Search This Blog

Thursday, July 13, 2017

भानुभक्त नेपाली भाषा उद्धार गर्न आउ !!

२९असार२०७४;२०४औ भानु जयन्ती,
आजको दिन भानुलाई याद गर्नु पर्‍यो।
उनको नाममा दुइचार शब्द भर्नु पर्‍यो।
लेख्न थाले उनका बारे,कलम समाएर।
उन्लेनै बनाएको नेपाली भाषामा रमाएर।
चर्चा गर्न चाहन्छु उनेले लेखेका कृतिको।
खण्डन गर्दै,घटेको इच्छा र बढेको विकृतिको।


नेपाल एकीकरण कस्ले गरेको हो सोध्दा,
सबैले पृथ्वीनारायण शाहको नाम लिन्छन्।
एकीकरणको जस सबै उनैलाई नै दिन्छन्।
भाषाले एकीकृत भएको कसैले बुझेका छैनन्।
पृथ्वीनारायण सरह नै तिम्लाई पुजेका छैनन्।
पृथ्वीनारायणले भौतिक रुपमा एकीकरण गरे।
तिम्ले भाषाले नैतिक रूपमा एकीकरण गर्यौ।
नेपाली भन्न पाउन दुबैको हात थियो भने।
तिमी ओझेलियौ,उनी आकर्षणको केन्द्र बने।

अनि भानुभक्त,
अर्को एउटा खुल्दुली पनि यहि पूरा गरौ न।
बिधालयको नतिजाको एकचोटि कुरा गरौ न।
अंग्रेजीमा९०आउदा नेपालिमा ६०आउछ,
अंक थोरै आउने भएर,थोरै महत्त्व पाउछ।
किन थोरै आयो एकचोटि सोच्नुपर्ने हैन र?
यो समस्याले भाषाबिदलाई घोच्नुपर्ने हैन र?
बोल्न सजिलो भएपनि,लेख्न किन गारो मान्छन्?
अंग्रेजीलाई अंगालेर नेपाली किन तारो मान्छन्?

घरीघरी मात्र बोल्ने अंग्रेजीमा९०अंक ल्याउदा,
जतिबेलै बोल्ने नेपालीमा ६०अंक मात्र आउछ।
बोलिचालिको भाषा भएपनि लेख्न गाह्रो लाउछ।
यो कुरा त कताकता नमिलेको जस्तो भएन र?
आफ्नै भाषा ओझेल परि,महत्त्व अन्त गएन र?

भानुभक्त एकचोटि फेरि तिमी आउन पर्ने भएको छ।
नेपाली भाषालाई अझ सरल बनाउन पर्ने भएको छ।
सझिलो बनाएर विद्यार्थीलाई नेपाली पढाउन आउ।
नया पुस्ताको नेपाली भाषा प्रति मन बढाउन आउ।
कि त भाषाबिदलाई थोरै लचकता देखाउन भनिदेउ।
अनि सरल तरिकाले नेपाली भाषा लेखाउन भनिदेउ।

भानुभक्त,
यसरी नेपालीको महत्त्व घट्ने क्रम बढ्यो भने।
अंग्रेजी मात्र सुधार गर्न खट्ने क्रम बढ्यो भने।
नेपाली भाषा बिस्तारै लोप नहोला भन्न सकिन्न।
नेपाली आमाको मन पनि नरोला भन्न सकिन्न ।
आगामी पुस्ताले नेपाली भाषा बोल्ने आशा नै नरहे!
अनि रहैला हामी नेपाली कहा,नेपाली भाषा नै नरहे!
हो!भानुभक्त नेपाली भाषाका विकृति सुधार गर्न आउ।
सरल बनाएर,इच्छा बढाउने गरि यसको उद्धार गर्न आउ ।

1 comment: