Search This Blog

Friday, February 24, 2017

भाङ खान डराए !!

मलाई भाङ खान मन नभएको कहाँ हो र?
खाएर दिनभर नशामा झुलिएला भनेर डराए।

त्यसरी झुलेर कोठामै बस्न त के हुन्थ्यो र?
थाहै नपाइकन यताउता डुलिएला भनेर डराए।

यताउता डुलेर मात्र त के नै पो हुन्थ्यो र?
नशामै ससाना कुराहरु चुलिएला भनेर डराए।

चर्का चर्की त भोलि सेलाउन सक्थ्यो,
बोल्दा बोल्दै लफडामा घुलिएला भनेर डराए।

लफडा पर्दा पुलिसले समाउन सक्थ्यो,
आफू संगै साथिभाइ हुलिएला भनेर डराए।

पुलिसले हुले त भोलि छुटी हालिन्थ्यो,
आजसम्म पढेको सबै भुलिएला भनेर डराए।।

No comments:

Post a Comment