Search This Blog

Monday, January 2, 2017

घाइते रुख !!


पोहोर काटिएको घाउ बिस्तारै पुरिदै थियो
हांगा फैलाएर लटरम्म रुख भरिदै थियो
मेरो हरियालीको तारिफ पनि गरिदै थियो
हुर्किदै थिए म,झ्यामिदै थिए,फैलदै थिए ।

तर आज अचानक आरोप लाग्यो मलाई
मैले मानिसहरुको घाम छेके अरे
हल्लिएर हावा चलाए अरे मैले
जाडो भयो अरे यहाँ मेरै कारणले

यो त मेरालागि केही नया थिएन
पहिला मैले नै घाम छेकेको थिए
तर त्यतिबेला,सितल बनाएको थिए
पहिला पनि हावा चलाउथे
गर्मीको रवैया लाई मथ्थर पारिदिन्थे

तर किन अस्तिको देवता आज दानव बन्न पुगे
सितल दिदा दिदा आज जाडो बनाए
मानिसको इच्छा बिपरित काम गरे
ठूलो अपराध गरेझैं सजाय सुनाइयो
काटियो मलाई
हागा बिगा सबै झारियो
लुटियो मेरो अस्तित्व
खोसियो मेरो फैलने अधिकार
धरापमा पारियो मेरो बाच्ने अधिकार
तर टुप्पोमा अलिकति बाकी राखिएको छ
तड्पाई तड्पाई मार्न खोजिएको छ
यी मानिस चाहदैनन् कि म मरिहालु
किनकि यिनिहरु लाई थाह छ,
गर्मीमा म अत्यन्त जरुरी हुनेछु
भगवान सरह रहनेछु मानिसका लागि,
कम्तिमा घाम छेकेर सितलता दिने काममा
पात हल्लाएर सितल हावा दिने काममा


अहिले नकाटे पनि केही महिनामा आफै झर्ने थिए
तर निकै आतुर थिए मानिस
मलाई काटेर जाडोमा घाम ताप्न
चिसो हावा रोकेर आफ्नो स्वार्थ पुरा गर्न

तर घाइते बनाएर छाडिएको छ मलाई
टुप्पोमा अलिकति पात बाहेक सबै काटिएको छ
आज बुझे मानिस कति स्वार्थी हुदो रहेछ,
कमसेकम आफुलाई फाइदा हुने काममा ।।

2 comments:

  1. रुख काटिएपनी यो 2017 सालमा सपनाका पालुवाहरु उसैगरी पलाउँदै जाउन। haapy new year!

    ReplyDelete
    Replies
    1. आश गरौं, बसन्त ॠतु चाडै आउनेछ, रुखको लागि र हाम्रो सपनाको लागी ।
      तिमिलाइ पनि happy new year !!

      Delete