Search This Blog

Thursday, July 13, 2017

भानुभक्त नेपाली भाषा उद्धार गर्न आउ !!

२९असार२०७४;२०४औ भानु जयन्ती,
आजको दिन भानुलाई याद गर्नु पर्‍यो।
उनको नाममा दुइचार शब्द भर्नु पर्‍यो।
लेख्न थाले उनका बारे,कलम समाएर।
उन्लेनै बनाएको नेपाली भाषामा रमाएर।
चर्चा गर्न चाहन्छु उनेले लेखेका कृतिको।
खण्डन गर्दै,घटेको इच्छा र बढेको विकृतिको।


नेपाल एकीकरण कस्ले गरेको हो सोध्दा,
सबैले पृथ्वीनारायण शाहको नाम लिन्छन्।
एकीकरणको जस सबै उनैलाई नै दिन्छन्।
भाषाले एकीकृत भएको कसैले बुझेका छैनन्।
पृथ्वीनारायण सरह नै तिम्लाई पुजेका छैनन्।
पृथ्वीनारायणले भौतिक रुपमा एकीकरण गरे।
तिम्ले भाषाले नैतिक रूपमा एकीकरण गर्यौ।
नेपाली भन्न पाउन दुबैको हात थियो भने।
तिमी ओझेलियौ,उनी आकर्षणको केन्द्र बने।

अनि भानुभक्त,
अर्को एउटा खुल्दुली पनि यहि पूरा गरौ न।
बिधालयको नतिजाको एकचोटि कुरा गरौ न।
अंग्रेजीमा९०आउदा नेपालिमा ६०आउछ,
अंक थोरै आउने भएर,थोरै महत्त्व पाउछ।
किन थोरै आयो एकचोटि सोच्नुपर्ने हैन र?
यो समस्याले भाषाबिदलाई घोच्नुपर्ने हैन र?
बोल्न सजिलो भएपनि,लेख्न किन गारो मान्छन्?
अंग्रेजीलाई अंगालेर नेपाली किन तारो मान्छन्?

घरीघरी मात्र बोल्ने अंग्रेजीमा९०अंक ल्याउदा,
जतिबेलै बोल्ने नेपालीमा ६०अंक मात्र आउछ।
बोलिचालिको भाषा भएपनि लेख्न गाह्रो लाउछ।
यो कुरा त कताकता नमिलेको जस्तो भएन र?
आफ्नै भाषा ओझेल परि,महत्त्व अन्त गएन र?

भानुभक्त एकचोटि फेरि तिमी आउन पर्ने भएको छ।
नेपाली भाषालाई अझ सरल बनाउन पर्ने भएको छ।
सझिलो बनाएर विद्यार्थीलाई नेपाली पढाउन आउ।
नया पुस्ताको नेपाली भाषा प्रति मन बढाउन आउ।
कि त भाषाबिदलाई थोरै लचकता देखाउन भनिदेउ।
अनि सरल तरिकाले नेपाली भाषा लेखाउन भनिदेउ।

भानुभक्त,
यसरी नेपालीको महत्त्व घट्ने क्रम बढ्यो भने।
अंग्रेजी मात्र सुधार गर्न खट्ने क्रम बढ्यो भने।
नेपाली भाषा बिस्तारै लोप नहोला भन्न सकिन्न।
नेपाली आमाको मन पनि नरोला भन्न सकिन्न ।
आगामी पुस्ताले नेपाली भाषा बोल्ने आशा नै नरहे!
अनि रहैला हामी नेपाली कहा,नेपाली भाषा नै नरहे!
हो!भानुभक्त नेपाली भाषाका विकृति सुधार गर्न आउ।
सरल बनाएर,इच्छा बढाउने गरि यसको उद्धार गर्न आउ ।

Thursday, June 29, 2017

अलार्म !!

मेरा लागि अलार्म बिउझाउन कम,
सम्झाउन बढि प्रयोग भएका छन् ।
५मिनेटको छोटो निद्रा देखी,
१८घण्टा सम्मको लामो सुत्ने समय ।
तर, नतोकिएको निदाउने समय ।
निद्रा पनि शरीरको आवश्यकता हैन,
समयको माग अनुसारका हुन्छन् ।

घरमा हुदा प्रायः
बिहानै पुजा गरेर आमाले घण्टी बजाउदै गर्दा,
घामका किरण लजाउदै आइपुग्छन कोठामा,
ढोका नढक्ढकाइ,झ्यालबाट भित्र छिरेर
र चकिलो प्रकाश अनुहार भरि छरेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

होस्टेल हुदा प्रायः
साथिहरु, चिर्‍रर्‍र...गर्ने ढोका बिस्तारै खोलेर,
रुम पार्टनर रिसाउला कि भन्ने जोखिम मोलेर ।
अघिल्लो दिनको उठाउने सल्लाह अनुसार,
तोकिएको समयमै कोठामा आएर हल्ला गरेर,
शरीरलाई झकझकाउदै "उठ्..उठ्" भनेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

