अस्ति बाट म रिसाउन थालेको ।
हिजो रिस संग रिस उठ्यो,
आज रिस मार्न रिससंग झगडा पर्यो ।
ओइ रिस, किन उठ्दै छस् ?
सम्झाउन खोजे, अब नउठ भनी ।
गाली गरे, मेरो समय नलुट भनी ।
बिन्ती गरे, मेरो विरुद्धमा नजुट भनी ।
निर्जीव थियो, भनेको के मान्थ्यो ?
फिलिङ थियो, काबुमा बस्न के जान्थ्यो ?
म भाग्न खोज्थे, यसले आफै तिर तान्थ्यो ।
केही सीप लागेन मेरो,
रिस अझै भगेन मेरो ।
रिस मार्न एकान्तमा गए ।
सबैसंग टाढा भए ।
म संगसंगै रिस पनि गयो ।
मेरो पिछा नछाड्ने भयो ।
भेट्टिएनन् रिस मार्ने उपाय ।
रिस संग हार खाए ।
युद्धबिराम गर्न चाहे ।
मुर्खलाई उल्टै उस्काए जस्तो भयो ।
आफैलाई झन् जिस्काए जस्तो भयो ।
अन्त्यमा एउटा बिन्ती गरे,
सपनामा नआउ भनी,
सुत्न खोजे, एकछिन निन्द्रा परेन ।
निदाउन खोजे, आखा बन्द भएन ।
पछि रिस आफै हार मानेछ क्यारे,
निन्द्रा पर्यो, सुते म ।
आखा बन्द भयो, निदाए म ।
उठ्दा रिस बिर्सिसकेको रैछु ।
रिस भागी सकेको रैछ ।
हो ! म रिस मार्न सफल भए ।
रिस भगाउन सफल भए ।
No comments:
Post a Comment