Search This Blog

Sunday, July 19, 2015

मैले देखेका नेपालहरु ।।


एकातिर सेना , अर्कोतिर माओवादी, बिचमा म, मेरो माथी आकाशमा उडिरहेका गोलि ।
 त्येस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर जनता, अर्कोतिर राजा, जनताको भिडमा म, मेरो वरिपरि राजा बिरुद्धका नराबाजि ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर एउटा पार्टी, अर्कोतिर आर्को पार्टी, पार्टीहरुको बिचमा म, मेरो वरिपरि ठुला भासण भोटका लागी ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर नेताहरू, अर्कोतिर कर्याकर्ता, बिचमा जनता, जनता मध्येको म, मेरो वरिपरि भ्रस्टाचार स्वार्थका लागि ।
त्यस्तो पनि थियो नेपाल मैले देखेको ।

एकातिर सभासद, अर्कोतिर मस्यौदा, बिचमा नेपाली, नेपालिको बिचमा मस्यौदा, मस्यौदाको वरिपरि सबैको सुझाब ।
यस्तो पनि छ नेपाल मैले देखेको ।

एकातिर नेपाल, नेपाल भित्र नेपालि, नेपाली सबै समान, सबै नेपाली खुशी, सबै नेपालिको अधिकार सुनिस्चित ।
यस्तो हुनेछ नेपाल अब हामिले देख्ने ।

No comments:

Post a Comment