ममताको धनी,करुणाको खानी आमा
साथै कुशल अनि कर्तव्यनिष्ठ बुबालाई
वैवाहिक सम्बन्धको डोरीमा बाधिएर,
सफल पच्चिसौं बर्ष पार गर्नुभएकोमा,
वैवाहिक रजतजयन्तिको शुभकामना।
आमा बुबाको जोडी देख्दा लाग्छ,
त्यो नै संसारको उत्कृष्ट जोडी हो,
त्यहा जति माया मैले कतै देखिन।
त्यहा जति स्नेह मैले कतै देखिन।
त्यहा जति ममता मैले कतै देखिन।
साच्चै! त्यो जोडि देख्दा,
मुना मदनको कथा पनि ओझेलमा पर्छ।
रोमियो जुलियटको कहानी फिका लाग्छ।
संगै बिताउनु भएका ती पच्चीस बर्ष
अनि मैले देखेका ती चौबीस बर्षमा,
आपसमा कहिल्यै मनमुटाव देखिन,
एकअर्कामा झर्केर बोलेको सुनिन,
कहिल्यै रुखो बोलेको महसुस गरिन,
भनिन्छ!श्रीमान-श्रीमतीको झगडा परालको आगो हो।
तर कसम! मैले मेरो घरमा कहिल्यै आगो नै देखिन।
उहाको उत्कृष्ट जोडी आफ्नो ठाउमा छ,
साथै उत्कृष्ट अभिभावक पनि हुनुहुन्छ,
सन्तानलाई रिझाएर,ओठमा खुसी छर्दै,
हरेक जायज मागहरू पूरा गरिदिएर,
सत्मार्गमा हिडाउन कुनै कसर राख्नु भएन
भनौं!ती कुरामा गुनासो राख्ने कतै ठाउँ नै छैन।
आमाले जन्म दिनुभयो,
बुबाले जिबन दिनुभयो।
आमाले संसार देखाउनु भयो,
बुबाले संसार चिनाउनु भयो।
आमाले लड्न दिनुभएन,
बुबाले उठ्न सिकाउनु भयो।
आमाले हिड्न सिकाउनु भयो,
बुबाले बाटो देखाउनु भयो।
आमाले अनुभवबाट सिकाउनु भयो,
बुवाले अनुभवबाट सिक्न भन्नुभयो।
भनौं! केहि कुराको अभाव हुन दिनुभएन।
सफल आमा अनि कुसल बुवाको
भुमिका निभाउन कुनै कसर बाकी राख्नुभएन।
मेरा माता पिता मेरो पहिलो गुरुलाई,
पच्चिसौं वार्षिकोत्सबको शुभकामना
साथै सफल अभिभावकको भुमिका
कुशल तरिकाले निर्भहा गर्नुभएकोमा बधाई।
साथै कुशल अनि कर्तव्यनिष्ठ बुबालाई
वैवाहिक सम्बन्धको डोरीमा बाधिएर,
सफल पच्चिसौं बर्ष पार गर्नुभएकोमा,
वैवाहिक रजतजयन्तिको शुभकामना।
आमा बुबाको जोडी देख्दा लाग्छ,
त्यो नै संसारको उत्कृष्ट जोडी हो,
त्यहा जति माया मैले कतै देखिन।
त्यहा जति स्नेह मैले कतै देखिन।
त्यहा जति ममता मैले कतै देखिन।
साच्चै! त्यो जोडि देख्दा,
मुना मदनको कथा पनि ओझेलमा पर्छ।
रोमियो जुलियटको कहानी फिका लाग्छ।
संगै बिताउनु भएका ती पच्चीस बर्ष
अनि मैले देखेका ती चौबीस बर्षमा,
आपसमा कहिल्यै मनमुटाव देखिन,
एकअर्कामा झर्केर बोलेको सुनिन,
कहिल्यै रुखो बोलेको महसुस गरिन,
भनिन्छ!श्रीमान-श्रीमतीको झगडा परालको आगो हो।
तर कसम! मैले मेरो घरमा कहिल्यै आगो नै देखिन।
उहाको उत्कृष्ट जोडी आफ्नो ठाउमा छ,
साथै उत्कृष्ट अभिभावक पनि हुनुहुन्छ,
सन्तानलाई रिझाएर,ओठमा खुसी छर्दै,
हरेक जायज मागहरू पूरा गरिदिएर,
सत्मार्गमा हिडाउन कुनै कसर राख्नु भएन
भनौं!ती कुरामा गुनासो राख्ने कतै ठाउँ नै छैन।
आमाले जन्म दिनुभयो,
बुबाले जिबन दिनुभयो।
आमाले संसार देखाउनु भयो,
बुबाले संसार चिनाउनु भयो।
आमाले लड्न दिनुभएन,
बुबाले उठ्न सिकाउनु भयो।
आमाले हिड्न सिकाउनु भयो,
बुबाले बाटो देखाउनु भयो।
आमाले अनुभवबाट सिकाउनु भयो,
बुवाले अनुभवबाट सिक्न भन्नुभयो।
भनौं! केहि कुराको अभाव हुन दिनुभएन।
सफल आमा अनि कुसल बुवाको
भुमिका निभाउन कुनै कसर बाकी राख्नुभएन।
मेरा माता पिता मेरो पहिलो गुरुलाई,
पच्चिसौं वार्षिकोत्सबको शुभकामना
साथै सफल अभिभावकको भुमिका
कुशल तरिकाले निर्भहा गर्नुभएकोमा बधाई।
No comments:
Post a Comment