मिसिएको, तर बिल्कुलै निरास अनुहार । त्यही निरास अनुहारका त्रसित आखाहरु करिब एक महिनाबाट कसैको पर्खाइमा रहेको जस्तो प्रष्ट देख्न सकिन्छ । त्यसैले त नाचिरहेका छन् दैनिक केयुको वेबसाईटमा ।

कसैको मुखबाट निस्किन्छ 'इक्जाम त यो मितिबाट भए सबै मजाले पढेर भ्याउने थिए' । त्यही आवज दोस्रो ब्यक्तिबाट निस्किन्छ, तेस्रो ब्याक्तीको कानमा 'यो मितिबाट सुरु हुन्छ रे' । तेस्रो, चौथो, पाचौं, छैटौं, या सातौ सम्म पुग्दा त्यही प्रथम ब्याक्तीको इच्छा, अधिकाअरिक स्रोतबाट आएको कुरा हो भन्दै हल्ला चल्छ । आत्तिएका अनुहार त छन्, पत्याइहाल्छन् । नजिकैको मितिको हल्ला चल्यो भने ती हतोत्साहित अनुहार अझ आत्तिएर, खुम्चन बिर्सदैनन् । अल्लि टाढाको मितिको हल्ला चल्दा, झुस्स दारिले भरिएका गालाहरु तन्किन बिर्सिदैनन्, संगै रहेको ओठ मुस्कुराउदा ।

रातभर सुत्न बिर्सिएर होस् या बिहान उठ्न बिर्सिएर । पढ्दा पढ्दै निदाएर होस् या निदाउदै पढेर। किताबलाई बिस्तारा सम्झएर होस् या कलमलाई सिरानी सम्झेर, लडिरहन्छ टेबलमाथी नै । पढे पनी, नपढे पनि । याद भएपनि, याद नभएपनी । बुझे पनि, नबुझे पनि । घोके पनि, नघोके पनि । सम्झिए पनि या बिर्सिए पनि । पढिरहन्छ उ एकोहोरो, टेबलमाथी नै । सुत्न खोज्दा उसलाई निन्द्रा लाग्दैन । पढ्न खोज्दा उसलाई निन्द्रा लागेको जस्तो हुन्छ । बरु टेबलमै निदाउछ उ, तैपनि बिस्ताराको छेउछाउ जान डराउछ, निन्द्रा लाग्ने डरले । निदाउने डरले । त्यसैले उ लडिरहन्छ टेबलमाथी नै ।

दोहोर्‍यर फेरि पढ्नका लागि बिर्सिएर होस् या बिर्सिनका लागि पढेर, याद हुने आशामा पढिरहन्छ । पढ्दा उसलाई याद हुदैन कि उसले यो छिट्टै बिर्सिन्छ भन्ने, तर पढिसकेपछी उसलाई याद हुदैन कि उसले के पढेथ्यो भन्ने । तैपनि उ पढिरहन्छ । याद गर्न बिर्सेर, सम्झिन बिर्सेर, घोक्न बिर्सेर, बुझ्न बिर्सेर । या भनौं सुत्न बिर्सेर, निदाउन बिर्सेर, रमाइलो बिर्सेर, साथी भाइ बिर्सेर, सबै कुरा बिर्सेर, या भनौं आफैलाई नै  बिर्सेर । पढिरहन्छ उ किताब । लडिरहन्छ उ किताबमाथी नै ।।

Monday, March 14, 2016

मेडिकल मुक्तक संग्रह भाग : १

मुक्तक 1:
हे WHO! 
दुनिया हेर भनी आँखा नचाइदेउ बरु 
screeningगरेर भएनि जचाइदेउ बरु 
Vision2020ले धान्दैन हाम्रो पुस्तालाई 
प्रेममा अन्धो हुनेको आँखा बचाइदेउ बरु

मुक्तक  2:

समय के हो, exam ले बताउन थालेछ ।
 किताबको थुप्रोले दिमाग तताउन थालेछ ।
 खाने समय त मिल्दैन, stress उत्तिकै,
 epigastric pain ले सताउन थालेछ ।।