कहिले घामको तापले,
त कहिले कामको चापले ।
कहिले पुजाको घण्टीको आवाजले,
त कहिले छिमेकको अन्टिको आवाजले ।
कहिले सुत्दा सुत्दा थाकेर,
त कहिले निद्रा लाई नै धितो राखेर ।
कहिले साथीहरूको हल्लाले,
त कहिले आफ्नै मनको सल्लाहले ।
कहिले चराहरु कराएर,
त कहिले यत्तिकै निद्रा हराएर।
कहिले आमाका छनछन बज्ने चुराले,
त कहिले बुबाको बोलीका तीखो छुराले ।
यिनै कुराले निद्राबाट बिउझाउने काम गर्छन्,
बिस्तारा बाट उठाउने काम गर्छन्,
मेरो जिबनमा अलार्मको काम गर्छन् ।

र सबैभन्दा धेरै चोटि जिम्मेवारीले बिउझाउछ,
समयको माग अनुसारको बाध्यताले उठाउछ,
बिना कुनै आवाज,मौन तरिकाले।
भौतिक रुपको कुनै अलार्म बिना,
आफुले खाएका कसम नै अलार्म बनेर,
आफुले राखेको लक्ष्य नै अलार्म बनेर,
आफुले देखेका सपना नै अलार्म बनेर,
आफ्नो मनका इच्छा नै अलार्म बनेर,
आफ्नो कर्तव्य नै अलार्म बनेर,
आफ्नो पेशा नै अलार्म बनेर ,
आफ्नो दैनिकी नै अलार्म बनेर !!

Wednesday, April 5, 2017

परिक्षा तयारी

बढेको गर्मी
खलखल पसिना
कोठाकै बास

अनिधो रात
दिनरात पढाइ
फुलेका आखा

पालेको दारी
बैरागी अनुहार
ब्यस्त जिबन

आफ्नै तनाब
परिक्षाको समय
बोधो दिमाग

ठुला किताब
नसक्ने पाठ्यक्रम
जारी कोशिश

मनमा आस्था
पास भइने आश
अन्तिम जाच

Monday, April 3, 2017

मेरो परिचय !!


त्यसको नाम यो,
त्यसको थर यो,
फलानोको छोरा,
फलानोको दाइ,
फलानोको साथी,
कसैले नामले चिन्छन मलाई ।

त्यो यो पेशामा आबद्द,
त्यसले यो काम गर्ने,
यो क्षेत्रमा रुचि राख्ने,
यसको लागि यो गरेको,
यो काममा अघि सरेको,
कसैले कामले चिन्छन मलाई ।

त्यसको ठेगाना यो,
त्यसको घर यहा,
त्यहा पढेको,
त्यहा काम गरेको,
त्यो ठाउमा बस्ने,
कसैले ठामले चिन्छन मलाई ।

हो!कसैले नामले चिन्छन,
कसैले भने कामले चिन्छन,
त कसैले ठामले चिन्छन।

कसैले नामले भन्दा बढी कामले चिन्लान।
कसैले कामले भन्दा बढी ठामले चिन्लान।
कसैले ठामले भन्दा बढी नामले चिन्लान।

कसैले नाम मात्र भन्दा नचिन्न सक्छन्।
कसैले काम मात्र भन्दा नचिन्न सक्छन्।
कसैले ठाम मात्र भन्दा नचिन्न सक्छन्।

कसलाई के परिचय दिनु,
आफै अस्पष्ठ छु म,
मेरो परिचय नै अस्पष्ठ छ!
मेरो परिचय नै अपुरो छ!!

Friday, February 24, 2017

भाङ खान डराए !!

मलाई भाङ खान मन नभएको कहाँ हो र?
खाएर दिनभर नशामा झुलिएला भनेर डराए।

त्यसरी झुलेर कोठामै बस्न त के हुन्थ्यो र?
थाहै नपाइकन यताउता डुलिएला भनेर डराए।

यताउता डुलेर मात्र त के नै पो हुन्थ्यो र?
नशामै ससाना कुराहरु चुलिएला भनेर डराए।

चर्का चर्की त भोलि सेलाउन सक्थ्यो,
बोल्दा बोल्दै लफडामा घुलिएला भनेर डराए।

लफडा पर्दा पुलिसले समाउन सक्थ्यो,
आफू संगै साथिभाइ हुलिएला भनेर डराए।

पुलिसले हुले त भोलि छुटी हालिन्थ्यो,
आजसम्म पढेको सबै भुलिएला भनेर डराए।।

Friday, February 17, 2017

बिदाइ !!


