Search This Blog

Wednesday, February 13, 2019

प्रिय् आला !!


प्रिय् आला,
आज प्रणय दिवसको अवसरमा तिमिलाई प्रिय् सम्बोधन गरेर पत्र लेख्दै छु । थाहा छैन यो प्रिय् शब्द यो बिशेश दिनमा यसरी प्रयोग गर्नु जायज छ कि छैन तर तिम्रो आत्मियता र न्यानोपन र तिमिसंग जोडिएको मेरो सम्बन्धले गर्दा मलाई उक्त शब्द जायज छ जस्तो लाग्छ र यो शब्द प्रयोग गर्न अनि तिमिलाई 'तिमी' भनेर सम्बोधन गर्न कत्ति पनि अफ्ट्यारो महसुस भएको छैन । आशा छ तिमिले पनि यो सहज र सकारात्मक रुपमै लिने छौं ।

मनमनै मन पराएर एकतर्फी प्रेम गरेको करिब एक दशक, अनि अनौपचारिक सम्बन्धमा गासिएको करिब आधा दशक अनि अहिले त्यो सम्बन्धलाई औपचारिक मोड दिन पाउदा ती संगै बिताएका क्षण मेरा लागि निकै भावपुर्ण छन् । र संगै बिताएका हरेक पल अबिस्वास्निय क्षण बनेर मेरो मानसपटलमा घुमिरहन्छन् । तिमिलाई मनमनै मनपराएको क्षण देखि लिएर, अनौपचारिक प्रेम सम्बन्धमा गासिएर अहिले त्यसलाई औपचारिक सम्बन्धमा पुर्याउन पाउदा आफुलाई निकै भाग्यमानी सम्झन्छु । अनि अहिले संगै रहेर तिम्रो साथ काफी छ तिमिलाई पाउन गरेका ती अनगिन्ती सम्झौता, कडा परिश्रम, अथक प्रयास, अनि त्यो पिडा सबै बिर्साउन ।

तिमिलाई पाउन मैले गरेको त्यो कठिन यात्रामा कति रात संग सम्झौता गरेर अनिधो बस्नुपरेको छ । कति छाक संग सम्झौता गरेर भोकै बस्नुपरेको छ । घरपरिवार, आफ्ना, आफन्त साथिभाइहरु सबै संग टाढिनु परेको छ । प्रेफेसरका रुखो बोली, सिनियरका अनगिन्ती गाली, साथिभाइका आफ्नो जस्तै निराश कथा, आदि आदि कयौं सुन्नु परेको छ । साच्चै, तिमिलाई पाउन अनगिन्ती मठमन्दिर ढोग्ने देखि लिएर, घर परिवार संग टाढिएर बिरानो ठाउमा गएर निकै दुख भोगेको छु।

तिमिलाई पाउन त्यो मेरो प्रयास मात्र त कहाँ पर्याप्त थोयो होला र ? त्यसको पछाडी मुख्य नायकको भुमिका खेल्ने त मेरो बुबाआमा हुनुहुन्छ । जसले मलाई तिमिसंग भेटाउनैको निम्ति मैले भन्दा धेरै भोक निद्रा संग सम्झौता गर्नुभएको छ। जसले आफ्नो इच्छा, आकंसा, सपना सबै धितो राखेर, सम्पुर्ण मेहनत मात्र तिमी संग नजिकिने बाताबरण मिलाउन खर्चिनु भएको छ । तिम्ले त्यो सरल रुपमा लिन्छौं होला, तर प्रिय् त्यो सबै दुख मैले तिमिलाइ चाहान्छु भन्ने थाहा पाएर , तिमिसंग सम्बन्ध गसाउन गर्नुभएको त्याग थियो जसको ब्याख्या गर्न अहिलेसम्म कुनै शब्द भेटेको छैन, र सायद भेटिदैन पनि होला । त्यो सबैकुरा हरु सम्झिदा त प्रियृ  साच्चै मलाई तिम्रो भन्दा पनि तिमिसंग भेटाइदिने मेरो बुबाआमाको बढी माया लाग्छ ।