मुक्तक  3:
सधै भोलिभोलि भन्दै,पछि सराएर हुन्न । 
चाडै नहोस् भन्दै,आत्तिएर कराएर हुन्न ।
 राम्रोprepareगरेर,अबexamदिइन्छ, 
हिम्मत गर सबै जना,सधै डराएर हुन्न । 

मुक्तक 4:
तन्काए बरु नाताको डोरि,छिन्न सकिन
 दुखमा रमाउन सिके,खुशी किन्न सकिन 
हो! Dactylography पनि पढेको छु मैले
 तर,स्वार्थी यो दुनियाँमा मान्छे चिन्न सकिन

 मुक्तक 5:
ज्यानको बाजि राखेर,तिम्रैमाया गरुला बरु 
सकुशल मान्छे,mortuary मै झरुला बरु
 प्रेमलाई Disaster मानी Manage गरे 
Traige गर्दा Black zoneमा नै परुला बरु

मुक्तक  6:
जिवित हैन, लासको मात्र मन छुनेछौ तिमी 
आखा रुझाइ मलाईनै अंगाल्दै हुनेछौ तिमी 
हुन्छ! तड्पाएर नै मारे हुन्छ बरु मलाई
 autopsyमा मुटुभरी माया देखि रुनेछौ तिमि 

मुक्तक 7:
ComMedमा blindness पढ्न लाइयो आजै।
 Cataract,GlaucomaकोDataपाइयो आजै। 
सबैभन्दा बढीPrevalenceतLoveको होला, 
प्रेममा कति अन्धो भए,Data चाहियो आजै।

मुक्तक 8:

शंका नगरी मेरो कुराको भर परेको भए 
misunderstandingचुपचाप टरेको भए
 multifactorial causeले सम्बन्ध बिगृयो
 सपृन्थ्यो होला,Prim.Preventionगरेको भए

मुक्तक  9:
आफुलाई नै आफ्नो माया नलाएर होला
 एकपलपनि नछुट्टिने कसम नखाएर होला
 deaf childत बोल्न जान्दैन,बोलि नसुनेर
 मैले माया गर्न नजानेको,माया नपाएर होला

 मुक्तक 10:
न प्रशंसा गर्छु,न कुरा काट्न सक्छु । 
न मन दिन्छु,न अरुसंग साट्न सक्छु । 
एकदमैDilemmaको Phaseमा छु, 
न झर्न चाहान्छु,न माथी आट्न सक्छु ।। 

मुक्तक 11:
कहिलेकाही देखभेट हुदा मन जलाएर आउछ 
काटेको बोटले झन् मिठोफल फलाएर आउछ 
re-emerging natureको छ तिम्रो माया, 
eliminate गरिसकेपछि फेरि पलाएर आउछ।

 मुक्तक 12:

किताबकोBedमा चढिरछु सुत्न बिर्सेर 
कलमकोPillowमा लडिरछु सुत्न बिर्सेर
 insomniaहुन्छ,चाहेर पनि निद्रा पर्दैन
 हो!Robotले जसरी पढिरछु सुत्न बिर्सेर

 मुक्तक 13:

तिम्रो मनमा छाएको अनुभव कहिल्यै भएन 
बाचा कसम खाएकोअनुभव कहिल्यै भएन 
साचो माया गर्दा,Occult Love गर्थेउ
 तिमी प्रत्यक्ष माया पाएकोअनुभव कहिल्यै भएन

मुक्तक  14:

पढिरहेको आफ्नो गति बिचमै रोक्न भन्दा। 
अनायासै पढाइको यत्रो बोझ बोक्न भादा। 
Robbins Patho बरु पढ्न सजिलो थियो, 
ComMed का National Plan घोक्न भन्दा।

मुक्तक  15:
अघि बढ्दै थियौ,तिमी फर्केर हिड्यौ 
सम्झाउदै थिए म,उल्टै झर्केर हिड्यौ
 अचानो सम्झ्यौ क्यारे,चोट कयौ दियौ
 antibioticदिनुपर्ने,नुन छर्केर हिड्यौ 

मुक्तक 16:
प्रमाण खोज्दै,चारैतिर आँखा नचाएर आउ 
मलाइ लगाएका सबै दोष आफै पचाएर आउ 
macropsia मा झै सबै कुरा बढाएर देख्छौ
 post. uveitisहोला,एकचोटी जचाएर आउ