ए दाइ ! बधाई छ है !!
हात तेर्साएर भनेको थिए,
ओठ भरिको हासोका साथ।
धन्यवाद भाइ धन्यवाद !
तेर्साएको हातलाई मायाले समाएर,
मुस्कुराउन नबिर्सी प्रतिउत्तर आयो।

तत्कालै पछाडिबाट मधुरो आवाज,
हेर्दाहेर्दै अब त जाने बेला हुन लाग्यो।
कहाँ जाने बेला हुन लाग्यो र दाइ ?
कहा सधै यही बसेर हुन्छ र भाइ,
सक्किएपछि त जानू पार्‍यो नि ।
ओहो! दाइको त यहाँ सक्किन लागिसकेछ,
दाइको त जाने बेला पनि भैसकेको रहेछ,
दाइले त बिदा माग्ने बेला भैसकेको रहेछ ।
दाईलाई त बिदाइ गर्ने बेला भैसकेको रहेछ ।
बधाई दिएर भ्याइनसक्दै,बिदाई दिने बेला भएछ।

साढे चार बर्ष बिताएको समय,
तिता मिठा अनगिन्ती अनुभव,
एउटै बाटोमा हिड्दा कतै धक्का लाग्यो होला।
एउटै समयमा हिड्दा कतै आखा जुध्यो होला।
एउटै ठाउमा एकैचोटि बोल्दा चित्त दुख्यो होला।
त्यसैले,
अन्जानमा भएका गल्ती बिर्साउन।
चित्त दुखाएको भएमा माफी माग्न।
अन्तिम क्षण अबिस्वास्निय बनाउन।
र छुटिने बेला मिठा याद मात्र पठाउन।
आयोजना गरियो,
एउटा छोटो औपचारिक कार्यक्रम,
तर यादहरुले भरिएको लामो कथा।
एउटा सानो मायाको चिनो,
तर जिन्दगीभर पुग्ने मीठो सम्झना।
हो! दाजु-भाइको सम्बन्ध गाढा बनाउन,
दाइले भाइलाई गर्ने माया बढाउन,
भाइले दाइलाई गर्ने सम्मान झल्काउन,
र यस्ता ससाना कुराको अनुभव गराउन,
बन्दोबस्त गरियो, चाजोपाजो मिलाइयो,
दिदि - दाइ हरुलाई दिने बिदाइको ।


कलेज आएको सुरुसुरुका दिनमा,
मिठा गाली सुन्ने बानी परेको थियो,
तर कहिलेकाही ती गाली सुन्न नपाउदा,
यी कानले हजुर लाइ नै खोज्ने गर्थे ।


तेस्रो बटनको नियमले शिर निहुराउदा,
अगाडि कोहि छ कि छैन भनेर,
डराउदै शिर उठाएर, छड्के हेराइमा,
यी आखाले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षा एकदमै नजिकिदै जादा,
प्रोफेसरले दिएको नोट नपाउदा,
र सेलेबसको अत्तोपत्तो नहुदा,
यि मनले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षाको ठिक अघिल्लो दिन,
डराएर पढेको केहि सम्झिन नसक्दा,
आत्तिएर एकदमै त्रासले भरिएका
यी अनुहारले हजुर लाइ नै खोज्ने गर्थे ।


परिस्थितिले संगै हुन मौका नमिल्दा,
मस्तिष्कले हजुरलाई नै सम्झने गर्थ्यो,
हजुरको नाम उच्चारण गर्न नपाउदा,
यि जिब्रोले हजुर लाइ नै खोज्ने गर्थे ।

पहिलो चोटि बिरामीको जाँच गर्ने बेला,
जति कोशिश गरेपनि प्रक्रिया मिल्थेन,
किताबमा लेखिएअनुसार गर्न नसक्दा,
यी हातहरुले हजुर लाइ नै खोज्ने गर्थे ।

यत्रो संगै बसेर छुट्टिने बेलासम्म आउदा,
औपचारिक बिदाइको कार्यक्रम संगसंगै,
सम्झनालाई कैद गर्नलाई कलम चलाउदा,
यो कलमले हजुर लाइ नै खोजिरहेका छन् ।


पछि गएर जिबनको कुनै मोडमा,
सिकाएकै कुरा उपभोग गर्न पाउँदा,
अहिले सिकेका दिन याद आउनेछ,
ती यादले हजुर लाइ नै खोज्ने वाला छन् ।

हो!! दाजु यो बिदाइ कार्यक्रम यसैको लागि हो!
यि याद सधै जिवित राख्ने सर्तका साथ बिदाइ।
सम्पर्क कहिल्यै नटुटाउने बाचाका साथ बिदाइ।
सम्बन्ध प्रगाढ बनाउने कसमका साथ बिदाइ।
बिताएका पल नबिर्सने बिश्वासका साथ बिदाइ।
भबिस्यमा उत्तरोत्तर प्रगतिको कामनाका साथ बिदाइ।

Tuesday, February 14, 2017

प्रणय दिवसमा चिकित्सालाई पत्र !!


