Search This Blog

Wednesday, December 10, 2014

सडक बालक ।।

घरको छतमा एक्लै बसेको छु ।
भित्र सुत्न मन लगेन ।
बाहिर शीत लहर परि रहेको छ ।
तर कुनै प्रबाह छैन ।
केहि न-ओढ्ने संकल्प छ ।
तर जाडो महसुस भएको छैन ।
कसैले ओढाइदिने आश छैन ।
तर पनि आज कत्ति जाडो भछैन ।
मोदि आएर नेपाल तताए अरे ।
तेसैले जाडो नभएको नि होइन ।
उनीले नै नेपाल तताएको भए,
शीतलहर नी पर्थेन होला ।
के आज साच्चै जाडो नभएको होला ?
होइन, जाडो भएको छ मलाई ।
तर वास्ता गरेको छैन मैले ।
किनकि मलाई बिश्वास छ ।
भोलि बिहनै घाम लग्नेछ ।
मज्जाले लग्ने छ घाम ।
शीत सुकाएर ओभनो पार्ने गरि ।
आजको जाडो बिर्साउने गरि ।
घामको रापले पोल्ने गरि ।
चिट चिट पसिना आउने गरि ।
ते्हि आशले सुतेको छु ।
कुनै जाडोको आनुभव नगरी ।

प्रसङ्ग : घर तल एउटा सडक बालक सुतिरहेको छ । तर फरक, मलाई यो फेस्बुकमा हल्न कथा जस्तो बन्यो, यो लेखेपछी त म भित्र गएर सुत्छु । तर उ भने तेहि भोलि बिहानको घामको पर्खैइमा छ । तेहि सुतेको उ, वस्ता नगरिएको मानिस, आधिकार खोसिएको राष्ट्रप्रेमी, नागरिकता नभएको रास्ट्रबासी, आस्तित्व हरयएको नागरिक, तिरस्कृत भएको आस्तित्व, समाजले दीएको तिरसकर । एउटा चिनिन नसकेको मान्छे । एउटा सडक बालक ।।