 मुक्तक 17:

तड्पाएर यो मुटुमा आगो जलाइ दिन्थ्यौ। 
III CN palsyगराइLPSगलाइ दिन्थ्यौ। 
हो!ptosisमा झै आँखा खुल्न मान्थेनन् 
जब काखमा राखी कपाल चलाइ दिन्थ्यौ।

मुक्तक   18:
समय खेर नफालम भन्दै बुद्दी साचिराछ 
पढ्ने क्षमता कति छ भन्दैIQजाचिराछ
 हो!Squintपढ्दै छु,symptomपनि हेर्दै 
पढ्दा पढ्दै दिमाग संगै आँखा नाचिराछ 

मुक्तक 19:
निदाउदै किताबमा नै घिसृन्छु सधै । 
उठेपछिexamसम्झी तर्सिन्छु सधै ।
 पढ्न पनि यति गहिराइमा पढ्छु नि, 
केtopicपढिराछु भन्ने नै बिर्सन्छु सधै ।।

मुक्तक  20:
सबैभन्दा ठूलो चोट त मैले पाएको छु 
ShockभएरAdrenalineलाएको छु 
मुटुमा लागेको पिढा त मलाइ सोध बरु 
३००बर्ष साथ दिने साथी गुमाएको छु 

मुक्तक 21:
ventilatorमा बसेर आजसम्म टिकेको छु 
तिम्ले देको चोटकोbandageझिकेको छु 
माफ गर!अब तिम्लाइ खुसीराख्न सक्दिन
 समय संगै रमाएर,म पनि हास्न सिकेको छु

मुक्तक  22:

Hot Fomentn माग्दा,आगो बाल्दियौ तिम्ले 
Dark Gogs लाएथे,त्योपनि फाल्दियौ तिम्ले 
आखामा सजाउदाCorneal Ulcerगरायौ 
Atropineखोज्दा,Steroid हाल्दियौ तिम्ले

मुक्तक  23:

समयनै यहि होभन्दै जोपनि पढ्न थाल्छ 
खान सुत्न बिर्सेरtableमानै सड्न थाल्छ 
अरुबेला भगवान कहिल्यै सम्झन्नन होला 
जबexamनजिकिन्छ,आस्था बढ्न थाल्छ

मुक्तक  24:
आसुआउने गरिआखामा सर्न सक्छौ तिमि 
 Moodअनुसारअन्तै पनि झर्न सक्छौ तिमि
 Chlamydiaको जस्तैpropertyछ तिम्रो 
जहाँ राखिदिएपनि ठिक्क पर्न सक्छै तिमि 

मुक्तक 25:
पहिरो मुनिरिसको,सधैमलाइ पुरेर बस्छौ 
suffocationहोलाभन्दैमलाई कुरेर बस्छौ 
तिम्लाइthyroid eye diszछ झै लाग्छ 
dalrymple signमा झै,मलाई घुरेर बस्छौ

मुक्तक  26:

उडि हिड्ने तिमी एक्कासि झरेझै गर्छौ 
कहिलेकाही त मेरैloveमा परेझै गर्छौ
 तिम्रोमायाlight house signझै लाग्छ 
घरीघरी मात्र एकदमै माया गरेझै गर्छौ

मुक्तक 27:
यत्रोबेर निदाएर टारिदिए,networkनभएर 
निन्द्रानै साझमा सारिदिए,networkनभएर 
criminal abortionको मुद्दाचलाउ अब 
अनगिन्तीमुक्तक मरिदिए,networkनभएर

मुक्तक  28:
examको attendanceमा Aनलाए पुग्छ 
viva दिने बेला आफ्नो पालो नआए पुग्छ 
हरेक medicoको लक्ष्य यहि होला सायद, 
answerभन्न परै जाओस्,गाली नखाए पुग्छ 

मुक्तक 29:


Friday, January 1, 2016

एकै ठाउमा राखेथे,कित्ता फरक भयो।
 बाधेर राख्न खोजे,फित्ता फरक भयो।
हो साच्चै,दुइटा हुदो रैछ मान्छेको मन,
 कोठामै थुनेर राख्दा,भित्ता फरक भयो।।