प्रिय चिकित्सा,

सर्बप्रथम प्रणय दिवसको शुभकामना !!
जिन्दगीको लामो यात्रामा, अन्तिम सास सम्म पनि तिमी संगै जिबन बिताउने अठोट बोकेको भएर, पत्रमा तिमिलाई, प्रिय भनेर सम्बोधन गरे, थाहा छैन यो कति सम्म सम्बोधन गर्न लाएक छ । त्यही तिम्रो न्यानो पनको मायाले गर्दा भावनामा वहकिएर सम्बोधनमा पनि समआदरणीय सर्बनाम 'तिमि' प्रयोग गरे, थाहा छैन यो पनि कतिको लाएक छ भन्ने । औंला दिदा नाडी नै निलिदिने बानिको प्रभाव यहाँ पनि परेर हुनसक्छ, त्यही तिम्रो आत्मियताको न्यानो छाहरी पाएर, मात्तिएको मनले तिमिलाई 'तिमी' भनेर सम्बोधन गर्दै, तिम्रो नामको अगाडी प्रिय् लेखिदिएछ हातमा भएको कलमको सहायताले, थाहै नपाइ ।

पुरानो डाएरिका च्यात्तिएका पाना पल्टाउदा पनि एकिनका साथ भन्न सकिन कि, मैले तिमिलाई कहिलेदेखि मन पराउन थालेको थिए भन्ने । तर यत्ति सम्झना छ, तिमिलाई मनमनै मन त्यही दिन पराएको थिए, जुन दिन नजिकैको आफन्त बिरामी भएर हस्पिटलमा भर्ना गरेर राख्दा भेट्न जाने सिलसिलामा, एउटा सोतो पोसाकमा आएकी महिला आएर एकै सासमा भन्नुभयो, "डाक्टर'साप राउन्डमा आउदै हुनुहुन्छ, एउटा बिरामीको एउटा मात्र कुरुवा बसिदिनु होला, अनि हल्ला नगरी बसिदिनुहोला" । माछाबजार जस्तो ठाउमा डाक्टर आउने भनेपछि भिड साम्य र हल्ला मथ्थर । त्यस्तो देखेर मलाई पनि ती डाक्टरलाई हेर्ने रहर जागेर आयो, तर एकजना मात्र कुरुवा बस्ने भनेको छ । बाहिर जाउ कि यही बसौं भन्ने दोधारमा हुदा, त्यही बस्ने मनले जित्यो । सोचे, "खुट्टा खुम्च्याएर, सानो भएर बस्यो भने पाच बर्ष मुनिका भनेर खलासीले त भाडा छुट दिन्छ, हल्ला नगरी, खुट्टा खुम्चाएर सानो भएर बसिदिदा, यहा कसो छुट नहोला र?" त्यही सानो भएर बसेपछि अवसर मिल्यो राउन्डमा आएका डाक्टरलाई देख्ने । सानै थिए त्यति बेला, त्यही भएर डाक्टरको न त अनुहार याद गर्न सके न त सोधिखोजी गरेर नाम नै पत्ता लगाउने कोशिश गरे । खाइ लागेको शरीर, सुकिलो कपडा लगाएर घाटिमा एउटा डोरी जस्तो भिरेको । हसिलो अनुहारमा, अलि माथी सरेको कपाल, काला मिलेका आखी भौ, रसिला आखा, अलि चुच्चो तर मिलेको नाक र मुस्कुराउन नबिर्सने ओठ । फटाफट बोल्ने, बोली पनि कति मिठो, आवाज पनि कति प्रष्ट । हेर्दा सिनेमाको हिरो जस्तो तर वास्तविक जिबनमै पर्दा पछाडिको हिरो । हो त्यही दिन डाक्टरको बोलिचाली , लगाइ खुवाई, मान मर्यादा, इज्जत प्रतिस्ठा, सामाजिक सम्मान, र डाक्टरले गर्ने सामाजिक सेवा देखेर, चिकित्सकलाई मन पराउन थालेको थिए । चिकित्सा पेशा मन पराउन थालेको थिए । हो ! त्यही दिन देखि हो प्रिय, मैले तिमिलाइ मन पराउन थालेको थिए । तिमिलाई मन पराउन त थाले, तर कसैलाई व्यक्त गर्न निकै अफ्ट्यारो भयो । त्यो अफ्ट्यारोलाई छिचोल्दै, अलि आट गरेर, "ममि! डाक्टर बन्न के गर्न पर्छ ?" उत्सुकता साथ ममिलाई प्रश्न सोधे । जवाफमा, "धेरै पढ्नुपर्छ बाबू" भन्नुभयो । तिमिलाई मन पराएको जोशमा, डाक्टर बन्न धेरै पढ्नुपर्छ भन्ने भनाइको अनुसरण गर्दै, ममिको बोली झर्ने बित्तिकै, डाक्टर बन्ने जोशमा "मेरो स्वास्थ" भन्ने किताब पल्टाएर त्यस दिनसम्मको सबैभन्दा धेरै पढिदिएको थिए, लगभग १०/१२ पाना एकैचोटिमा ।

