Search This Blog

Saturday, April 2, 2016

अफ्ट्यारो बिनाको लजाइ !!




जानेरै आखा छोप्न,
आँखा छोप्पियोस भनेर,
खुल्ला छाडेको कपाल ।
गाजल लगाउदा बिगृएको,
बिगारेर लगाएको गाजल,
सुन्दर ठुला आँखा,
myopic eye जस्तै,
तर चस्मा बिनाका ।
क्याड्बडिको स्वादका,
सुन्तलाका केस्रा जस्ता,
मोतिझै जस्तै टल्किएका,
रसिला ती ओठहरु ।
हिउँ जस्तै सेता,
एकदमै चिल्ला,
छुनै रहर लाग्ने,
कमला ती गाला हरु ।
एकोहोरो हेरिरहेको हुन्थे म,
ठिक तिम्रो अगाडि बसेर ।
अफ्ट्यारो मान्थ्यौ तिमिले,
लजाउथ्यौ तिमी ।
अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेरिरहन चाहान्थे म ।
हो एकोहोरो हेरिरहदा,
अल्लि अफ्ट्यारो मानेको झै गरि,
लजाउदै,
शिर झुकाउदै,
पछाडि फर्कन्थ्यौ तिमी ।
त्यही त म चाहान्थे,
लजाउ तिमी,
केबल लजाएको हेरिरहु म ।
त्यही लजाएको अनुहारमा माया लुकेको थियो,
त्यही सुन्दर आँखा भित्र मेरो तस्वीर थियो,
त्यही कपालमा मेरा हल्केलाका डाम थिए,
त्यही गालामा मेरो ओठका छाप थिए ।
हो! ती सबै कुरा पढ्न सक्थे म तिमी भित्र ।
सोच्थ्यौ होला तिमी,
पछाडि फर्कदा पनि किन मतलब छैन,
किन अफु तिर फर्कन भनेको छैन ।
हो ! म तिमिलाई अफ्ट्यारो मानेको भन्दा,
लजाएको हेर्न चाहान्थे ।
जुन आज बल्ल मैले हेर्न पाएको थिए ।
अफ्ट्यारो बिनाको लजाइ ।
हो ! एकोहोरो हेरिरहेको हुन्थे म,
तिमिले पछाडि फर्केको,
तिमी लजाएको ।
तिमिलाई थाहा थिएन,
थाहा दिनु हुन्थेन,
नत्र त्यो लजाइ फेरि अफ्ट्यारो मा बदलिन्थ्यो ।
मेरा आँखा कहाँ थिए पनि हेक्का राखेनौ,
तिमिलाई ख्याल थिएन त्यो कुरा,
त्यसैले त लजाइ मात्र राख्यौ,
अफ्ट्यारो नमानी,
हो ! तिम्रो पछाडि ऎना थियो ।

No comments:

Post a Comment