Search This Blog

Wednesday, April 6, 2016

म लेख्छु किन ??


कापी खोल्दिन, मोबाइल खोल्छु ।
कलम समाउदिन, keyboard चलाउछु ।
सेतो पानामा हैन, स्क्रिनमा लेख्छु ।
आधुनिकताले मलाई पनि छोएको छ ।
बैज्ञानिक युगमा म पनि चल्न सिकेको छु ।
समय संगै म पनि अघि बढ्न सिकेको छु ।
तर, मोबाइलमा टाइप गरेकोमा,
आत्मियता पाउदिन,
आफ्नोपन पाउदिन ।
आफैले लेखेको जस्तो भान हुदैन ।
सायद, सबैका अक्षर उस्तै भएर होला ।
सबैले कपि गर्न सक्ने भएर होला ।
त्यसैले त अनुकुल मिले अनुसार,
कलम चलाउछु,
कापी खोल्छु,
कलम समाउछु,
दौडाउछु, सेतो क्यानभासमा,
अक्षर अक्षर मिलाई, शब्दलाई जन्म दिदै ।
लेख्न जाने पनि, नजाने पनि ।
राम्रो लेखे पनि, नराम्रो लेखे पनि ।
चित्त बुझे पनि, नबुझे पनि ।
हो! म कापिका लेखमा, आत्मीयता पाउछु ।
आफ्नो पन पाउछु ।
आफ्ना अक्षर नराम्रो भएपनी चित्तबुझ्दो हुन्छ ।
आफ्ना अक्षर देख्दा आफ्नै हुन् जस्तो लाग्छ ।
त्यसैले त म कलमले लेख्न रुचाउछु,
सायद, कलम धेरै पुरानो साथी भएर होला ।
७ बर्से भन्दा १७ बर्से सम्बन्ध प्यारो भएर होला ।
मलाई लेख्न सिकाएको पनि यसैले भएर होला ।
मोबाइलमा लेख्दै मेट्टाउन भन्दा,
कापिमा सोचेरै शब्द छान्न सहि लाग्छ ।
लेख एउटै भएपनि,
शब्द उहीँ भएपनि,
भाब त्यही भएपनी,
कलमले लेखेको उपयुक्त लाग्छ ।
कलमले लेखेकै गुणस्तरीय लाग्छ ।
कमसेकम मोबाइलमा टाइप गरेको भन्दा ।।

No comments:

Post a Comment