घडिको सुइ घुम्दै गए, क्यालेन्डरका पाना पल्टिदै गए, समय बित्दै गयो । बाल्यकालले बिस्तारै बिदा माग्यो र छाडेर गयो । अलिअलि कुरा बुझ्ने, अलिअलि परिपक्व, अलिअली शारीरिक बिकास, अलिअलि मानसिक बिकास । हो उमेर संगै यी कुराहरू बिकसित हुँदै गए र बाल्यकालका साना सोच ठुला हुँदै गए, केही हराउदै गए, केही पलाउदै गए, तर तिमिलाई मन पराएको मन भने हराएन, उल्टै बढ्दै गयो । धेरै पछि, लगभग जुंगाको रेखा बसिसकेको थियो त्यति बेला समय आयो, प्लस टु सकेर आफ्नो भबिस्य निर्धारण गर्ने । विभिन्न संकायका, विभिन्न बिषयका होडिङ बोर्ड र बिज्ञापन तिर आँखा गए पनि, मन तिमी तिरै थियो । यो मनलाई त्यहाबाट हटाउन सकिन । समय आयो, तिमिसंग प्रत्यक्ष जोड्न, सम्बन्ध गासी पाउ भनेर प्रवेश परिक्षाको फारम भर्ने । तिमिलाई मनमनै मन पराएको कुरा मनमै गुम्स्याएर राख्न भन्दा एकचोटि तिम्रो पनि राय बुझ्नको लागि कोशिश गरिहालौ भनेर त्यतिबेला, तिमिसंग सम्बन्ध सुचारु गर्न पाउ भनेर आवेदन फारम भरेको थिए । र तिमिले, परिक्षाको माध्यमबाट प्रस्ताव राख्नको लागि डाकेको थियौं । तिमिले भने अनुसार नै मैले प्रस्ताव राखेको थिए, MCQको उत्तरपुस्तिकामा गोला गोला चिन्ह लगाएर, सांकेतिक भाषाको प्रस्ताव पत्र । त्यो पत्रमा लेखिएका गोला गोला सांकेतिक भाषाका कुराहरुले तिमिलाई रिझाउन सफल भए सायद, त्यसैले सम्बन्धको लागि राझी भयौं र नाम निस्कियो । खुशी हुदै, तिमिसंग गासिने प्रक्रिया अगाडि बढाउन भनी घरमा फोन गरे । बुबाले उठाउनु भयो, भने "बुबा! एम बि बि एस को प्रवेश परिक्षाको नतिजा आयो, नाम निस्केको छ ।" बुबा पनि खुसी हुदै बधाई दिनु भयो, धन्यवादको औपचारिकता पछि एकछिन मौतना छायो । अनि एकछिन को त्यो मौनता चिर्दै मैले अर्को बोली फोरे, "तर, सशुल्क पढ्नेमा निस्केको हो" । एएए मात्रको निरुत्साहित जबाफ पाएपछि फोन राखियो । बुबाको खासै उत्सुकता नभएको उत्तर आएपछि पलाएका आश उडे, पुर्णिामाको जस्तो खुसीले भरिएको अनुहार, औंसीको रात जस्तै अध्यारो भयो, नजिकै पुगिसकेर पनि फेरि टाढिन पर्‍यो भन्ने चिन्ताका साथ । अब अझ राम्रोसँग पढेर, पुर्ण तयारीका साथ पुनः तिमिलाई सम्बन्धको प्रस्ताव राख्ने सोच बनाउदै थिए । त्यत्तिकैमा भोलिपल्ट फेरि फोन गर्ने आट गरे । भने, "कतैबाट पढ्न सम्भव छैन?" भन्ने प्रश्नमा पैसा जुट्ने श्रोत कतै छैन भन्ने आशय राखे । अनि त्यसपछि, तिमिलाइ कति मन पराउछु, तिमिसंग कतिको लगाव छ भनेर, मेरो मनको कुरा बुझ्नको भनेर प्रत्यक्ष संवाद गर्न भनेर घरमा बोलाइयो, गए । "पढ्न त सक्छस नि? सोचेर भन ।" लगानी र समय दुबै खेर जानू भएन है भन्ने आशयका साथ प्रश्न सोधियो । दिमाग त उत्तर के दिनु भनेर नाफा घाटाको हिसाब सोच्न ब्यस्त थियो, तर तिमिलाई मन पराइसकेको मनले हुन्छ पढ्न सक्छु भन्ने आशयका साथ दुइचोटी टाउको हल्लाइदियो, "तल-माथी-तल-माथी" । सम्झना छ अझैपनी त्यति बेला मैले शिर उठाएर हेर्न सकेको थिइन बुबाको अनुहारमा । यत्तिकैमा संवाद अन्त्य भयो । मौन सहमतिमा, बुबाको अनुहारमा "भर्नाको लागि तयारी गर्नु र पढ्ने मानसिकता बनाएर राख्नु" भन्नुभएको प्रष्ट पढ्न सकिन्थ्यो । डराएको अनुहारमा अलिकति मुस्कान छोडेर, भित्री मनबाटै "धेरै धेरै धन्यवाद बुबा" भने, ओठ नखोलेरै ।

