Search This Blog

Monday, April 3, 2017

मेरो परिचय !!


त्यसको नाम यो,
त्यसको थर यो,
फलानोको छोरा,
फलानोको दाइ,
फलानोको साथी,
कसैले नामले चिन्छन मलाई ।

त्यो यो पेशामा आबद्द,
त्यसले यो काम गर्ने,
यो क्षेत्रमा रुचि राख्ने,
यसको लागि यो गरेको,
यो काममा अघि सरेको,
कसैले कामले चिन्छन मलाई ।

त्यसको ठेगाना यो,
त्यसको घर यहा,
त्यहा पढेको,
त्यहा काम गरेको,
त्यो ठाउमा बस्ने,
कसैले ठामले चिन्छन मलाई ।

हो!कसैले नामले चिन्छन,
कसैले भने कामले चिन्छन,
त कसैले ठामले चिन्छन।

कसैले नामले भन्दा बढी कामले चिन्लान।
कसैले कामले भन्दा बढी ठामले चिन्लान।
कसैले ठामले भन्दा बढी नामले चिन्लान।

कसैले नाम मात्र भन्दा नचिन्न सक्छन्।
कसैले काम मात्र भन्दा नचिन्न सक्छन्।
कसैले ठाम मात्र भन्दा नचिन्न सक्छन्।

कसलाई के परिचय दिनु,
आफै अस्पष्ठ छु म,
मेरो परिचय नै अस्पष्ठ छ!
मेरो परिचय नै अपुरो छ!!

No comments:

Post a Comment