Search This Blog

Wednesday, January 25, 2017

केबल उनको गल्ती थियो !!


उसकै चिन्ताले गर्दाHypertensionभयो।
StrokeसंगसंगैHeart Failureगराउन,
Stress,रक्सी अनि चर्को नुनको गल्ती थियो।।

चुरोटलेCOPDत पहिल्यै गराइसकेको थियो।
Respi.FailureरPolycythemaगराउन,
Kidneyपुग्ने Hypoxicखुनको गल्ती थियो।।

Trismusभएर मुख नै राम्रोसँग खोलिएन।
OralUlcerरSubMucusFibrosisहुन,
पानमा हुने Tobaccoर चुनको गल्ती थियो।।

झगडा पर्दाCorneaको वरिपरि चोट लाग्यो।
रातिमा नदेख्नेNight Blindnessगराउन,
अस्थाएको घाम र मधुरो जुनको गल्ती थियो।।

कानमा समस्या देखिएर सुन्न पनि छाड्यो।
पहिलेTinnitus,पछिDeafnessगराउन,
सधैको किचकिच र चर्को धुनको गल्ती थियो।

को कस्तो भनी मान्छे चिन्न असफल भयो उ।
मान्छे नचिन्ने खालको मानसिक रोग गराउन,
बैगुनिलाई लगाउन पुगेको गुनको गल्ती थियो।

आर्थिक कमजोरी अझ त्यो माथी पनि बिरामी।
रोग बल्झिन साथसाथै जिबनस्तर नाजुक हुन,
घरजग्गा,भौतिक सम्पत्ति र सुनको गल्ती थियो।।

गरिब त्यसमाथि पनि बिरामी भनेर छाडेर गइ।
छाडेर जानुमा यी त देखाउने बहाना मात्र हुन,
यस्तो बिरामी गराउन केबल उनको गल्ती थियो।।

Sunday, January 22, 2017

आत्महत्या गरेर के जित्यौ??


आफुलाई माया गर्नेहरुको आँखा भरेर के जित्यौ?
आफन्तलाईनै रुवाएर आत्महत्या गरेर के जित्यौ??
तिम्रो खुशी आफ्नै सम्झी रमाउने कयौं थिए यहा,
त्यस्ता फ्यानहरुको ओठमा निराशा छरेर के जित्यौ?

दिनरात दुख गरेर त्यत्रो माथी पुगिसकेको थियौ,
शिखरमा चढिसकेर पनि हार मानी झरेर के जित्यौ?

लाखौं फलोअर्स र हजारौं फ्यान बटुलेकै थियौ,
सेलिब्रेटीको जिबनबाट हत्यारामा सरेर के जित्यौ?

के'था अगाडिको जिबन उज्यालो पो थियो कि,
जानिजानी आफै मृत्युको मुखमा परेर के जित्यौ?

आफुलाई माया गर्नेहरुको आँखा भरेर के जित्यौ?
आफन्तलाईनै रुवाएर आत्महत्या गरेर के जित्यौ??

Wednesday, January 11, 2017

खुलेर भन मनको कुरा !!


खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।
तिम्रो आवाज मैले सुन्न सक्न पर्‍यो,
कसैले नसुन्ने एकान्तमा कराएर हुदैन ।।

मनमा लागेका कुरा पोख्न सक्न पर्‍यो,
गुम्सिएका भावनाले मुटु भराएर हुदैन ।

तिमी त मेरै वरिपरि बस्न सक्न पर्‍यो,
खोज्ने बेलामा अझ उल्टै हराएर हुदैन ।

छाडेर जान लाग्दा रोक्न सक्न पर्‍यो,
बिलौना गर्दै आँखा भरी गराएर हुदैन ।

खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।

Monday, January 2, 2017

घाइते रुख !!


पोहोर काटिएको घाउ बिस्तारै पुरिदै थियो
हांगा फैलाएर लटरम्म रुख भरिदै थियो
मेरो हरियालीको तारिफ पनि गरिदै थियो
हुर्किदै थिए म,झ्यामिदै थिए,फैलदै थिए ।

तर आज अचानक आरोप लाग्यो मलाई
मैले मानिसहरुको घाम छेके अरे
हल्लिएर हावा चलाए अरे मैले
जाडो भयो अरे यहाँ मेरै कारणले

यो त मेरालागि केही नया थिएन
पहिला मैले नै घाम छेकेको थिए
तर त्यतिबेला,सितल बनाएको थिए
पहिला पनि हावा चलाउथे
गर्मीको रवैया लाई मथ्थर पारिदिन्थे

तर किन अस्तिको देवता आज दानव बन्न पुगे
सितल दिदा दिदा आज जाडो बनाए
मानिसको इच्छा बिपरित काम गरे
ठूलो अपराध गरेझैं सजाय सुनाइयो
काटियो मलाई
हागा बिगा सबै झारियो
लुटियो मेरो अस्तित्व
खोसियो मेरो फैलने अधिकार
धरापमा पारियो मेरो बाच्ने अधिकार
तर टुप्पोमा अलिकति बाकी राखिएको छ
तड्पाई तड्पाई मार्न खोजिएको छ
यी मानिस चाहदैनन् कि म मरिहालु
किनकि यिनिहरु लाई थाह छ,
गर्मीमा म अत्यन्त जरुरी हुनेछु
भगवान सरह रहनेछु मानिसका लागि,
कम्तिमा घाम छेकेर सितलता दिने काममा
पात हल्लाएर सितल हावा दिने काममा


अहिले नकाटे पनि केही महिनामा आफै झर्ने थिए
तर निकै आतुर थिए मानिस
मलाई काटेर जाडोमा घाम ताप्न
चिसो हावा रोकेर आफ्नो स्वार्थ पुरा गर्न

तर घाइते बनाएर छाडिएको छ मलाई
टुप्पोमा अलिकति पात बाहेक सबै काटिएको छ
आज बुझे मानिस कति स्वार्थी हुदो रहेछ,
कमसेकम आफुलाई फाइदा हुने काममा ।।