भर्ना प्रक्रियाका एकदुई औपचारिकता पश्चात्, सुरु भयो मैले मन पराएको तिमिसंगको औपचारिक जीवन, यानिक मेरो मेडिको लाइफ । र त्यस संगै सुरु भयो तिमिसंगको प्रत्यक्ष सम्बन्ध । तिमिसंग सम्बन्धमा बाधिएको पहिलो एक-दुई महिना त निकै सकस भयो । नया ठाउ, नया परिवेश, नया मौसम, नया सम्बन्ध, नया साथी, नया भाषा, नया बोलिचाली, नया संस्कृति, नया रितिरिवाज, नया नियम । सम्पुर्ण चिज नया । सम्बन्धको सुरुसुरु भएर त्यतिबेला सम्म सायद मैले तिमिलाई बुझ्न भ्याइसकेको थिइन त्यही कारणले त सुरुसुरुमा निकै गाह्रो भएको थियो, यहाको ठाउँ र मौसम संग घुलमिल हुन । त्यसैले त यो गर्मीमा पड्कन नसकेको मकैको दाना जसरी नै भुट्भुटी रहेको जस्तो महसुस हुन्थ्यो ।

बिस्तारै तिमिलाई बुझ्न थालेपछि, घुलमिल हुँदै गए यहाको परिवेश संग, रमाउदै गए यहिको संस्कृति, नियम, बोलिचाली, नया साथी, नया भाषा संग र नजिक हुदै गए तिमिसंग । त्यही तिम्रो आत्मिएताको न्यानो छाहरी काफी थियो नेपालगन्जको गर्मी भुलाउनको लागी । त्यसपछि तिमिसंग रमाउदै खेल्दै तिमिसंगै बसेर तिमिलाई पढ्दा र तिमिलाई पुर्ण रुपमा समय दिदा पातलिदै गए आफ्ना आफन्त, साथी भाइ संगको सम्पर्क हरु । ब्यस्त राख्न थाले आफैलाई, केबल तिमिसंग मात्र । त्यसरी नै डुब्दै गए तिमिमा, हराउदै गए तिमी भित्र, दिनरात नभनी, बिहान साझ नभनी, भोक तिर्खा नभनी, अल्छि पन नदेखाइकन । पछि पछि त बिस्तारै नेपालगन्जको गर्मी पनि सितल लाग्न थाल्यो, यहाको जाडो पनि न्यानो लाग्न थाल्यो ।


तिमिसंग बिताएका यी साढे चार बर्ष मेरो जिबनको निकै नै अबिस्वास्निय र रोमाञ्चक बर्ष हुन् । धेरै कुरा सिके मैले, तिमिसंग नजिक भएर । औपचारिक पढाइको कुरा त आफ्नो ठाउमा छ । तर त्यो भन्दा अरु पनि धेरै कुरा सिक्ने मौका मिल्यो मलाई तिमिबाट । हो! आफ्नो सम्बन्धमा मलाई बाधेर, मिठो बोल्न सिकायौ, मनका कुरा खोल्न सिकायौ, धैर्यता राख्न सिकायौ, समयको मजा चाख्न सिकायौ, मान्छे चिन्न सिकायौ, दुखमा पनि खुशी किन्न सिकायौ, दुखमा नआत्तिन सिकायौ, सुखमा नमात्तिन सिकायौ, बिरामी संगको सम्बन्ध बिकास गर्न सिकायौ, जस्तोसुकै समस्याको निकास गर्न सिकायौ, दिनरात नभनी पढ्न सिकायौ, पढेर नै अगाडि बढ्न सिकायौ, आफू मात्र बाच्न मात्र नभई, अरुलाई पनि बचाउन सिकायौ । हो ! तिमिले मलाई, लगभग सबै बिरामीलाई निको बनाएर नचाउन सिकायौ, आवश्यक पर्दा तिनीहरुकै गाली पनि पचाउन सिकायौ ।


यत्रो बर्षको हाम्रो सुमधुर सम्बन्ध पश्चात् अब यो हाम्रो सम्बन्धलाई आधिकारिक बनाउन चाहन्छु । हाम्रो सम्बन्ध बलियो अनि सफल बनाउन चाहन्छु । त्यसले, अबको केही महिनामै आफुले सम्भव भएर भ्याएसम्मका सम्पुर्ण पुर्ब तयारिका साथ, स्थेतेस्कोपको माला, हेड मिररको टोपी, कैचिको औंठी लगाएर, सेतो सुकिलो एप्रोनको कोटमा सजिएर, टिउनिङ फ्रकको बाजा बजाउदै तिम्रो सामु आइ तिम्रो "डाक्टर" भन्ने थर, टाइटल बनाइ मेरो नामको अगाडि राखेर हाम्रो सम्बन्ध आधिकारिक बनाउनलाई प्रस्ताव लिएर आउछु ।

