खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।
तिम्रो आवाज मैले सुन्न सक्न पर्यो,
कसैले नसुन्ने एकान्तमा कराएर हुदैन ।।
मनमा लागेका कुरा पोख्न सक्न पर्यो,
गुम्सिएका भावनाले मुटु भराएर हुदैन ।
तिमी त मेरै वरिपरि बस्न सक्न पर्यो,
खोज्ने बेलामा अझ उल्टै हराएर हुदैन ।
छाडेर जान लाग्दा रोक्न सक्न पर्यो,
बिलौना गर्दै आँखा भरी गराएर हुदैन ।
खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।
No comments:
Post a Comment