अझै मेरो मानसपटलमा ताजा नै छ, पहिलो पल्ट तिमिलाई देखेको त्यो क्षण । एउटा हस्पिटलको हाता भित्र, एउटा भद्र भलाद्मी देखिने, सुकिलो लुगा लगाएका ब्याक्तीको गलामा तिमी माला बनेर जसरी सझिएर बसेकी थियौं । त्यो देख्नासाथ मेरो पुर्ण ध्यान तिमी तिर तानिएको थियो । अनि तिमी आकर्षकको केन्द्र । हो त्यही नै थियो मैले तिमिलाई पहिलो पटक देख्न पाएको क्षण । अनि त्यो तिमिलाई देखेको दिन देखि नै थियो मैले तिमिलाई मन मनै मन पराउन थालेको, त्यही दिन तिमिसंग जोडेर जिबनका सपना बुन्न थालिसकेको थिए ।

तर प्रिय देख्दैमा र चाहदैमा जोकोही लाई आफ्नो भन्न, आफ्नो बनाउन कहा सम्भव छ र ? यदि सम्भव हुन्थ्यो भने त बजारमा असफल प्रेमका कहानी, ब्रेकअपका घटना किन छ्यापछ्यप्ती सुन्न पाइन्थ्यो होला र? त्यस्तो सम्बन्ध क्षणिक सम्भव भएपनि दोहोरो सम्बन्ध बनाउन अनि त्यसलाई दिगो राख्न दोहोरो समझदारीको जरुरत पर्थ्यो । जसका लागि सम्पुर्ण प्रक्रिया पूरा गर्नु पर्ने हुन्थ्यो । र त्यो प्रक्रिया अन्तरगत लामो समय, कडा परिश्रम, पारिवारिक समर्थन र आर्थिक लगानी सबैको तालमेल मिल्नु पर्थ्यो । त्यसैले त त्यो बेला मन पराएकै भरमा मात्र त तिमी मेरो लागि आकाशको फल जस्तै थियौं ।

एकपटक मात्र देखेको भरमा परेको त्यो एकतर्फी प्रेममा डुबेर मनदेखी नराम्रो मान्न भन्दा बरु त्यस्तो प्रेमबाट ओभानो नै रहन्छु सोचेर बिस्तारै याद कम गर्दै थिए, भुल्दै थिए ।
त्यसको धेरै पछि एउटा अनौपचारिक कुराकानीका बिच औपचारिक रुपमा तिम्रो नाम थाहा पाउने अवसर मिल्यो । त्यहा त्यस्तै कुराकानीका बीच,कोहि ज्ञानि पुरुष आएर भनेका थिए । ए! त्यो डाक्टरले घाटिमा भिर्ने? त्यसलाई त स्थेतोस्कोप भनिन्छ । स्थे.....? अलि गाह्रो लाग्यो तिम्रो नाम त्यसैले तिम्रो नाम त सुने तर पूरा नाम टिप्न भ्याइन । अनि सोचे, मैले मन पराएकी उनको नाम त 'एस' बाट आउने रैछ । नाम मात्र थाहा पाउँदा पनि निकै खुशी भएको थिए । मन चंगा भएको थियो । साच्चै, बालापनको प्रेम कस्तो निश्चल हुन्छ है?

समय बित्दै गयो । देखभेट नभएपछि, सम्पर्क पातलिदै गएपछि याद पनि बिस्तारै कम हुदै बिरानो भइने रैछ र माया पनि फितलो हुँदै जादो रहेछ । यस्तै क्रममा एकदिन तिमिसंग प्रत्यक्ष भेटको मौका मिल्यो । +2 पढ्ने बेलामा बायोलोजिको एउटा प्राक्टिकल कक्षामा ब्लड प्रेसर नाप्न सिकाउने प्रयोगात्मक कक्षा हुन्थ्यो । हो त्यही दिन थियो मेरो मन जित्न सफल, बाल्यकाल देखि मैले एकतर्फी प्रेम गरेको तिमिसंग पहिलो पटक भेट भएको र तिम्रो स्पर्श पाएको । त्यतिबेला कलेजमा मोबाइल बोक्न अनुमति थिएन तर त्यस दिन लुकाएर लगेर भएपनि तिमिसंगको एउटा फोटो लुकाएरै क्यामारामा कैद गरेको थिए । अनि घरमा गएर निकै उत्सुकताका साथ हेरे, तिमि र म संगै हुदा कस्तो देखिन्छ भनेर । एक त सानो मोबाईलको क्यमारा त्यत्ति क्वालिटी नभएको, अर्को खिच्दा फोटो हल्लिएछ । अलि धमिलो आयो । तैपनि हाम्रो संगैको त्यो फोटो हेर्दै निकै खुशी थिए । अनि अझै धेरै तिमिलाई पाउने इच्छा पलाएर आयो ।