तिमिलाई लाग्दै होला, आजको दिन किन मलाइ पत्र लेखिएको छ भन्ने । सोसल मिडियको भित्ता भरी, भ्यालेन्टाइन डे को नाममा लेखिएका स्ट्याटस, राखिएका टुइट, हालिएका फोटो हरु हेर्दा मलाई पनि भ्यालेन्टाइन डे मनाउन रहर लागेर आयो । हो यही रहरले मलाई पनि आफुले मन पराएको, माया गरेको कुराको नाममा पत्र लेखौ भनेर उस्काए । यो पत्र लेख्न अगाडि पनि धेरै बेर सोचे । लेखौ कि के गरौं ? चिकित्साअनुरागी मन चिकित्साको गलत ब्याख्या होला भनेर डरायो, प्रेमअनुरागी मन प्रेमको गलत ब्याख्या होला भनेर डरायो, तर साहित्यअनुरागी मनले आट गर्‍यो, मनले मन पराएको चिकित्सा लाई प्रणय दिवसको उपलक्ष्यमा पत्र लेख्न ।जसरी चौबीसै घण्टा मेरो मस्तिष्कमा खेलिरहेको हुन्छौं, त्यतिनै न्यानो पन पाउछु म, त्यतिनै नजिकिएको आभास हुन्छ । म दुनियाँ बिर्सेर हर क्षण तिम्रो बारेमा मात्रै सोचेर बस्न सक्छु । हो, आजकाल मेरो मस्तिष्कमा तिमी बाहेक कोहि आउदैन, आफैमा तिमी पाउन थालेको छु, तिमि बिना आफू अधुरो पाउन थालेको छु, तिमिमा नै जिन्दगी देखेको छु मैले । सायद यिनै त हुन नि प्रेममा पर्नका लागि क्राइटेरिया, त्यसैले मलाई तिमिसंग एकदमै नजिकिएको अनुभव हुन्छ । समआदरणीय सर्बनाम प्रयोग गरेर, प्रिय भनी सम्बोधन गर्न उस्काउने पनि यही तिमिसंग नजिकिएको मन, तिमिलाई मन पराउने मन र तिमिसंगको अटुट सम्बन्धले हो । यति ठुलो चिकित्सा बिद्या लाई नै तिमी भनेर सम्बोधन गर्दा तिम्रो मानमा कताकता चोट पुगेको जस्तो अनुभव तिमिलाई भएको छ भने, यसै पत्र मार्फत माफी माग्न चाहान्छु । तिमिसंग गासिएको सम्बन्ध र तिम्रो न्यानो स्नेहले पाएर भावनामा वहकिएर, प्रणय दिवस मनाउन लेखिएको काल्पनिक पत्र हो, अन्यथा नलिनु ।

अन्त्यमा, धन्यवाद तिमिलाई, जिबनको लामो यात्रामा यत्रो समय संगै रहि सहयात्री बनेर साथ दिएकोमा । र आगामी दिनमा पनि यस्तै सहायता को अपेक्षा राख्दै, नचाहदा नचाहदै यो कपिमा दैडिरहेका कलमलाई आराम दिएर यस पत्रका लागी बिदा माग्दछु ।


उहीँ,
तिमिलाई आफ्नो भनी ठान्ने,
भित्री मनदेखी आत्मीय मान्ने,
चिकित्सा शास्त्रको विद्यार्थी।

स्वास्थ खबरमा छापिएको Date: 14/02/2017

Tuesday, February 7, 2017

ह्यापी रोस डे!!


Enteric fever भएको सातौ दिनमा,
छातीमा ससाना Red Macules आउछ,
हो त्यही Rose Spotको ह्यापी रोस डे।

DVT ले गर्दा Odema भएको खुट्टामा,
चिमोठ्दा खेरि तातो र Stiff हुन्छ,
हो त्यही Rose'signको ह्यापी रोस डे।

Adenoidectomy या Tonsillectomy गर्दा,
टाउको र घाटी Extend गरेर राखिन्छ,
हो त्यही Rose Positionको ह्यापी रोस डे।

Rheumatoid Arthritisको जाँच गर्ने बेला,
Rheumatoud Factorको जुन जाँच गरिन्छ,
हो त्यही Rose-Waaler testको ह्यापी रोस डे।

Chrons Disease मा Barium Mealगर्दा,
Mucosaमा जुन Deep Ulcer देखिन्छ,
त्यही  Rose-Thorn Ulcerको ह्यापी रोस डे।

 X-linked Pseudohermaphroditismमा,
केटामा Gynaecomastia, Sterility देखिन्छ,
त्यही Rosewater Syndromeको ह्यापी रोस डे।

Sporotrichosis भन्ने Fungal Infection,
जुन Sporothrix schenckiiले गराउछ,
त्यहीRose Gardener's Diseaseको ह्यापी रोस डे।

Wednesday, January 25, 2017

केबल उनको गल्ती थियो !!


उसकै चिन्ताले गर्दाHypertensionभयो।
StrokeसंगसंगैHeart Failureगराउन,
Stress,रक्सी अनि चर्को नुनको गल्ती थियो।।

चुरोटलेCOPDत पहिल्यै गराइसकेको थियो।
Respi.FailureरPolycythemaगराउन,
Kidneyपुग्ने Hypoxicखुनको गल्ती थियो।।

Trismusभएर मुख नै राम्रोसँग खोलिएन।
OralUlcerरSubMucusFibrosisहुन,
पानमा हुने Tobaccoर चुनको गल्ती थियो।।

झगडा पर्दाCorneaको वरिपरि चोट लाग्यो।
रातिमा नदेख्नेNight Blindnessगराउन,
अस्थाएको घाम र मधुरो जुनको गल्ती थियो।।

