अस्ति भर्खर हो क्यारे रमाउदै जाडो महिनाहरु मनाएको, सक्किसकेछ । त्यसैले अब एकएक गर्दै ती रमाइला क्षणहरु यो सिजनका लागि टाढा जाँदै छन् र भएका सबै किताब जोशका साथ नजिक आउदै छन् । यत्रतत्र छरिएका किताब एकैठाउमा जम्मा हुँदै । र्याकमा धुलोले छोपिएका किताब, धुलो उडाउदै निस्किदै छन् बाहिर । टेबलमा ठूलो चाङ बनाउदै । हो ! जाडो टाढिदै जादा, परिक्षा नजिकिदै गइरहेको छ । हुन पनि हो, समय चल्न नसके पनि घडी त घुमिरहेकै छ ।
समय नपाएर या समय पाएर पनि आफू ब्यस्त छु भन्ने देखाउन । कपाल काट्न नभ्याएको जसरी या दारी फाल्न फुर्सद नमिलेको जसरी । कान छोप्ने कपाल पालेर या गाला छोप्ने दारी पालेर । बैरागी जस्तै बनेर । धुमधाम परिक्षाको तयारीमा जुटिरहदा, कसैलाइ याद आउदैन कि आफ्नो सरिरको पनि ख्याल गर्नु छ भनेर, त्यसैले त कपाल काटिदैनन्, दारी फालिदैनन् । सायद आफुलाई भन्दा परिक्षालाई महत्त्व दिएर होला । सरिरलाई भन्दा किताबलाई बढी माया गरेर होला ।
जता हेरे पनि उहीँ उदासिला अनुहार, उहीँ झ्याप दारिले भरिएका अनुहार । होस्टेल देखि लाइब्रेरी सम्म । ग्राउन्ड फ्रोर देखि टप फ्रोर सम्म । जतापनी उहीँ बैरागी अनुहार । सायद पछिल्लो एक महिना देखि हास्न बिर्सिएका अनुहार हुनुपर्छ । अलिअलि त्रास मिसिएको, अलिअलि आश मिसिएको, तर बिल्कुलै निरास अनुहार । त्यही निरास अनुहारका त्रसित आखाहरु करिब एक महिनाबाट कसैको पर्खाइमा रहेको जस्तो प्रष्ट देख्न सकिन्छ । त्यसैले त नाचिरहेका छन् दैनिक केयुको वेबसाईटमा ।
कसैको मुखबाट निस्किन्छ 'इक्जाम त यो मितिबाट भए सबै मजाले पढेर भ्याउने थिए' । त्यही आवज दोस्रो ब्यक्तिबाट निस्किन्छ, तेस्रो ब्याक्तीको कानमा 'यो मितिबाट सुरु हुन्छ रे' । तेस्रो, चौथो, पाचौं, छैटौं, या सातौ सम्म पुग्दा त्यही प्रथम ब्याक्तीको इच्छा, अधिकाअरिक स्रोतबाट आएको कुरा हो भन्दै हल्ला चल्छ । आत्तिएका अनुहार त छन्, पत्याइहाल्छन् । नजिकैको मितिको हल्ला चल्यो भने ती हतोत्साहित अनुहार अझ आत्तिएर, खुम्चन बिर्सदैनन् । अल्लि टाढाको मितिको हल्ला चल्दा, झुस्स दारिले भरिएका गालाहरु तन्किन बिर्सिदैनन्, संगै रहेको ओठ मुस्कुराउदा ।
रातभर सुत्न बिर्सिएर होस् या बिहान उठ्न बिर्सिएर । पढ्दा पढ्दै निदाएर होस् या निदाउदै पढेर। किताबलाई बिस्तारा सम्झएर होस् या कलमलाई सिरानी सम्झेर, लडिरहन्छ टेबलमाथी नै । पढे पनी, नपढे पनि । याद भएपनि, याद नभएपनी । बुझे पनि, नबुझे पनि । घोके पनि, नघोके पनि । सम्झिए पनि या बिर्सिए पनि । पढिरहन्छ उ एकोहोरो, टेबलमाथी नै । सुत्न खोज्दा उसलाई निन्द्रा लाग्दैन । पढ्न खोज्दा उसलाई निन्द्रा लागेको जस्तो हुन्छ । बरु टेबलमै निदाउछ उ, तैपनि बिस्ताराको छेउछाउ जान डराउछ, निन्द्रा लाग्ने डरले । निदाउने डरले । त्यसैले उ लडिरहन्छ टेबलमाथी नै ।
दोहोर्यर फेरि पढ्नका लागि बिर्सिएर होस् या बिर्सिनका लागि पढेर, याद हुने आशामा पढिरहन्छ । पढ्दा उसलाई याद हुदैन कि उसले यो छिट्टै बिर्सिन्छ भन्ने, तर पढिसकेपछी उसलाई याद हुदैन कि उसले के पढेथ्यो भन्ने । तैपनि उ पढिरहन्छ । याद गर्न बिर्सेर, सम्झिन बिर्सेर, घोक्न बिर्सेर, बुझ्न बिर्सेर । या भनौं सुत्न बिर्सेर, निदाउन बिर्सेर, रमाइलो बिर्सेर, साथी भाइ बिर्सेर, सबै कुरा बिर्सेर, या भनौं आफैलाई नै बिर्सेर । पढिरहन्छ उ किताब । लडिरहन्छ उ किताबमाथी नै ।।