अनि +2 सकेर मेरो घरकालाई फकाएर तिम्रो घरकालाई रिझाएपछी, भर्नाको औपचारिकता पछि सुरु भयो मेरो औपचारिक MBBSको पढाई अनि हाम्रो अनौपचारिक सम्बन्ध, जसलाई औपचारिक बनाउन अझै साढे पाच बर्षको कडा परिश्रम गर्नु बाकी थियो । त्यसपछि हाम्रो निकटता बढ्यो र हामी संगै रहन पाएम् । लाग्थ्यो मैले तिमिलाई प्रेमिकाको रुपमा पाए जुन सम्बन्ध बैधानिक हुन्थेन । किनकि प्रिय् तिमिलाई थाहा छ नि, नेपाली समाजमा प्रेमी-प्रेमिका लाई हेर्ने दृस्ठिकोण अलि भिन्न हुन्छ । त्यस्तै बाताबरण थियो हाम्रो मेडिकल कलेजको चिक्त्सकिय बाताबरणमा पनि । जस्तो कि, नामको अगाडि डाक्टर नलेखी काधमा आला ढुड्याउनु त्यति शोभनीय हुन्थेन र अग्रजजरुले पनि त्यही सिकाउथे र यदि बाहिर देख्ने गरि काधमा राखिहाल्यो भनेपनी उडाउने धेरै हुन्थे । त्यसैले तिमी साथमा भएर पनि हामी बाहिर खुलमखुल्ला त्यति हिडिन्थेन । तर अक्कल्झुक्कल एकान्त पारेर मैले तिमिलाई अंगालोमा बेर्ने भने गर्थे । जस्तो कि, एउटा भर्खर प्रेममा परेको प्रेमी केटाले जसरी प्रेमिकाको हात समाउन डराउछ, म पनि त्यसरी नै डराइ डराइ । अनि जब एकान्तमा भएपछि यताउता नियालेर निर्धक्क हात समाउछ र अंगालोमा बेर्छ नि हो म पनि कहिलेकाही एक्लै भएको बेलामा एप्रोनको खल्तीबाट निकालेर डराइ डराइ घाटिमा बेर्ने गर्थे किनकी जसरी जसरी प्रेम सम्बन्धले औपचारिक रुप लिएर वैवाहिक सम्बन्धमा नबाधिन्जेल समाजको अगाडि संगै हात समएर हिड्न डराइन्छ, हाम्रो त्यो चिकिसकिए समाजमा पनि त्यही चलन थियो, नामाको अगाडि डाक्टर नलेखिन्जेल आला लाई गलामा सजाउन शोभा नदिने । त्यसैले तिमी पाच बर्ष सम्म मेरो खल्तिको खल्तिमै रह्यौ ।

हाम्रो सम्बन्धलाई औपचारिक रुप दिन चरणबद्ध रुपमा कयौं परिक्षा दिनु पर्थ्यो, दिएं। अनि समय बित्दै जादा अन्तिम परिक्षा आयो र त्यो पनि दिएं, जुन परिक्षामा पास भएपछि हाम्रो सम्बन्धले औपचारिक रुप पाउथ्यो । परिक्षा दिएको केही दिनपछि नतिजा आयो । तिमिलाई आफ्नो बनाउने नतिजा सार्बजनिक भएपछि मनमा एकदम डरलाग्यो । किनकि परिक्षा जतिसुकै राम्रो गरे पनि नतिजामा निर्धक्क भएर बस्ने बाताबरण सायद मिडिकल फिल्ड भित्र हुन्थेन । अनि उक्त नतिजा सार्बजनिक भएको थाहा पाएपछि मुटु ढुकढुक चाल यति सम्म बढ्यो कि मुटुनै बाहिर निस्किन लागेको जस्तो भएको थियो । तर जब उक्त परिक्षामा पास भएर औपचारिक रुपमा तिमिलाई हासिल गरे भन्ने सन्देश पाए, हर्षले छाती ढक्क फुल्यो त बढेको छातिले बाहिर निस्किन लागेको जस्तो मुटुलाई बसमा लियो र यथास्थानमा राख्यो । साच्चै प्रिय्, त्यो दिन जत्तिको खुशी म अहिलेसम्म कहिल्यै पनि भएको छैन ।