कानमा समस्या देखिएर सुन्न पनि छाड्यो।
पहिलेTinnitus,पछिDeafnessगराउन,
सधैको किचकिच र चर्को धुनको गल्ती थियो।

को कस्तो भनी मान्छे चिन्न असफल भयो उ।
मान्छे नचिन्ने खालको मानसिक रोग गराउन,
बैगुनिलाई लगाउन पुगेको गुनको गल्ती थियो।

आर्थिक कमजोरी अझ त्यो माथी पनि बिरामी।
रोग बल्झिन साथसाथै जिबनस्तर नाजुक हुन,
घरजग्गा,भौतिक सम्पत्ति र सुनको गल्ती थियो।।

गरिब त्यसमाथि पनि बिरामी भनेर छाडेर गइ।
छाडेर जानुमा यी त देखाउने बहाना मात्र हुन,
यस्तो बिरामी गराउन केबल उनको गल्ती थियो।।

Sunday, January 22, 2017

आत्महत्या गरेर के जित्यौ??


आफुलाई माया गर्नेहरुको आँखा भरेर के जित्यौ?
आफन्तलाईनै रुवाएर आत्महत्या गरेर के जित्यौ??
तिम्रो खुशी आफ्नै सम्झी रमाउने कयौं थिए यहा,
त्यस्ता फ्यानहरुको ओठमा निराशा छरेर के जित्यौ?

दिनरात दुख गरेर त्यत्रो माथी पुगिसकेको थियौ,
शिखरमा चढिसकेर पनि हार मानी झरेर के जित्यौ?

लाखौं फलोअर्स र हजारौं फ्यान बटुलेकै थियौ,
सेलिब्रेटीको जिबनबाट हत्यारामा सरेर के जित्यौ?

के'था अगाडिको जिबन उज्यालो पो थियो कि,
जानिजानी आफै मृत्युको मुखमा परेर के जित्यौ?

आफुलाई माया गर्नेहरुको आँखा भरेर के जित्यौ?
आफन्तलाईनै रुवाएर आत्महत्या गरेर के जित्यौ??

Wednesday, January 11, 2017

खुलेर भन मनको कुरा !!


खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।
तिम्रो आवाज मैले सुन्न सक्न पर्‍यो,
कसैले नसुन्ने एकान्तमा कराएर हुदैन ।।

मनमा लागेका कुरा पोख्न सक्न पर्‍यो,
गुम्सिएका भावनाले मुटु भराएर हुदैन ।

तिमी त मेरै वरिपरि बस्न सक्न पर्‍यो,
खोज्ने बेलामा अझ उल्टै हराएर हुदैन ।

छाडेर जान लाग्दा रोक्न सक्न पर्‍यो,
बिलौना गर्दै आँखा भरी गराएर हुदैन ।

खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।

Monday, January 2, 2017

घाइते रुख !!


पोहोर काटिएको घाउ बिस्तारै पुरिदै थियो
हांगा फैलाएर लटरम्म रुख भरिदै थियो
मेरो हरियालीको तारिफ पनि गरिदै थियो
हुर्किदै थिए म,झ्यामिदै थिए,फैलदै थिए ।

तर आज अचानक आरोप लाग्यो मलाई
मैले मानिसहरुको घाम छेके अरे
हल्लिएर हावा चलाए अरे मैले
जाडो भयो अरे यहाँ मेरै कारणले

यो त मेरालागि केही नया थिएन
पहिला मैले नै घाम छेकेको थिए
तर त्यतिबेला,सितल बनाएको थिए
पहिला पनि हावा चलाउथे
गर्मीको रवैया लाई मथ्थर पारिदिन्थे

तर किन अस्तिको देवता आज दानव बन्न पुगे
सितल दिदा दिदा आज जाडो बनाए
मानिसको इच्छा बिपरित काम गरे
ठूलो अपराध गरेझैं सजाय सुनाइयो
काटियो मलाई
हागा बिगा सबै झारियो
लुटियो मेरो अस्तित्व
खोसियो मेरो फैलने अधिकार
धरापमा पारियो मेरो बाच्ने अधिकार
तर टुप्पोमा अलिकति बाकी राखिएको छ
तड्पाई तड्पाई मार्न खोजिएको छ
यी मानिस चाहदैनन् कि म मरिहालु
किनकि यिनिहरु लाई थाह छ,
गर्मीमा म अत्यन्त जरुरी हुनेछु
भगवान सरह रहनेछु मानिसका लागि,
कम्तिमा घाम छेकेर सितलता दिने काममा
पात हल्लाएर सितल हावा दिने काममा


अहिले नकाटे पनि केही महिनामा आफै झर्ने थिए
तर निकै आतुर थिए मानिस
मलाई काटेर जाडोमा घाम ताप्न
चिसो हावा रोकेर आफ्नो स्वार्थ पुरा गर्न

तर घाइते बनाएर छाडिएको छ मलाई
टुप्पोमा अलिकति पात बाहेक सबै काटिएको छ
आज बुझे मानिस कति स्वार्थी हुदो रहेछ,
कमसेकम आफुलाई फाइदा हुने काममा ।।