Search This Blog

Friday, January 23, 2015

त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

जमात यता पनि थियो, भिड उता पनि ।
तर यता नेपालको झणडा उठ्यो ।
उता भने कुर्सी , टेबल र माएक उठे ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

नारा यता पनि लागिराथ्यो, हल्ला उता पनि ।
तर यता संविधान देउ को लयमा घन्किराथ्यो ।
उता संविधान नबनाउने भनेर चय्ठ्ठिरथ्यो ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

शहनै नसक्ने त यता पाए , केहि उता पनि ।
तर यता पाउनु सम्म दुःख र धोका पाए ।
उता भने युवराज ले नपाउने सुख पाए ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

केहि त यता पनि भरियो, केही उता पनि ।
तर यता अँखा भरी आसु भरियो ।
उता भने, सुकेको ज्यानमा पनि मासु भरियो ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

भुडी यता पनि फुटे , पेट उता पनि ।
तर यता बम, बारुद पड्केर फुटे ।
उता buffet, dinner नअटेर फुटे ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।