Search This Blog

Friday, February 17, 2017

बिदाइ !!


ए दाइ ! बधाई छ है !!
हात तेर्साएर भनेको थिए,
ओठ भरिको हासोका साथ।
धन्यवाद भाइ धन्यवाद !
तेर्साएको हातलाई मायाले समाएर,
मुस्कुराउन नबिर्सी प्रतिउत्तर आयो।

तत्कालै पछाडिबाट मधुरो आवाज,
हेर्दाहेर्दै अब त जाने बेला हुन लाग्यो।
कहाँ जाने बेला हुन लाग्यो र दाइ ?
कहा सधै यही बसेर हुन्छ र भाइ,
सक्किएपछि त जानू पार्‍यो नि ।
ओहो! दाइको त यहाँ सक्किन लागिसकेछ,
दाइको त जाने बेला पनि भैसकेको रहेछ,
दाइले त बिदा माग्ने बेला भैसकेको रहेछ ।
दाईलाई त बिदाइ गर्ने बेला भैसकेको रहेछ ।
बधाई दिएर भ्याइनसक्दै,बिदाई दिने बेला भएछ।

साढे चार बर्ष बिताएको समय,
तिता मिठा अनगिन्ती अनुभव,
एउटै बाटोमा हिड्दा कतै धक्का लाग्यो होला।
एउटै समयमा हिड्दा कतै आखा जुध्यो होला।
एउटै ठाउमा एकैचोटि बोल्दा चित्त दुख्यो होला।
त्यसैले,
अन्जानमा भएका गल्ती बिर्साउन।
चित्त दुखाएको भएमा माफी माग्न।
अन्तिम क्षण अबिस्वास्निय बनाउन।
र छुटिने बेला मिठा याद मात्र पठाउन।
आयोजना गरियो,
एउटा छोटो औपचारिक कार्यक्रम,
तर यादहरुले भरिएको लामो कथा।
एउटा सानो मायाको चिनो,
तर जिन्दगीभर पुग्ने मीठो सम्झना।
हो! दाजु-भाइको सम्बन्ध गाढा बनाउन,
दाइले भाइलाई गर्ने माया बढाउन,
भाइले दाइलाई गर्ने सम्मान झल्काउन,
र यस्ता ससाना कुराको अनुभव गराउन,
बन्दोबस्त गरियो, चाजोपाजो मिलाइयो,
दिदि - दाइ हरुलाई दिने बिदाइको ।


कलेज आएको सुरुसुरुका दिनमा,
मिठा गाली सुन्ने बानी परेको थियो,
तर कहिलेकाही ती गाली सुन्न नपाउदा,
यी कानले हजुर लाइ नै खोज्ने गर्थे ।


तेस्रो बटनको नियमले शिर निहुराउदा,
अगाडि कोहि छ कि छैन भनेर,
डराउदै शिर उठाएर, छड्के हेराइमा,
यी आखाले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षा एकदमै नजिकिदै जादा,
प्रोफेसरले दिएको नोट नपाउदा,
र सेलेबसको अत्तोपत्तो नहुदा,
यि मनले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षाको ठिक अघिल्लो दिन,
डराएर पढेको केहि सम्झिन नसक्दा,
आत्तिएर एकदमै त्रासले भरिएका
यी अनुहारले हजुर लाइ नै खोज्ने गर्थे ।


परिस्थितिले संगै हुन मौका नमिल्दा,
मस्तिष्कले हजुरलाई नै सम्झने गर्थ्यो,
हजुरको नाम उच्चारण गर्न नपाउदा,
यि जिब्रोले हजुर लाइ नै खोज्ने गर्थे ।

पहिलो चोटि बिरामीको जाँच गर्ने बेला,
जति कोशिश गरेपनि प्रक्रिया मिल्थेन,
किताबमा लेखिएअनुसार गर्न नसक्दा,
यी हातहरुले हजुर लाइ नै खोज्ने गर्थे ।

यत्रो संगै बसेर छुट्टिने बेलासम्म आउदा,
औपचारिक बिदाइको कार्यक्रम संगसंगै,
सम्झनालाई कैद गर्नलाई कलम चलाउदा,
यो कलमले हजुर लाइ नै खोजिरहेका छन् ।


पछि गएर जिबनको कुनै मोडमा,
सिकाएकै कुरा उपभोग गर्न पाउँदा,
अहिले सिकेका दिन याद आउनेछ,
ती यादले हजुर लाइ नै खोज्ने वाला छन् ।

हो!! दाजु यो बिदाइ कार्यक्रम यसैको लागि हो!
यि याद सधै जिवित राख्ने सर्तका साथ बिदाइ।
सम्पर्क कहिल्यै नटुटाउने बाचाका साथ बिदाइ।
सम्बन्ध प्रगाढ बनाउने कसमका साथ बिदाइ।
बिताएका पल नबिर्सने बिश्वासका साथ बिदाइ।
भबिस्यमा उत्तरोत्तर प्रगतिको कामनाका साथ बिदाइ।

3 comments:

  1. Dherai khusi lagyo mero bhai, dhanyabaad yeti mitha sabda ko lagi dherai dherai maya

    ReplyDelete
    Replies
    1. my pleasure dai!! hazur lai pani dheraai dhanyabaad yeti najik vayera naayano maya diyekoma!!

      Delete
  2. Dherai khusi lagyo mero bhai, dhanyabaad yeti mitha sabda ko lagi dherai dherai maya

    ReplyDelete