औपचारिक रुपमा तिमिलाई आफ्नो बनाइसकेपछी, आफ्नो दैनिक कार्यमा हरेक ठाउमा तिमिलाई संगै लिएर हिड्न थाले र निर्धक्क काधमा सजाएर हिड्थे हस्पिटल परिसर भित्र । तिमिलाई औपचारिक रुपमा आफ्नो बनाइसकेपछी, हाम्रो सम्बन्ध पनि त दर्ता गर्नु पर्यो । अनि फेरि तिम्रो माइतीले परिक्षा लिन्थे, पास भए मात्र सम्बन्ध दर्ता हुन्थ्यो । तिमिलाई आफ्नो बनाउन कत्रो कत्रो संघर्ष गरेर त्यहासम्म आएको थिए  र फेरि उतिनै संघर्ष गरेर हाम्रो सम्बन्ध दर्ता पनि गरिछाडे ।

अहिले त तिमी मेरो दैनिकी जस्तै भएको छौं । आफू आफ्नो दैनिकीमा जादा तिमिलाई अंगालोमा बेरेर काधमा सजाएर जान्छु । अनि जब तिमी मेरो गलामा सझिएको हुन्छौं, ऎनामा हेर्छु अनि मुस्कुराउछु । साच्चै, कति सुन्दर देखिन्छौ है हामी जब तिमिले आफ्नो शिर मेरो देब्रे छातिमा टासेर सरिरले घाटिमा बेरेर दुई हातले मेरो दाइने छातिमा समाउछौ । एकदमै गर्व महसुस हुन्छ प्रिय्, त्यसरी तिम्रो साथ पाउदा ।

अनि तिम्रो सहयोगले म कति छिट्टै कुनैपनी बिरामिको जुनसुकै रोगको निदानमा पुग्छु ।जब तिमिलाई समाएर बिरामिको छातिमा लैजान्छु र ढुकढुकी या अन्य आवाज सुन्छु , अनि कुन प्रकारको कस्तो रोग लागेको हो, कस्तो औसधि चलाउने लगभग ज्ञान हुन्छ । अनि काममा निकै नै सहज हुन्छ । जस्तो कि तिमी छैनौ भने म अपांग जस्तो हुन्छु । साच्चै प्रिय आजकाल तिमिबिना मेरो जिबन तिमिबिना केही अर्थ नै छैन जस्तो लाग्छ, एकदम अधुरो लाग्छ ।

र अन्त्यमा जादाजादै तिमिलाई मेरो जिबनमा आएर मेरो जीवन अर्थपुर्ण बनाइदिएकोमा धेरैधेरै धन्यवाद । सधै यस्तो साथ र सहयोगको अपेक्षा । कसम ! हाम्रो यो सम्बन्ध अझ प्रगाढ बनाउदै अगाडि लैजान आफ्नो जिबनको जुनसुकै जोखिम मोल्न पनि तयार छु । अनि तिमिलाई सधै सधै यसैगरी खुशी राख्नेछु । र आफ्नो कार्यक्षेत्रको मर्यादा भित्र बसेर जिबनमा तिमिलाई संगै साथमा लिएर अझ अगाडि बढ्नेछु । तिमिलाई पाउन अगाडि गरेको बाचा "हिप्पोक्रेटिक ओथ"को सम्मान गर्दै उक्त बाचा पनि निभाउने छु र आज यो बिशेश दिनमा गरेको बाचा आजन्म भुल्ने पनि त छैन ।

1 comment:

  1. Best online slots site【Malaysia】- Casino site list | LuckyClub
    【 MGM Resorts】【 Wiliam luckyclub hill】 ,poker,jackpot,casino,slot machines,best online slots,poker games,poker tables,casino table games

    ReplyDelete