आजकाल मुना,टिना भैसकिन,
मदन पनि निकै मोडर्न भैसके।
"टिना-मडन"का मोडर्न मोडर्न कथा लेख्न आउ।
ल्हासा जाने कथा हैन,खाडी जाने कथा लेख्न आउ।
माया प्रेमका कुरा हैन,बस्ना र प्यासका कथा लेख्न आउ।
साग सिस्नु खाएर आनन्द हैन,पिज्जा बर्गर लेख्न आउ।
मानिस ठूलो दिलले हैन,पैसाले हुन्छ भनी लेख्न आउ।
हो देवकोटा ! तिमी मोडर्न मोडर्न कथा लेख्न आउ ।
किनकि मोडर्न हुनखोज्दा धेरै परिवर्तन भैसकेको छ,
खाडी नगइ चुलो बल्दैन आजकाल ।
माया प्रेमका कुरा चल्दैन आजकाल ।
साग सिस्नु कतै फल्दैन आजकाल ।
पैसा नभई त सिन्को ढल्दैन आजकाल ।
तिमी पनि पागल थियौ अरे तिमो जमानामा।
अहिले पनि हामिसंग एउटा पागल छन्Dr.kC,
निशान छाप लागाएरै घोषणा गरिएका पागल,
र त्यही पागललाई समर्थन गर्ने करोडौं पागल,
तिमी हाम्रा युगका पागललाई भेट्न आउ ।
साहित्यको खिल्ली उडाउनेलाई रेट्न आउ ।
"दिलले ठूलो हुन्छ"भनेको हरफ मेट्न आउ ।
हो देवकोटा तिमी फेरि आउ यस धर्तिमा,
नेपाली साहित्यमा दियो बाल्न आउ।
बोक्रे साहित्यकारको मुख टाल्न आउ।
हाम्रा पागलसंगै मिलेर लडाइ थाल्न आउ।
भ्रस्टाचारको विरुद्धमा कलम चाल्न आउ।
तानाशाही हरुलाई कुर्सीबाट फाल्न आउ।
दुरुपयोग गर्नेलाई महाअभियोग हाल्न आउ।
अलिअलि बाकी रहेको सुशासन पाल्न आउ।
जनताको काम नगर्नेहरुको सत्ता ढाल्न आउ।
हो देवकोटा तिमी फेरि आउ हाम्रो लोकतान्त्रिक नेपालमा ।।
No comments:
Post a Comment